बाइबलमा पाइने अनमोल धन | २ कोरिन्थी ७-१०
हाम्रो राहत सेवा
ख्रिष्टियनहरूले गर्ने सेवाको दुई वटा पक्ष छन्। पहिलो, “मिलापको सेवा” अर्थात् प्रचार गर्ने र सिकाउने काम अनि दोस्रो, सङ्गी भाइबहिनीको लागि गरिने “राहत सेवा”। (२को ५:१८-२०; ८:४) खाँचोमा परेका भाइबहिनीलाई मदत गर्नु हामीले चढाउने पवित्र सेवाको भाग हो। यसरी राहत सेवामा भाग लियौँ भने . . .
हामीले भाइबहिनीको आवश्यकता राम्ररी पूरा गर्न मदत गरिरहेका हुन्छौँ।—२को ९:१२क
गाह्रो अवस्थामा परेका भाइबहिनीलाई सभामा जाने, व्यक्तिगत अध्ययन गर्ने र प्रचारमा जाने जस्ता गतिविधिलाई फेरि निरन्तरता दिन मदत पुग्छ। अनि यसरी जोसिलो भई प्रचारमा लाग्दा उनीहरूले यहोवालाई धन्यवाद चढाउन सक्नेछन्।—२को ९:१२ख
हामीले यहोवाको महिमा गरिरहेका हुन्छौँ। (२को ९:१३) हामीले राहत सेवामा भाग लिँदा यहोवाका साक्षीहरूबारे गलत धारणा राख्नेहरूलगायत अरूले यहोवाबारे राम्रो साक्षी पाउँछन्