प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अक्टोबर पृ. ८
  • यहोवा स्वच्छ मानिसहरू मन पराउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा स्वच्छ मानिसहरू मन पराउनुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • सरसफाइ वास्तवमा यसको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सरसफाइ कत्तिको महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सफा मानिसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • ८. यहोवा आफ्ना सेवकहरू स्वच्छ भएको चाहनुहुन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अक्टोबर पृ. ८
एक भाइ राज्यभवनमा शौचालय सफा गर्छन्‌

ख्रिष्टियन जीवन

यहोवा स्वच्छ मानिसहरू मन पराउनुहुन्छ

“हात धोऊ। कोठा सफा गर। बढारकुँढार गर। फोहोर जथाभाबी नफ्याँक।” धेरैजसो आमाबुबा यस्तै केही भनेर आफ्ना छोराछोरीलाई शारीरिक रूपमा सफा हुन सिकाउँछन्‌। तथापि सफा रहन पालन गर्नुपर्ने विभिन्‍न सिद्धान्तहरू सबैभन्दा सुरुमा हाम्रा पवित्र परमेश्‍वरले दिनुभएको हो। (प्रस्थ ३०:१८-२०; व्य २३:१४; २को ७:१) आफ्नो शरीर तथा सरसामान सफा राख्दा हामीले यहोवा परमेश्‍वरको महिमा गरिरहेका हुन्छौँ। (१प १:१४-१६) त्यसोभए आफ्नो घर र घरवरपर नि? मानिसहरू बाटोमा अनि पार्कहरूमा जहाँ मन लाग्यो, त्यहाँ फोहोर फाल्ने गर्छन्‌। तर त्यसको ठीक विपरीत ख्रिष्टियनहरू भने यस घररूपी पृथ्वीलाई सफा राख्न सक्दो कोसिस गर्छन्‌। (भज ११५:१६; प्रका ११:१८) प्रायः मानिसहरूले साधारण ठान्‍ने कुरा, जस्तै चकलेटको खोल, खाली बोतल वा चुइङगम कहाँ फाल्छौँ, त्यसले पनि सरसफाइसम्बन्धी हाम्रो दृष्टिकोण कस्तो छ भनेर देखाउँछ। जीवनको हरेक क्षेत्रमा हामी आफूलाई “परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस” गर्न चाहन्छौँ।—२को ६:३, ४.

यहोवा स्वच्छ मानिसहरू मन पराउनुहुन्छ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • आफ्नो सर-सामान सफा नराखेकोमा कोही-कोहीले कस्तो बहाना बनाउँछन्‌?

  • मोसाको व्यवस्थाले सरसफाइसम्बन्धी यहोवाको दृष्टिकोण कसरी प्रकट गर्छ?

  • हामी कसरी विनावचन यहोवाबारे साक्षी दिन सक्छौँ?

एक जना बुबा आफ्नो छोराको गाडीभित्र छिर्दा त्यो फोहोर भएको पाउँछन्‌; बुबा-छोरा मिलेर स्वच्छतासम्बन्धी यहोवाका स्तरहरूबारे छलफल गर्छन्‌; प्राचीन इस्राएलका दुई पुजारी हातखुट्टा धुने तामाको बाटानजिकै; सफा भएको छोराको गाडीबाट क्षेत्र सेवा समूहका भाइबहिनी निस्कँदै

सरसफाइसम्बन्धी यहोवाको जस्तै दृष्टिकोण राखेको कुरा म आफ्नो व्यक्‍तिगत जीवनमा कसरी देखाउन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने