ख्रिष्टियन जीवन
पवित्र शक्तिको मदत पाएर एउटा कठिन जिम्मेवारी पूरा भयो
इतिहासभरि नै परमेश्वरका सेवकहरू थुप्रै उल्लेखनीय काम गर्न सफल भएका छन्। तिनीहरूले आफ्नै बलले नभई यहोवाको मदतले गर्दा त्यसो गर्न सकेका हुन्। सन् १९५४ मा हाम्रो सङ्गठनले यहोवाको सङ्गठन गतिशील छ (अङ्ग्रेजी) नाम गरेको फिल्म निकाल्यो। फिल्म बनाउने काममा केही अनुभव नभएको धेरैजसो बेथेल सेवकले त्यो फिल्म बनाउने काममा भाग लिएका थिए। यस्तो कठिन काम यहोवाको पवित्र शक्तिले गर्दा मात्र पूरा हुन सकेको थियो। यसबाट हामी यहोवामा भर पऱ्यौँ भने आफूलाई खटाइएको जुनसुकै असाइनमेन्टमा सफल हुन सक्नेछौँ भनेर विश्वस्त हुन सक्छौँ।—जक ४:६.
“यहोवाको सङ्गठन गतिशील छ” कसरी बनाइयो? भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
मुख्यालयको बारेमा एउटा फिल्म बनाउने निर्णय किन गरियो?
यस फिल्ममा बेथेल एउटा मानव शरीरजस्तै हो भनेर कसरी देखाएको छ?—१को १२:१४-२०.
यो फिल्म बनाउँदा कस्ता चुनौतीहरू आइपरे र भाइहरूले ती चुनौतीहरूको सामना कसरी गर्न सके?
यस अनुभवबाट यहोवाको पवित्र शक्तिबारे के सिक्न सक्छौँ?