प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson २० points १-६
  • मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्‌?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • “जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ . . . तिनीहरूको आदर गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • अगुवाइ गर्नेहरू प्रति आज्ञाकारी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson २० points १-६
पाठ २०. यहोवाका साक्षीहरूको सभामा एक जना भाइले प्रश्‍न सोध्छन्‌ अनि कतिपयले टिप्पणी दिन हात उठाउँछन्‌।

पाठ २०

मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

यहोवा गोलमालका परमेश्‍वर होइन तर व्यवस्थित परमेश्‍वर हुनुहुन्छ। (१ कोरिन्थी १४:३३, ४०) त्यसैले उहाँका सेवकहरूको समूह पनि व्यवस्थित भएको हामी आशा गर्न सक्छौँ। ख्रिष्टियन मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ? यसलाई व्यवस्थित बनाइराख्न हामी के गर्न सक्छौँ?

१. मण्डलीको शिर को हुनुहुन्छ?

“ख्रिष्ट . . . मण्डलीको शिर . . . हुनुहुन्छ।” (एफिसी ५:२३) उहाँले पृथ्वीमा रहेका यहोवाका सेवकहरूको समूहलाई स्वर्गबाट डोऱ्‍याउनुहुन्छ। उहाँले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई नियुक्‍त गर्नुभएको छ। यो परिपक्व एल्डरहरूको एउटा सानो समूह हो, जसलाई परिचालक निकाय पनि भनिन्छ। (मत्ति २४:४५-४७ पढ्‌नुहोस्‌।) यरुसलेममा बस्ने प्रथम शताब्दीका प्रेषितहरू र एल्डरहरूले जस्तै परिचालक निकायले विश्‍वव्यापी मण्डलीलाई निर्देशन दिन्छ। (प्रेषित १५:२) तर परिचालक निकायका सदस्यहरू हाम्रो सङ्‌गठनका नेताहरू होइनन्‌। तिनीहरू डोऱ्‍याइको लागि यहोवा र उहाँको वचनमा भर पर्छन्‌ अनि येसुलाई शिरको रूपमा स्विकार्छन्‌।

२. मण्डलीमा एल्डरहरूको भूमिका के हो?

एल्डरहरू परिपक्व ख्रिष्टियन पुरुषहरू हुन्‌। तिनीहरू बाइबलबाट सिकाउँछन्‌ र यहोवाका सेवकहरूलाई मदत र प्रोत्साहन दिएर गोठालोले जस्तै डोऱ्‍याउँछन्‌। तिनीहरूले आफूले गरेको सेवाको लागि तलब लिँदैनन्‌। बरु तिनीहरू “परमेश्‍वरसामु . . . स्वेच्छाले” सेवा गर्छन्‌ अनि “बेइमानीद्वारा धन कमाउने लोभले होइन तर तत्परतासाथ” त्यसो गर्छन्‌। (१ पत्रुस ५:१, २) सहायक सेवकहरूले एल्डरहरूलाई सघाउँछन्‌। पछि ती सहायक सेवकहरू नै एल्डरको रूपमा सेवा गर्न योग्य हुन सक्छन्‌।

परिचालक निकायले केही एल्डरलाई क्षेत्रीय निरीक्षकको रूपमा नियुक्‍त गर्छ। ती क्षेत्रीय निरीक्षकहरू विभिन्‍न मण्डलीको भ्रमण गर्छन्‌ अनि त्यहाँका भाइबहिनीलाई डोऱ्‍याइ र प्रोत्साहन दिन्छन्‌। तिनीहरूले बाइबलमा तोकिएका योग्यताहरू पूरा गरेका पुरुषहरूलाई एल्डर र सहायक सेवकको रूपमा नियुक्‍त गर्छन्‌।—१ तिमोथि ३:१-१०, १२; तितस १:५-९.

३. मण्डलीमा हरेक साक्षीको भूमिका के हो?

सभाहरूमा भाग लिएर र आफ्नो परिस्थितिअनुसार सकेजति सुसमाचार सुनाएर मण्डलीका सबैले ‘यहोवाको नामको प्रशंसा गर्छन्‌।’—भजन १४८:१२, १३ पढ्‌नुहोस्‌।

अझ खोतल्नुहोस्‌

येसु कस्तो नेता हुनुहुन्छ, एल्डरहरू कसरी उहाँको उदाहरणको अनुकरण गर्न प्रयास गर्छन्‌ अनि हामी कसरी येसुप्रति आज्ञाकारी हुँदै एल्डरहरूलाई सहयोग गर्न सक्छौँ, विचार गर्नुहोस्‌।

४. येसु दयालु नेता हुनुभएकोले हामी उहाँबाट स्फूर्ति पाउँछौँ

येसुले एउटा मनै छुने आग्रह गर्नुभएको छ। मत्ति ११:२८-३० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • येसु कस्तो नेता हुनुहुन्छ र उहाँ हामीले कस्तो महसुस गरेको चाहनुहुन्छ?

एल्डरहरू कसरी येसुको उदाहरणको अनुकरण गर्छन्‌? भिडियो हेर्नुहोस्‌।

भिडियो: नेपालमा भूकम्प जाँदा एल्डरहरू मदत गर्छन्‌ (४:५६)

एल्डरहरूले कसरी काम गर्नुपर्छ भनेर बाइबलले स्पष्टसित सिकाएको छ।

यसैया ३२:२ र १ पत्रुस ५:१-३ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • येसुले जस्तै एल्डरहरूले अरूलाई स्फूर्ति दिन सक्दो प्रयास गर्छन्‌ भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

  • एल्डरहरू अरू कुन-कुन तरिकामा येसुको अनुकरण गर्छन्‌?

