द न्यु वर्ल्ड सोसाइटी इन एक्सन भिडियोको ऐतिहासिक पुनरावृत्ति
सन् १९५४ मा निर्मित यस भिडियो प्रस्तुतिलाई हेर्नु हुँदा निम्न प्रश्नहरूलाई विचार गर्नुहोस्: (१) यो फिल्म किन तयार पारियो र यसले कुन लक्ष्य हासिल गऱ्यो? (२) यहोवाका साक्षीहरू कस्ता प्रकाशनहरू कसको लागि र किन प्रकाशित गर्छन्? (३) आज प्रहरीधरहरा पत्रिकाको वितरण १९५४ को भन्दा कसरी भिन्न छ? (४) हालैका वर्षहरूमा, हाम्रो छपाइ कार्य कसरी अझ आधुनिकीकरण भएको छ? (५) सन् १९५३ मा यांकी स्टेडियममा भएको अन्तरराष्ट्रिय अधिवेशनसित सम्बन्धित कुन कुराले तपाईं प्रभावित हुनुभयो? (६) ट्रेलर सीटी के थियो, यसबारे कुनचाहिं उल्लेखनीय कुरा तपाईंले याद गर्नुभयो? (७) हाम्रो कार्य केवल कुनै एक राष्ट्र, राष्ट्रियता वा मानिसहरूको लागि होइन भन्ने कुरा केले देखाउँछ? (८) तपाईंले कुन कुन तरिकामा प्रेमद्वारा नै यहोवाको संगठन सञ्चालन भइरहेको महसुस गर्नुभयो? (भज. १३३:१) (९) सन् १९५० को दशकमा न्यु वर्ल्ड सोसाइटीले गरेका क्रियाकलापहरूको यस ऐतिहासिक विवरणबाट क-कसले लाभ उठाउनेछन् जस्तो तपाईंलाई लाग्छ?