प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 सेप्टेम्बर p. ३
  • झूटो कुरा फैलाउनदेखि जोगिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • झूटो कुरा फैलाउनदेखि जोगिनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के तपाईँलाई सबै सत्यतथ्य थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 सेप्टेम्बर p. ३

ख्रिष्टियन जीवन

झूटो कुरा फैलाउनदेखि जोगिनुहोस्‌

खानेकुरा किनमेल गर्न पसल गएकी एउटी महिला मोबाइल फोनमा केही हेरेर छक्क पर्दै छिन्‌।

आज कुनै पनि जानकारी छापिएको प्रकाशन, रेडियो, टेलिभिजन र इन्टरनेटजस्ता माध्यमद्वारा लाखौँ मानिससित तुरुन्तै बाँड्‌न सकिन्छ। “सत्यका परमेश्‍वर”-का उपासकहरू अनजानमा समेत झूट फैलाउन चाहँदैनन्‌। (भज ३१:५; प्रस्थ २३:१) झूट फैलाउनु हानिकारक हुन्छ। कुनै कुरा सत्य हो कि होइन भनेर पत्ता लगाउन आफैलाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌:

  • ‘के यो कुरा भरपर्दो स्रोतबाट आएको हो?’ तपाईँलाई जानकारी दिने व्यक्‍तिलाई सबै सत्यतथ्य थाह नहुन सक्छ। कुनै कुरा ‘एक कान, दुई कान, मैदान’ हुँदा त्यसमा बिस्तारै अरू कुरा पनि थपथाप हुँदै जान्छ। त्यसैले यदि तपाईँलाई त्यस जानकारीको वास्तविक स्रोतबारे थाह छैन भने होसियार हुनुहोस्‌। मण्डलीका जिम्मेवार व्यक्‍तिहरूलाई जानकारीको भरपर्दो स्रोत ठानिने भएकोले तिनीहरू सत्य प्रमाणित नभइसकेको जानकारी अरूसित बाँड्‌नदेखि झनै होसियार हुनुपर्छ

  • ‘के यो जानकारी कसैको निन्दा गर्ने किसिमको छ?’ यदि कुनै कुराले कुनै व्यक्‍ति वा समूहको असल नाममा कलङ्‌क लगाउँछ भने त्यो नदोहोऱ्‍याउनु नै बेस हो।—हित १८:८; फिलि ४:८

  • ‘के यो जानकारी विश्‍वासयोग्य छ?’ कुनै सनसनीपूर्ण कथा र अनुभव सुन्दा होसियार हुनुहोस्‌

अरूको कुरा किन काट्‌नु हुँदैन? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • एउटा केटो निसाना लगाउने गोलाकार बोर्डमा बाँधिएको छन्‌ र उसको वरपर चक्कूहरू रोपिएका छन्‌।

    हितोपदेश १२:१८ अनुसार बोलीले कस्तो हानि पुऱ्‍याउन सक्छ?

  • मानिसहरू समूह बनाएर कुरा काट्‌दै छन्‌।

    फिलिप्पी २:४ ले कसरी अरूबारे सन्तुलित भएर कुरा गर्न मदत गर्छ?

  • एक मानिस कुरा काटिरहेको अर्को मानिसतिर ढाड फर्काउँदै छ।

    कसैले अरूको कुरा काट्‌न थाल्यो वा अरूबारे नकारात्मक कुरा गर्न थाल्यो भने के गर्न सक्छौँ?

  • एक मानिस कुरा काट्‌दै छ अनि रिपोर्टरको पहिरनमा भएको मानिस टिपोट लिँदै छ।

    अरूबारे कुरा गर्नुअघि हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने