“ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ।”—२को ५:१४
ख्रिष्टियन जीवन
के तपाईँले मार्च वा अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्नुहुनेछ?
के तपाईँ स्मरणार्थको समयमा यहोवाको सेवामा अझ धेरै गर्न चाहनुहुन्छ? (२को ५:१४, १५) मार्च अनि अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्नेहरूले ३० वा ५० घण्टा गर्ने भनेर रोज्न सक्छन्। तपाईँ यस विशेष अवसरमा भाग लिन सक्ने अवस्थामा हुनुहुन्छ भने मण्डलीको सेवा समितिलाई फाराम भरेर बुझाउनुहोस्। सहायक अग्रगामी सेवा गर्नेहरूको नाम प्रत्येक महिना मण्डलीमा घोषणा गरिनेछ। यसो गर्दा मण्डलीका भाइबहिनीले अग्रगामीहरूलाई प्रचारकार्यमा मदत गर्न सक्छन्। स्मरणार्थको समयको पूर्ण सदुपयोग गर्दै हामी सबैले प्रचार गर्ने सीप तिखारौँ र एकअर्कालाई प्रोत्साहन दिइरहौँ।—१थि ५:११.