प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अक्टोबर p. १२
  • हामीले एकअर्काबाट प्रोत्साहन पाउन सकौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले एकअर्काबाट प्रोत्साहन पाउन सकौं
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • “पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • परिभ्रमण निरीक्षकहरू—सत्यमा भएका सहकर्मीहरू
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
  • तिनीहरू हाम्रो लागि कडा मेहनत गर्छन्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परिभ्रमण निरीक्षकहरूले कसरी विश्‍वासी भण्डारेहरू भएर सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अक्टोबर p. १२

हामीले एकअर्काबाट प्रोत्साहन पाउन सकौं

१. परिभ्रमण निरीक्षकको भ्रमण के पाउने विशेष मौका हुन्‌?

१ प्रेरित पावलले रोमका मसीहीहरूलाई लेखे: “तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्‌ने उत्कट इच्छा गर्दछु। यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्‍वासबाट, हामी दुवैले एउटा अर्काबाट प्रोत्साहन पाउन सकौं।” (रोमी १:११, १२; NRV) पहिलेजस्तै अहिले पनि हामी आपसमा प्रोत्साहन लिन-दिन सक्छौं र परिभ्रमण निरीक्षकको भ्रमण त्यसो गर्ने एउटा विशेष मौका हो।

२. क्षेत्रीय निरीक्षकको भ्रमणबारे किन पहिल्यै घोषणा गरिन्छ?

२ मण्डलीले पाउने प्रोत्साहन: क्षेत्रीय निरीक्षकको भ्रमणबारे अक्सर तीन महिनाअघि मण्डलीमा घोषणा गरिन्छ। यसरी पहिल्यै घोषणा गरिने भएकोले भ्रमणबाट पूरापूर लाभ उठाउन हामीले आफ्नो तालिकामा छाँटकाँट गर्ने समय पाउछौं। (एफि. ५:१५, १६) जागिरे हुनुहुन्छ भने, भ्रमणको बेला क्षेत्र सेवामा भाग लिन बिदा मिलाउन सक्नुहुन्छ होला। कसै-कसैले चाहिं भ्रमण हुने महिना सहायक अग्रगामी सेवा गर्छन्‌। कतै बाहिर जाने योजना बनाउनुभएको छ भने त्यसलाई भ्रमणको बेला स्थगित गर्न सक्नुहुन्छ कि?

३. भ्रमणबाट प्रोत्साहन पाउन हामीले व्यक्‍तिगत तवरमा के-के गर्न सक्छौं?

३ क्षेत्रीय भ्रमणको मुख्य उद्देश्‍य व्यक्‍तिगत प्रोत्साहन दिनु र क्षेत्र सेवामा तालिम दिनु हो। त्यसैले क्षेत्रीय निरीक्षक वा तिनकी पत्नीलाई सँगै प्रचारमा जान आग्रह गर्न सक्नुहुन्छ कि? भिन्‍नाभिन्‍नै भाइबहिनीसित काम गर्न पाउँदा क्षेत्रीय निरीक्षकलाई रमाइलो लाग्छ। क्षेत्र सेवामा त्यत्ति अनुभव नभएका वा अझै कुशल हुन चाहने प्रकाशहरूसित पनि काम गर्न उनीहरू इच्छुक छन्‌। सबैले क्षेत्रीय निरीक्षकको प्रचार गर्ने शैलीबाट सिक्न र तिनले दिएका दयालु सुझावहरूबाट लाभ उठाउन सक्छन्‌। (१ कोरि. ४:१६, १७) तिनलाई खाना खाने निम्तो दिनु प्रोत्साहनजनक संगति गर्ने अर्को मौका हो। (हिब्रू १३:२) तिनले भ्रमणको बेला मण्डलीको आवश्‍यकतालाई विचार गरेर भाषण दिने हुँदा ध्यान दिएर सुन्‍नुहोस्‌।

४. हामी क्षेत्रीय निरीक्षकलाई कसरी प्रोत्साहन दिन सक्छौं?

४ क्षेत्रीय निरीक्षकले पाउने प्रोत्साहन: पावलले पनि अरू भाइहरूले जस्तै चुनौति तथा फिक्रीहरूको सामना गर्नुपऱ्‍यो र तिनलाई पनि अरूको सान्त्वना चाहिन्थ्यो। भाइबहिनीले मदत गर्दा तिनी त्यसको कदर गर्थे। (२ कोरि. ११:२६-२८) रोमी सरकारको कैदी भइसकेका पावल रोम आइपुग्दैछन्‌ भन्‍ने थाह पाएपछि रोम मण्डलीका केही भाइहरू तिनलाई भेट्‌न लगभग ७४ कि.मि. पर पर्ने अप्पियसको बजारसम्म पुगे! “यिनीहरूलाई देखेर पावलले परमेश्‍वरमा धन्यवाद चढाए, र हौसला लिए।” (प्रेरि. २८:१५) तपाईंले पनि यसरी नै क्षेत्रीय निरीक्षकलाई प्रोत्साहन दिन सक्नुहुन्छ। भ्रमणको बेला जोसिलो भई सहयोग गरेर तिनलाई “दोहोरो आदर” गर्नुहोस्‌। (१ तिमो. ५:१७) तिनको मिहेनतको वचन अनि व्यवहारले निष्कपट भई कदर गर्नुहोस्‌। तपाईंहरूको विश्‍वास, प्रेम अनि धीरज देखेर तिनी र तिनकी पत्नी रमाउनेछन्‌।—२ थिस्स. १:३, ४.

५. अहिले किन हामी सबैलाई प्रोत्साहन चाहिन्छ?

५ यस ‘डरलाग्दो समयमा’ कसलाई पो प्रोत्साहन चाहिंदैन र? (२ तिमो. ३:१) क्षेत्रीय निरीक्षकको भ्रमण हुने विशेष हप्ताको दौडान सम्पूर्ण गतिविधिमा पूरापूर भाग लिन अहिल्यै योजना बनाउनुहोस्‌। क्षेत्रीय निरीक्षक अनि मण्डलीका प्रकाशकहरू सबैले आनन्दित हुँदै प्रोत्साहनको आदान-प्रदान गरौं। यसरी ‘एउटाले अर्कोलाई सान्त्वना दिन, र एउटाले अर्कोलाई सुधार गर्न’ सकौं।—१ थिस्स. ५:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने