प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. ११
  • यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • बप्तिस्माको लागि योग्य हुन के गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • बप्तिस्माले तपाईंलाई परमेश्‍वरसित अझ नजिक बनाउँछ
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. ११
यहोवाको सेवाको यात्रालाई चित्रण गर्ने घुमाउरो बाटो। बाटो छेउका सङ्‌केतपाटीहरूले यहोवाको सेवा गर्न चाल्नुपर्ने कदमलाई जनाउँछ: बाइबल अध्ययन, सभाको उपस्थिति, प्रचारकार्य र बप्तिस्मा।

बप्तिस्मासम्मको यात्रामा तपाईँ कहाँ पुग्नुभएको छ?

ख्रिष्टियन जीवन

यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌

तपाईँ बप्तिस्मा नगरेको जवान प्रकाशक वा बाइबल विद्यार्थी हुनुहुन्छ भने के तपाईँले बप्तिस्मा गर्ने लक्ष्य राख्नुभएको छ? तपाईँले किन बप्तिस्मा गर्नुपर्छ? तपाईँले आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्नुभयो भने यहोवासित विशेष सम्बन्ध गाँस्न सक्नुहुनेछ। (भज ९१:१) तपाईँले उद्धार पनि पाउनुहुनेछ। (१प ३:२१) यी कदमहरू चाल्नको लागि तपाईँ कसरी प्रगति गर्न सक्नुहुन्छ?

सत्य यही हो भनेर विश्‍वस्त हुनुहोस्‌। आफ्नो मनमा प्रश्‍नहरू आउँदा अनुसन्धान गर्नुहोस्‌। (रोमी १२:२) जीवनमा के-कस्ता परिवर्तनहरू गर्नुपर्छ पत्ता लगाउनुहोस्‌ र यहोवालाई खुसी पार्ने मनसायले त्यस्ता परिवर्तनहरू गर्नुहोस्‌। (हित २७:११; एफि ४:२३, २४) मदतको लागि सधैँ उहाँलाई प्रार्थना गर्नुहोस्‌। यहोवाले आफ्नो शक्‍तिशाली पवित्र शक्‍तिमार्फत तपाईँलाई बल र साथ दिनुहुनेछ भनेर ढुक्क हुनुहोस्‌। (१प ५:१०, ११) तपाईँको प्रयास खेर जानेछैन। यहोवाको सेवा गर्नु नै जीवन बिताउने उत्तम तरिका हो!—भज १६:११.

बप्तिस्मासम्मको यात्रा भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • बप्तिस्मासम्म पुग्न कसै-कसैले कस्ता अवरोधहरू पार गरेका छन्‌?

  • यहोवालाई आफ्नो जीवन समर्पण गर्न चाहिने विश्‍वास तपाईँ कसरी खेती गर्न सक्नुहुन्छ?

  • बप्तिस्माको लागि आवश्‍यक कदम चाल्न कसै-कसैलाई केले उत्प्रेरित गरेको छ?

  • यहोवाको सेवा गर्ने छनौट गरेकाहरूले कस्ता आशिष्‌हरू पाएका छन्‌?

  • समर्पण र बप्तिस्माको अर्थ के हो?

बप्तिस्मा भाषणको अन्तमा वक्‍ताले बप्तिस्मा गर्न तयार भएकाहरूलाई उभिएर ठूलो आवाजमा यी दुई प्रश्‍नको जवाफ दिन आग्रह गर्नेछन्‌:

के तपाईँले पापको पश्‍चात्ताप गरेर आफ्नो जीवन यहोवालाई समर्पण गरिसक्नुभएको छ र उहाँले येसु ख्रिष्टमार्फत उद्धार गर्नुहुन्छ भनेर स्विकारिसक्नुभएको छ?

बप्तिस्मा गरिसकेपछि तपाईँ यहोवाको साक्षी भनेर चिनिनुहुनेछ र उहाँको सङ्‌गठनको भाग बन्‍नुहुनेछ भन्‍ने कुरा के तपाईँले बुझ्नुभएको छ?

यी दुई प्रश्‍नको सकारात्मक जवाफ दिएर बप्तिस्माको लागि तयार भएकाहरूले फिरौतीको बलिदानमा विश्‍वास गरेको र यहोवालाई आफ्नो जीवन पूर्णतया समर्पण गरेको कुरा “जनसमक्ष घोषणा” गर्छन्‌।—रोमी १०:९, १०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने