बाइबलमा पाइने अनमोल धन | प्रस्थान २९-३०
यहोवाको निम्ति अनुदान
वासस्थानको निर्माण गरिएपछि प्रत्येक इस्राएलीले यहोवाको उपासनालाई टेवा पुऱ्याउन आर्थिक सहयोग दिने सुअवसर पाएको थियो। तिनीहरू धनी वा गरिब जे भए पनि त्यसो गर्न सक्थे। आज हामी कसरी यहोवाको निम्ति अनुदान दिन सक्छौँ? एउटा तरिका सभाभवन, सम्मेलन भवन, ससाना अनुवाद कार्यालय अनि बेथेल भवनलगायत यहोवाको उपासनाको लागि समर्पण गरिएका अन्य भवनहरूको लागि आर्थिक सहयोग दिएर हो।
निम्न शास्त्रपदहरूबाट साँचो उपासनामा टेवा पुऱ्याउन आर्थिक अनुदान दिनेबारे के सिक्न सक्छौँ?