प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 फेब्रुअरी p. ८
  • सहनशील भएर उत्सुकतासाथ प्रतीक्षा गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सहनशील भएर उत्सुकतासाथ प्रतीक्षा गरिरहनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंले पाउनुपर्ने इनाम कुनै कुराले खोस्न नपाओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • धीरज—मसीहीहरूका लागि अत्यावश्‍यक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • यहोवाको सङ्‌गठनसित नजिक हुनुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 फेब्रुअरी p. ८

ख्रिष्टियन जीवन

सहनशील भएर उत्सुकतासाथ प्रतीक्षा गरिरहनुहोस्‌

तपाईँले परमेश्‍वरको राज्यको प्रतीक्षा गर्न थाल्नुभएको कति भयो? के तपाईँ गाह्रो अवस्थाको बाबजुद धीरजी भएर सहँदै हुनुहुन्छ? (रोमी ८:२५) केही ख्रिष्टियनहरू घृणा र दुर्व्यवहारको सिकार भएका छन्‌। अरू कोही भने झ्यालखानामा परेका छन्‌ अनि कसै-कसैलाई भने ज्यान मार्ने धम्कीसमेत आएको छ। अरू धेरैले दीर्घकालीन स्वास्थ्य समस्या वा वृद्धावस्थाको सामना गरिरहेका छन्‌।

चुनौतीको सामना गर्नुपर्दा हामीले उत्सुकतासाथ प्रतीक्षा गर्ने बल कहाँबाट पाउँछौँ? हामीले हरेक दिन बाइबल पढेर र मनन गरेर आफ्नो विश्‍वास बलियो बनाउनुपर्छ। हामीले आफ्नो ध्यान आशामा केन्द्रित गर्नुपर्छ। (२को ४:१६-१८; हिब्रू १२:२) यहोवालाई उत्कट बिन्ती चढाउनुपर्छ र प्रार्थना गरेर उहाँको पवित्र शक्‍तिको मदत माग्नुपर्छ। (लुका ११:१०, १३; हिब्रू ५:७) हाम्रा मायालु बुबाले हामीलाई “धीरजी र आनन्दित हुँदै सहन” मदत दिन सक्नुहुन्छ।—कल १:११.

“धैर्य गरेर दौडौं”—इनाममा विश्‍वस्त हुनुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌, त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • जेमी र तिनकी पत्नी प्रचारमा भाग लिँदै

    जीवनमा “चिताउँदै नचिताएको” कस्ता घटना घट्‌न सक्छन्‌? (उप ९:११)

  • जेमीलाई मस्तिष्कघात भएपछि कार्ल तिनलाई बाइबल पद देखाउँदै

    चुनौतीको सामना गर्न प्रार्थनाले हामीलाई कसरी मदत गर्छ?

  • जेमी र कार्ल एक दम्पतीलाई गोठालो भेट गर्दै

    यहोवाको सेवामा पहिलाजति गर्न नसके पनि किन अहिले आफूले गर्न सक्ने कुरामा ध्यान दिनुपर्छ?

  • जेमी प्रमोदवनमा फेरि निको भएको कल्पना गर्दै

    इनाममा ध्यान दिनुहोस्‌

    इनाम पाउने कुरामा विश्‍वस्त हुन तपाईँलाई केले मदत गर्छ?

चुनौतीको सामना गरिरहेकाहरूलाई र तिनीहरूको परिवारका सदस्यहरूलाई तपाईँ कसरी मदत गर्न सक्नुहुन्छ?

  • दयालु बोली बोल्नुहोस्‌ र तिनीहरूलाई अरूसँग तुलना नगर्नुहोस्‌

  • तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌

  • तिनीहरूको लागि र तिनीहरूसँगै प्रार्थना गर्नुहोस्‌

  • खाना बनाउन वा घरायसी काम गर्न मदत गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने