प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अगस्त पृ. ८
  • असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००३
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • बेथेल भनेको के हो?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अगस्त पृ. ८
एक बहिनी बेथेलको भान्छामा काम गर्दै

ख्रिष्टियन जीवन

असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌

यहोवाका सबै सेवकले उहाँलाई चढाइने पवित्र सेवामा असल काम गर्न सक्छन्‌, जुन कहिल्यै बिर्सिइनेछैनन्‌। मायालु आमाबुबाले आफ्ना छोराछोरीले गरेका असल कामहरू कहिल्यै नबिर्सेजस्तै यहोवाले पनि हामीले गरेको असल काम र उहाँको नामको निम्ति देखाएको प्रेम कहिल्यै बिर्सनुहुनेछैन। (मत्ति ६:२०; हिब्रू ६:१०) हो, हामी सबैको क्षमता र अवस्था फरक-फरक छ। तैपनि यहोवाको सेवामा सक्दो गर्दा हामी रमाउन सक्छौँ। (गला ६:४; कल ३:२३) वर्षौँको दौडान हजारौँ दाजुभाइ दिदीबहिनीले बेथेलमा सेवा गरेका छन्‌। के तपाईँ बेथेलमा स्वयंसेवकको रूपमा सेवा गर्न सक्नुहुन्छ? सक्नुहुन्‍न भने के तपाईँ अरूलाई बेथेल सेवा गर्न प्रोत्साहन दिन सक्नुहुन्छ? अथवा बेथेल परिवारको कुनै सदस्यलाई यस विशेष सेवामा लागिरहन प्रोत्साहन दिन सक्नुहुन्छ?

बेथेल सेवा गर्न तयार हुनुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हामीलाई बेथेल सेवा गर्न केले उत्प्रेरित गर्छ?

  • बेथेलमा सेवा गर्दा पाइने आशिष्‌हरूबारे कसै-कसैले के बताएका छन्‌?

  • बेथेलमा सेवा गर्न कस्ता योग्यताहरू पूरा गरेको हुनुपर्छ?

  • तपाईँ कसरी बेथेल सेवाको लागि आवेदन दिन सक्नुहुन्छ?

तीन जना बेथेल सेवकहरू कम्प्युटर चलाएर काम गर्दै; एक भाइ साहित्यहरू बाकसमा राख्दै; एक भाइ बेथेलमा सिकर्मी काम गर्दै

बेथेल सेवा गर्न पूरा गर्नुपर्ने योग्यताहरू

  • यहोवा र उहाँको सङ्‌गठनप्रति गहिरो प्रेम भएको

  • उच्च नैतिक स्तर कायम राख्ने र यहोवासामु सफा अन्तस्करण भएको

  • ख्रिष्टियन सेवकलाई सुहाउने किसिमको पहिरन र कोरीबाटी गर्ने

  • ख्रिष्टियनहरूलाई सुहाउने किसिमको मनोरञ्जन छान्‍ने

  • साधारणतया १९ देखि ३५ वर्षको

  • शारीरिक, भावनात्मक र मानसिक रूपमा स्वस्थ

  • उक्‍त शाखाको मुख्य भाषा राम्रोसँग पढ्‌न, लेख्न र बोल्न सक्ने

  • कम्तीमा पनि एक वर्षसम्म सेवा गर्न इच्छुक

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने