बाइबलमा पाइने अनमोल धन | तितस १–फिलेमोन
“एल्डरहरू नियुक्त गर्न सक”
पावलले तितसलाई “सहर-सहरमा एल्डरहरू नियुक्त गर्न” भने। यही धर्मशास्त्रीय आधारबमोजिमै आज क्षेत्रीय निरीक्षकहरू मण्डलीहरूमा एल्डर नियुक्त गर्छन्।
परिचालक निकाय
प्रथम शताब्दीमा जस्तै परिचालक निकायले एल्डर र सहायक सेवक नियुक्त गर्ने गहन जिम्मेवारी क्षेत्रीय निरीक्षकहरूलाई सुम्पेको छ।
क्षेत्रीय निरीक्षकहरू
क्षेत्रीय निरीक्षकहरूले एल्डरहरूले गरेको सिफारिस होसियार भई र प्रार्थनापूर्वक विचार गर्छन् अनि मात्र योग्य पुरुषलाई एल्डर नियुक्त गर्छन्।
नियुक्त एल्डरहरू
एल्डर नियुक्त भइसकेपछि पनि तिनीहरूले धर्मशास्त्रमा उल्लेख गरिएका योग्यताहरू पूरा गरिरहनुपर्छ।