ख्रिष्टियन जीवन
परिवार हुर्काउन यहोवाको डोऱ्याइ
स्वर्गमा बस्नुहुने बुबा यहोवाबाट आमाबुबाहरूले छोराछोरी राम्ररी हुर्काउने सन्दर्भमा कस्ता पाठहरू सिक्न सक्छन्? परिवार हुर्काउन यहोवाको डोऱ्याइ भन्ने भिडियो हेर्नुहोस् अनि आबिलियो र उल्ला आमोरिमबारे निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
बाल्यकालमा आफूले भोगेका कुराहरूबाट तिनीहरूले छोराछोरी हुर्काउने सन्दर्भमा कस्तो पाठ सिके?
तिनीहरूका छोराछोरीले बाल्यकालमा कस्ता रमाइला पलहरू अनुभव गर्न पाए?
आबिलियो र उल्लाले व्यवस्था ६:६, ७ मा दिइएको सल्लाह लागू गर्न कस्तो प्रयास गरे?
तिनीहरूले किन आफ्ना छोराछोरीलाई यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर नियम मात्र बताएनन्?
तिनीहरूले छोराछोरीलाई जीवनमा सही निर्णय गर्न कसरी मदत गरे?
आमाबुबाको रूपमा आफूले कस्तो त्याग गर्नुपरे तापनि तिनीहरूले छोराछोरीलाई सधैँ पूर्ण-समय सेवा गर्न प्रोत्साहन दिए? (bt पृ. २०४ अनु. १९)