५. एल्डरहरू आफ्नो उदाहरणद्वारा सिकाउँछन्‌

एल्डरहरूले आफ्नो भूमिकाप्रति कस्तो दृष्टिकोण राखेको येसु चाहनुहुन्छ? भिडियो हेर्नुहोस्‌।

भिडियो: एल्डरहरू, नेतृत्व लिनुहोस्‌! (७:३९)

येसुले मण्डलीमा नेतृत्व लिनेहरूले पालन गर्नुपर्ने स्तर तोक्नुभयो। मत्ति २३:८-१२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • एल्डरहरूले पालन गर्नुपर्ने कस्तो स्तरबारे बाइबलमा बताइएको छ? के तपाईँलाई धर्मगुरुहरूले बाइबलको स्तर पालन गरेका छन्‌ जस्तो लाग्छ?

क. चित्रहरूको सँगालो: एक जना एल्डर आफ्नो र परिवारको आध्यात्मिक आवश्‍यकता पूरा गर्छन्‌। १. तिनी बाइबल पढ्‌नुअघि प्रार्थना गर्छन्‌। २. तिनी आफ्नी पत्नीसित मिलेर सानी छोरीलाई बाइबलको कुरा सिकाउँछन्‌। ख. उक्‍त एल्डर आफ्नी पत्नीसित एक जना बिरामी बहिनीलाई अस्पतालमा भेट्‌न जान्छन्‌। ग. उक्‍त एल्डर घरघरको साक्षीकार्यमा एक जना मानिससित कुरा गर्छन्‌। घ. चित्रहरूको सँगालो: १. उक्‍त एल्डर सभामा भाषण दिन्छन्‌। २. तिनी सभाभवनको भुईँ सफा गर्छन्‌।
  1. क. एल्डरहरू आफूलाई र आफ्नो परिवारलाई आध्यात्मिक रूपमा बलियो बनाइराख्छन्‌

  2. ख. एल्डरहरू मण्डलीका सबैको ख्याल राख्छन्‌

  3. ग. एल्डरहरू नियमित रूपमा सुसमाचार सुनाउँछन्‌

  4. घ. एल्डरहरू शिक्षक हुन्‌। तिनीहरू सरसफाइ र अन्य कामहरू पनि गर्छन्‌

६. हामी एल्डरहरूलाई सहयोग गर्न सक्छौँ

हामीले एल्डरहरूलाई सहयोग गर्नुपर्ने एउटा महत्त्वपूर्ण कारणबारे बाइबलमा बताइएको छ। हिब्रू १३:१७ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के अगुवाइ लिइरहेकाहरूप्रति आज्ञाकारी हुन र तिनीहरूको अधीनमा बस्न बाइबलमा दिइएको सल्लाह व्यावहारिक छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

लुका १६:१० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • सानो जस्तो देखिने कुरामा पनि एल्डरहरूप्रति आज्ञाकारी हुनु किन महत्त्वपूर्ण छ?

कोही-कोही भन्छन्‌: “ईश्‍वरको भक्‍ति गर्न कुनै धार्मिक सङ्‌गठनमा लाग्नै पर्छ भन्‍ने छैन।”

  • तपाईँको विचारमा कसैले मण्डलीको भाग भएर परमेश्‍वरको उपासना गर्दा तिनले कस्तो फाइदा उठाउन सक्छन्‌?

सारांश

येसु मण्डलीको शिर हुनुहुन्छ। उहाँको अधीनमा रहेर सेवा गरिरहेका एल्डरहरूलाई हामी खुसीसाथ सहयोग गर्छौँ। किन? किनभने तिनीहरूबाट हामी स्फूर्ति पाउँछौँ र तिनीहरूले हामीलाई आफ्नो उदाहरणद्वारा सिकाउँछन्‌।

तपाईँले के सिक्नुभयो?

  • मण्डलीको शिर को हुनुहुन्छ?

  • एल्डरहरूले मण्डलीलाई कसरी मदत गर्छन्‌?

  • मण्डलीमा यहोवाको हरेक उपासकको भूमिका के हो?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

परिचालक निकाय र अरू एल्डरले सङ्‌गी ख्रिष्टियनहरूप्रति चासो देखाउँछन्‌ भन्‍ने कुराको कस्तो प्रमाण छ, हेर्नुहोस्‌।

प्रतिबन्धको बेला भाइहरूलाई बलियो बनाउँदै (४:२२)

क्षेत्रीय निरीक्षकहरूले गर्ने कामबारे थाह पाउनुहोस्‌।

दुर्गम इलाकामा सेवा गर्ने क्षेत्रीय निरीक्षकको जीवन (४:५१)

मण्डलीमा स्त्रीहरूको भूमिकाबारे बुझ्नुहोस्‌।

“के यहोवाका साक्षीहरूमाझ स्त्रीहरू सेवक हुन्छन्‌?” (प्रहरीधरहरा, सेप्टेम्बर १, २०१२)

एल्डरहरू कसरी सङ्‌गी उपासकहरूलाई प्रोत्साहन दिन कडा मेहनत गर्छन्‌, जान्‍नुहोस्‌।

“एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’” (प्रहरीधरहरा, जनवरी १५, २०१३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने