ख्रिष्टियन जीवन
नमुना कुराकानीका प्रस्तुतिहरू प्रयोग गर्ने तरिका
जनवरी २०१८ देखि यता हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका-को आवरण पृष्ठमा नमुना कुराकानीका प्रस्तुतिहरू उपलब्ध गराइएको छ। ती प्रस्तुतिहरू कसरी प्रयोग गर्न सकिन्छ?
विद्यार्थीको असाइनमेन्ट पूरा गर्दा: तपाईँले नमुना कुराकानीमा भएको प्रश्न, शास्त्रपद र पुनःभेट प्रश्न चलाएर प्रस्तुति तयार गर्नुपर्छ। तर यसको अर्थ नमुना कुराकानीको भिडियोमा देखाइएको प्रस्तुतिको हुबहु नक्कल गर्नुपर्छ भन्ने होइन। तपाईँ फरक भूमिका, परिचय, तर्क गर्ने बुँदा आदि चलाउन सक्नुहुन्छ। निर्देशनमा तोकिएर उल्लेख नगरिए तापनि तपाईँ शिक्षण सामग्रीबाट कुनै पनि प्रकाशन दिन सक्नुहुन्छ।
प्रचार गर्दा: नमुना कुराकानीका प्रस्तुतिहरू कुराकानी गर्ने तरिका सिकाउन तयार पारिएको हो। यदि कसैले साँच्चै चासो देखाउँछ र अझै बुझ्न चाहन्छ भने तपाईँ तिनीसित पुनःभेटको नमुना कुराकानी चलाएर फेरि कुरा गर्न सक्नुहुन्छ। तपाईँ नमुना कुराकानीमा हेरफेर गरेर अथवा पूरै फरक तरिकामा कुराकानी गर्न सक्नुहुन्छ। गत महिनाको नमुना कुराकानीको विषय वा अरू कुनै शास्त्रपद चलाएर कुराकानी गर्दा तपाईँको इलाकाका मानिसहरू कुरा गर्न रुचाउँछन् कि? तपाईँ बस्ने ठाउँका मानिसहरू हालैको कुनै घटना वा स्थानीय समाचारमा चासो राख्छन् कि? तपाईँले फरक तरिकामा नमुना कुराकानीका प्रस्तुतिहरू प्रयोग गर्नुभए तापनि तपाईँको लक्ष्य ‘अरूलाई सुसमाचार बाँड्न सबथोक गर्ने’ हुनुपर्छ।—१को ९:२२, २३.