प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर pp. ३-१६
  • साक्षीकार्यमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” प्रयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साक्षीकार्यमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” प्रयोग गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” चलाएर अध्ययन गराउनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर pp. ३-१६
एक दम्पती बस स्टपमा एक मानिससित “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” पुस्तिका प्रयोग गरेर कुरा गर्दै छ।

ख्रिष्टियन जीवन

साक्षीकार्यमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रयोग गर्नुहोस्‌

बाइबल अध्ययन सञ्चालन गर्न नयाँ पुस्तिका र किताब पाएकोमा हामी धेरै खुसी छौँ! अझ धेरै चेला बनाउने हाम्रो प्रयासमा यहोवाले आशिष्‌ देऊन्‌ भनेर हामी प्रार्थना गर्छौँ। (मत्ति २८:१८-२०; १को ३:६-९) हामी यी नयाँ सामग्रीहरू कसरी प्रयोग गर्न सक्छौँ?

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! एउटा बाइबल अध्ययन सामग्री हो र यो प्रयोग गर्दै हामी नयाँ तरिकामा सिकाउनेछौँ। बाइबल अध्ययनको लागि तयारी गर्दा र सञ्चालन गर्दा यी निर्देशनहरू पछ्याउनुहोस्‌:a

  • विषयवस्तु पढ्‌नुहोस्‌ र प्रश्‍नहरू छलफल गर्नुहोस्‌

  • “पढ्‌नुहोस्‌” भनेर उल्लेख गरिएका बाइबल पदहरू पढ्‌नुहोस्‌ र ती पदहरूको उपयोगिता बुझ्न विद्यार्थीलाई मदत गर्नुहोस्‌

  • भिडियो देखाउनुहोस्‌ र दिइएका कुनै प्रश्‍न छलफल गर्नुहोस्‌

  • एक चोटिमा एउटा पाठ सकाउने कोसिस गर्नुहोस्‌

घरधनीको चासो छ कि छैन भनेर पक्का गर्न पहिला पुस्तिका प्रस्तुत गर्नुहोस्‌। (“पहिलो भेटमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका प्रस्तुत गर्ने तरिका” पेटी हेर्नुहोस्‌।) पुस्तिकाबाट अध्ययन गर्न सकेपछि विद्यार्थी अझै पनि अध्ययन गर्न इच्छुक छन्‌ भने किताब दिनुहोस्‌ र पाठ ०४ बाट अध्ययन सुरु गर्नुहोस्‌। तपाईँ कसैलाई सिकाउँछ किताब वा परमेश्‍वरको प्रेम किताबबाट अध्ययन गराउँदै हुनुहुन्छ भने पनि अबउसो सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबबाट अध्ययन गराउनुहोस्‌ र अध्ययन कहाँबाट सुरु गर्ने भनेर आफै निर्णय गर्नुहोस्‌।

उक्‍त दम्पती त्यस मानिसको घरमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” किताब प्रयोग गरेर बाइबल अध्ययन सञ्चालन गर्दै छ।

तपाईँको बाइबल अध्ययन सुरु गरौँ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस नयाँ किताबबाट विद्यार्थीहरूले के-कस्ता कुराहरू सिक्न सक्छन्‌?

  • नयाँ विद्यार्थीहरूलाई यो भिडियो किन देखाउनुपर्छ?

  • अध्ययन गर्दै जाँदा तपाईँले विद्यार्थीलाई कस्ता लक्ष्यहरू राख्न र ती हासिल गर्न प्रोत्साहन दिनुपर्छ?—“हरेक भागको मुख्य कुरा र लक्ष्य” चार्ट हेर्नुहोस्‌।

a नोट: अध्ययनको दौडान “अझ धेरै जान्‍नुहोस्‌” भाग छलफल गर्ने या नगर्ने भनेर तपाईँले निर्णय गर्न सक्नुहुन्छ। तर तयारी गर्दा भने यस भागमा भएका सबै लेख पढ्‌नुहोस्‌ र भिडियो हेर्नुहोस्‌। यसरी तयारी गर्दा विद्यार्थीलाई कुन कुराले मन छुन सक्छ र मदत गर्न सक्छ भनेर थाह पाउनुहुनेछ। यस प्रकाशनको इलेक्ट्रोनिक फर्म्याटमा भिडियोहरू अनि थप सामग्रीका लागि लिङ्‌कहरू पनि दिइएका छन्‌।

हरेक भागको मुख्य कुरा र लक्ष्य

 

पाठहरू

मुख्य कुरा

लक्ष्य

१

०१-१२

बाइबलले तपाईँको जीवनलाई कसरी अझ राम्रो बनाउन सक्छ अनि तपाईँ त्यसको वास्तविक लेखकलाई कसरी चिन्‍न सक्नुहुन्छ, विचार गर्नुहोस्‌

विद्यार्थीलाई बाइबल पढ्‌न, अध्ययनको लागि तयारी गर्न र सभामा उपस्थित हुन प्रोत्साहन दिनुहोस्‌

२

१३-३३

परमेश्‍वरले हाम्रो लागि के गर्नुभएको छ अनि उहाँलाई मन पर्ने तरिकामा कसरी उहाँको उपासना गर्न सक्छौँ, थाह पाउनुहोस्‌

विद्यार्थीलाई अरूलाई सत्य बाँड्‌न र प्रकाशक बन्‍न उत्प्रेरित गर्नुहोस्‌

३

३४-४७

परमेश्‍वर आफ्ना उपासकहरूबाट के चाहनुहुन्छ, विचार गर्नुहोस्‌

विद्यार्थीलाई आफ्नो जीवन यहोवालाई समर्पण गर्न र बप्तिस्मा गर्न प्रोत्साहन दिनुहोस्‌

४

४८-६०

परमेश्‍वरको प्रेम पाउन लायक भइरहन के गर्नुपर्छ, सिक्नुहोस्‌

विद्यार्थीलाई सही र गलत छुट्ट्याउन र आध्यात्मिक रूपमा प्रगति गर्न मदत गर्नुहोस्‌

पहिलो भेटमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका प्रस्तुत गर्ने तरिका

पर्चाहरूमा जस्तै यस पुस्तिकाको अन्तिम पानामा एउटा रोचक प्रश्‍न राखिएको छ। तपाईँ यसो गर्न सक्नुहुन्छ:

  • सुरुको प्रश्‍न सोध्नुहोस्‌ र दिइएका जवाफहरू देखाउनुहोस्‌

  • भजन ३७:२९ मा पाइने बाइबलको जवाफ पढ्‌नुहोस्‌

  • “यो कुरा थाह पाउँदा तपाईँलाई कस्तो फाइदा हुन्छ?” अन्तर्गत भएका बुँदाहरू छलफल गर्नुहोस्‌। समयले दिन्छ भने शास्त्रपदहरू पढ्‌नुहोस्‌ र चित्रहरूबाट छलफल गर्नुहोस्‌

  • “के हामी बाइबलका प्रतिज्ञाहरूमा विश्‍वास गर्न सक्छौँ?” प्रश्‍न सोध्नुहोस्‌ र पाठ ०१ बाट अध्ययन सुरु गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने