प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जनवरी पृ. ७
  • “पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • हामीले एकअर्काबाट प्रोत्साहन पाउन सकौं
    हाम्रो राज्य सेवकाई—२००७
  • तिनीहरू हाम्रो लागि कडा मेहनत गर्छन्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परिभ्रमण निरीक्षकहरू—सत्यमा भएका सहकर्मीहरू
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जनवरी पृ. ७
यात्रा गरेर आफूलाई भेट्‌न आएका भाइहरूलाई भेटेपछि पावल परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌

ख्रिष्टियन जीवन

“पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए”

पावल आउँदै गरेको खबर पाएपछि रोममा भएको मण्डलीका केही भाइहरू लगभग ६४ किलोमिटर यात्रा गरेर तिनलाई भेट्‌न गए। उनीहरूको निःस्वार्थ प्रेमले पावलमा कस्तो प्रभाव पाऱ्‍यो? “उनीहरूलाई देखेपछि पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए।” (प्रे २८:१५) हुनत पावल आफूले भ्रमण गरेको मण्डलीहरूलाई प्रोत्साहन दिने व्यक्‍तिको रूपमा चिनिन्थे तर अहिले कैदी हुँदा भने तिनी आफैले अरूबाट प्रोत्साहन पाए।—२को १३:१०.

आज क्षेत्रीय निरीक्षकहरू दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन दिन एउटा मण्डलीबाट अर्को मण्डलीमा भ्रमण गर्ने गर्छन्‌। परमेश्‍वरका अरू जनहरूजस्तै तिनीहरू पनि कहिलेकाहीँ थकित, चिन्तित र निरुत्साहित महसुस गर्छन्‌। अर्को पटक क्षेत्रीय निरीक्षक र तिनकी पत्नी तपाईँको मण्डलीमा भ्रमण गर्न आउँदा तपाईँ तिनीहरूलाई कसरी हौसला दिन सक्नुहुन्छ, ताकि तपाईँहरू दुवैले “एकअर्कालाई प्रोत्साहन दिन” सकून्‌?—रोमी १:११, १२.

  • एक क्षेत्रीय निरीक्षक क्षेत्र सेवाको सभा सञ्चालन गर्दै

    क्षेत्र सेवाको सभामा उपस्थित हुनुहोस्‌। भ्रमणको हप्ताको दौडान हुने विभिन्‍न गतिविधिबाट पूरापूर लाभ उठाउन प्रकाशकहरूले गरेका त्यागहरू देख्दा क्षेत्रीय निरीक्षकले प्रोत्साहन पाउँछन्‌। (१थि १:२, ३; २:२०) भ्रमण हुने महिनामा सहायक अग्रगामी गर्न सकिन्छ कि भनेर विचार गर्नुहोस्‌। क्षेत्रीय निरीक्षक र तिनकी पत्नीसित सँगै प्रचारमा जान वा तिनीहरूमध्ये कसैलाई आफ्नो बाइबल अध्ययनमा लैजान सक्नुहुन्छ कि? तिनीहरू नयाँ प्रकाशकहरू वा आफूलाई राम्रोसित प्रचार गर्न आउँदैन भनेर महसुस गर्ने प्रकाशकहरू लगायत सबै भाइबहिनीसित प्रचारमा जान पाउँदा रमाउँछन्‌।

  • एक क्षेत्रीय निरीक्षक र तिनकी पत्नीलाई एउटा परिवारले आफ्नो घरमा स्वागत गर्दै

    अतिथि-सत्कार गर्नुहोस्‌। के तपाईँ क्षेत्रीय निरीक्षकहरूलाई बास दिन वा खाना खानको लागि बोलाउन सक्नुहुन्छ? यसरी तपाईँ क्षेत्रीय निरीक्षक र तिनकी पत्नीलाई प्रेम गरेको देखाउन सक्नुहुन्छ। तिनीहरू तपाईँबाट धेरै कुराको आशा गर्दैनन्‌।—लुका १०:३८-४२.

  • एक क्षेत्रीय निरीक्षक एल्डरहरूसित सभा गर्दै

    तिनले दिने निर्देशन र सल्लाह सुन्‍नुहोस्‌ अनि लागू गर्नुहोस्‌। हामीले यहोवाको सेवामा प्रगति गर्न सकौँ भनेर क्षेत्रीय निरीक्षक हामीलाई मायालुपूर्वक मदत गर्छन्‌। कहिलेकाहीँ तिनले कडा सल्लाह दिनुपर्ने पनि हुन सक्छ। (१को ५:१-५) हामी आज्ञाकारी भयौँ र अधीनमा बस्यौँ भने तिनी खुसी हुनेछन्‌।—हिब्रू १३:१७.

  • मण्डलीका भाइबहिनी क्षेत्रीय निरीक्षक र तिनकी पत्नीप्रति कृतज्ञता व्यक्‍त गर्दै

    कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। क्षेत्रीय निरीक्षक र तिनकी पत्नीको प्रयासले गर्दा तपाईँले कस्तो लाभ उठाउनुभएको छ, तिनीहरूलाई बताउनुहोस्‌। तपाईँ तिनीहरूलाई भेटेरै त्यो कुरा बताउन सक्नुहुन्छ वा नोट अथवा कार्ड लेखेर दिन पनि सक्नुहुन्छ।—कल ३:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने