प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. ११
  • युवाहरू हो, आमाबुबासित खुलेर कुरा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरू हो, आमाबुबासित खुलेर कुरा गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • तपाईँ आफ्नो परिवारको आनन्द बढाउन सक्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • छोराछोरीलाई सफल हुन मदत गर्न बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. ११

ख्रिष्टियन जीवन

युवाहरू हो, आमाबुबासित खुलेर कुरा गर्नुहोस्‌

तपाईँले आमाबुबासित किन खुलेर कुरा गर्नुपर्छ? (हित २३:२६) किनभने यहोवाले उहाँहरूलाई तपाईँको हेरचाह गर्ने र डोऱ्‍याउने जिम्मेवारी दिनुभएको छ। (भज १२७:३, ४) तपाईँले आफ्नो मनको कुरा उहाँहरूबाट लुकाउनुभयो भने उहाँहरूले तपाईँलाई मदत गर्न सक्नुहुनेछैन र उहाँहरूको अनुभवबाट सिक्न पनि सक्नुहुनेछैन। त्यसोभए के कुनै-कुनै कुरा आफैमा सीमित राख्नु गलत हो? होइन। तर आमाबुबालाई थाह दिनुपर्ने कुरा नबताउनुचाहिँ गलत हो।—हित ३:३२.

तपाईँ आमाबुबासँग कसरी कुरा गर्न सक्नुहुन्छ? तपाईँको लागि र उहाँहरूको लागि उपयुक्‍त समय रोज्नुहोस्‌। तपाईँलाई आफ्नो मनको कुरा उहाँहरूलाई आमनेसामने बताउन गाह्रो लाग्छ भने उहाँहरूमध्ये एक जनालाई चिठी लेख्न पनि सक्नुहुन्छ। तर उहाँहरूले तपाईँलाई मन नपर्ने विषयमा कुरा गर्न खोज्नुभयो भने नि? आमाबुबा तपाईँको शत्रु होइन तर मित्र हुनुहुन्छ र तपाईँलाई मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। उहाँहरूसँग खुलस्त कुराकानी गर्न तपाईँले गर्नुहुने प्रयासले तपाईँलाई सधैँभरि फाइदा पुऱ्‍याउनेछ।—हित ४:१०-१२.

मेरो किशोरावस्था—आमाबुबासित कसरी कुरा गर्ने? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “मेरो किशोरावस्था—आमाबुबासित कसरी कुरा गर्ने?” भिडियोको एउटा दृश्‍य। हेडफोन लगाएर कम्प्युटर चलाइरहेकी एक किशोरी आफूसँग कुरा गर्न खोजिरहेकी आमालाई बेवास्ता गर्छिन।

    एस्तर र पर्तिकले आफूबारे के थाह पाए?

  • “मेरो किशोरावस्था—आमाबुबासित कसरी कुरा गर्ने?” भिडियोको एउटा दृश्‍य। एक किशोरी आफ्नो फोनमा केही देखाउँदै आमासँग कुरा गर्दै छिन्‌।

    तपाईँ येसुको उदाहरणबाट के सिक्न सक्नुहुन्छ?

  •  “मेरो किशोरावस्था—आमाबुबासित कसरी कुरा गर्ने?” भिडियोको एउटा दृश्‍य। एउटी आमा घरको काम गर्न एकछिन रोकेर आफ्नो सानो छोरासँग खेल्दै छिन्‌।

    आमाबुबाले तपाईँको ख्याल राखेको कसरी देखाउनुभएको छ?

  •  “मेरो किशोरावस्था—आमाबुबासित कसरी कुरा गर्ने?” भिडियोको एउटा दृश्‍य। बास्केटबलका प्रशिक्षक आफ्नो टिमलाई क्लिपबोर्डमा खेलको योजना कोरेर देखाउँदै छन्‌।

    तपाईँ सफल भएको तपाईँका आमाबुबा चाहनुहुन्छ

    आमाबुबासँग कुरा गर्न बाइबलका कस्ता सिद्धान्तहरूले तपाईँलाई मदत गर्न सक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने