बाइबलमा पाइने अनमोल धन | प्रस्थान २५-२६
वासस्थानको सबैभन्दा महत्त्वपूर्ण सामान
सन्दुक वासस्थान र इस्राएलको छाउनीको सबैभन्दा महत्त्वपूर्ण सामान थियो। सन्दुकको प्रायश्चितको ढकनीमाथि भएका दुई वटा करूबबीचको बादलले परमेश्वरको उपस्थितिलाई सङ्केत गर्थ्यो। हरेक वर्ष प्रायश्चितको दिनमा प्रधानपुजारी महापवित्र कोठाभित्र पस्थे अनि तिनले इस्राएलको पापको प्रायश्चित गर्न बहर र पाठोको रगत ढकनीको अगाडि छर्कन्थे। (लेवी १६:१४, १५) यसले महान् प्रधानपुजारी येसु स्वर्गमा पसेर फिरौतीको बलिदानको मोल यहोवासामु चढाउनुभएको कुरालाई चित्रण गर्थ्यो।—हिब्रू ९:२४-२६.
फिरौतीबाट उठाउन सकिने लाभहरूसित निम्न शास्त्रपदहरूको जोडा मिलाउनुहोस्:
शास्त्रपदहरू
लाभहरू
सधैँभरि बाँच्ने आशा
पापको क्षमा
सफा अन्तस्करण
यस्ता लाभहरू उठाउन हामीले के गर्नै पर्छ?