बाइबलमा पाइने अनमोल धन | युहन्ना २०-२१
“के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”
बाइबलकालीन समयका सफल जलारीहरू धीरजी र मेहनती हुन्थे अनि प्रशस्तै माछा हात पार्नको लागि कडा परिश्रम र त्याग गर्न इच्छुक हुन्थे। (w१२-E ८/१ पृ. १८-२०) त्यस्ता गुणहरूले पत्रुसलाई मानिसको जलारीको भूमिका सफलतापूर्वक निभाउन मदत गर्ने थियो। तर पत्रुसले जीवनमा कुन कुरालाई पहिलो स्थान दिने भनेर निर्णय गर्नुपर्थ्यो—आफूलाई मनपर्ने पेशा वा येसुका चेलाहरूलाई आध्यात्मिक तवरमा खुवाउने काम।
राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिन तपाईँले के-कस्ता छाँटकाँट गर्नुभएको छ?