ख्रिष्टियन जीवन
नमुना कुराकानीहरू कसरी प्रयोग गर्ने?
नमुना कुराकानीहरू निकै मेहनत गरेर तयार पारिन्छ अनि थुप्रै प्रकाशकले ती प्रभावकारी भएको पाएका छन्। तर सबै ठाउँको परिस्थिति उस्तै छैन। त्यसैले प्रकाशकहरूले साक्षीकार्यमा आफ्नो इलाका सुहाउँदो विषयमा कुराकानी सुरु गर्न सक्छन् अनि अर्कै प्रश्न, बाइबल पद अनि पुनःभेट प्रश्न प्रयोग गर्न सक्छन्। तर विशेष अभियानको बेलामा भने दिइएका निर्देशनहरू सबैले पालन गर्नुपर्छ। हाम्रो मुख्य उद्देश्य भनेको येसुले बताउनुभएअनुसार सबै जनालाई राज्यको सुसमाचार सुनाउनु हो।—मत्ति २४:१४.
विद्यार्थीको असाइनमेन्ट पाएकाहरूले जीवन र सेवा अभ्यास पुस्तिका-मा दिइएको नमुना कुराकानीको विषय प्रयोग गरेर कुराकानी गर्नुपर्छ। तोकेरै कुनै निर्देशन दिइएको छैन भने प्रकाशकहरूले फरक प्रश्न, बाइबल पद, पुनःभेट प्रश्न वा भूमिका प्रयोग गर्न सक्छन्, जुन तिनीहरूको इलाकामा प्रभावकारी हुन्छ। यस निर्देशनले जून २०२० को अभ्यास पुस्तिकाको पृष्ठ ८ मा भएको निर्देशन खारेज गर्छ।