प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे p. १३
  • परिवारमा प्रेम देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवारमा प्रेम देखाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरलाई प्रसन्‍न पार्ने पारिवारिक जीवन
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे p. १३
एउटा परिवार सभामा सँगै गीत गाउँदै छ।

ख्रिष्टियन जीवन

परिवारमा प्रेम देखाउनुहोस्‌

प्रेम परिवारलाई एकसाथ बाँधेर राख्ने गम हो। परिवारमा प्रेम छैन भने एकता र सहयोगी मनोभाव कायम राख्न गाह्रो हुन्छ। परिवारमा पति, पत्नी र आमाबुबाले कसरी प्रेम देखाउन सक्छन्‌?

मायालु पतिले आफ्नी पत्नीको आवश्‍यकता, विचार र भावनाको ख्याल राख्छन्‌। (एफि ५:२८, २९) तिनले आफ्नो परिवारको भौतिक र आध्यात्मिक आवश्‍यकता पूरा गर्छन्‌, जसमा नियमित रूपमा पारिवारिक उपासना गर्नु पनि समावेश छ। (१ति ५:८) मायालु पत्नी आफ्नो पतिको अधीनमा बस्छिन्‌ र उनलाई “गहिरो आदर” गर्छिन्‌। (एफि ५:२२, ३३; १प ३:१-६) दुवैले एकअर्कालाई खुला मनले क्षमा गर्नुपर्छ। (एफि ४:३२) मायालु आमाबुबाले आफ्ना प्रत्येक छोराछोरीमा चासो राख्छन्‌ र तिनीहरूलाई यहोवालाई प्रेम गर्न सिकाउँछन्‌। (व्य ६:६, ७; एफि ६:४) आफ्ना छोराछोरीले स्कुलमा कस्ता चुनौती सामना गर्दै छन्‌? तिनीहरूले साथीहरूको दबाब कसरी सामना गर्दै छन्‌? परिवारमा प्रेम छ भने प्रत्येक सदस्यले सुरक्षित महसुस गर्छन्‌।

तपाईँको परिवारमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘तपाईँको परिवारमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌’ भिडियोको एउटा दृश्‍य। सभाबाट घर फर्केपछि पति र पत्नी बाइबलको एउटा पद छलफल गर्दै छन्‌।

    मायालु पतिले कसरी आफ्नी पत्नीलाई खुवाउँछन्‌ अनि स्याहार्छन्‌?

  • ‘तपाईँको परिवारमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌’ भिडियोको एउटा दृश्‍य। सभाबाट घर फर्केपछि एक बहिनी बेग्लै धर्म मान्‍ने आफ्नो पतिको कुरा धैर्य गर्दै सुन्छिन्‌ र तिनलाई ढाडस दिन्छिन्‌।

    मायालु पत्नीले आफ्नो पतिलाई गहिरो आदर गरेको कसरी देखाउँछिन्‌?

  • ‘तपाईँको परिवारमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌’ भिडियोको एउटा दृश्‍य। एउटा परिवार खाजा खाँदै सभामा आफूले सिकेका कुराहरूबारे छलफल गर्दै छ।

    मायालु आमाबुबाले आफ्ना छोराछोरीको हृदयमा कसरी परमेश्‍वरको वचन राखिदिन सक्छन्‌?

इलेक्ट्रोनिक साधनहरू प्रयोग गर्ने सन्दर्भमा होसियार हुनुहोस्‌

परिवारका सदस्यहरूबीचको प्रेमको बन्धनलाई बलियो बनाउन चाहिने समय इलेक्ट्रोनिक साधनहरूले सजिलै खाइदिन सक्छ। यस्ता साधनहरू चलाउने सन्दर्भमा आमाबुबाले आफू र छोराछोरीको लागि समय तोक्न सक्छन्‌। यसबाहेक आमाबुबाले आफ्ना जवान छोराछोरीले अनलाइनमार्फत कसैसित कुरा गर्न सक्छन्‌ कि सक्दैनन्‌ र गरेमा पनि कोसित गर्ने भनेर तोकिदिनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने