बाइबलमा पाइने अनमोल धन | लेवी १-३
भेटीहरूको उद्देश्य
व्यवस्थाको करारअनुसार चढाउनू भनी आज्ञा दिइएको भेटीहरू वा बलिदानहरूले यहोवालाई प्रसन्न तुल्याउँथ्यो। साथै ती भेटीहरूले येसु अनि फिरौतीको बलिदानलाई वा त्यस बलिदानबाट पाइने लाभलाई चित्रण गर्थ्यो।—हिब्रू ८:३-५; ९:९; १०:५-१०.
बलि चढाइने सबै जनावरहरू निष्खोट हुनुपरेजस्तै येसुले पनि आफ्नो त्रुटिरहित, निष्खोट शरीर बलिदानस्वरूप चढाउनुभयो।—१प १:१८, १९
अग्निभेटी चढाइँदा त्यसको सम्पूर्ण भाग परमेश्वरलाई चढाइएझैँ येसुले आफूलाई पूर्णतया यहोवामा अर्पण गर्नुभयो
स्वीकार्य मेलबलि चढाउने व्यक्तिहरू परमेश्वरसित शान्तिमा हुन्थे, त्यसरी नै प्रभुको साँझको भोजमा प्रतीक खाने अभिषिक्त जनहरू पनि परमेश्वरसित शान्तिमा हुन्छन्