बाइबलमा पाइने अनमोल धन
तपाईँको राजा को हुनुहुन्छ?
इस्राएलीहरूले हठी हुँदै मानव राजाको माग गरे (१स ८:४, ५; it-2-E पृ. १६३ अनु. १)
यहोवा इस्राएलीहरूको अदृश्य राजा हुनुभए तापनि तिनीहरू सन्तुष्ट भएनन् (१स ८:७, ८; w११ ७/१ पृ. १९ अनु. १)
मानव राजाले शासन गर्न थालेपछि आइपर्ने समस्याहरूबारे यहोवाले तिनीहरूलाई चेतावनी दिनुभयो (१स ८:९, १८; w१० १/१ पृ. २८ अनु. ९)
यहोवाले सधैँ आफ्नो सृष्टिमाथि शासन गर्दै आउनुभएको छ। परमेश्वर आफ्नो प्रजाको हितलाई ध्यानमा राखेर शासन गर्नुहुन्छ र तिनीहरूको कदर गर्नुहुन्छ। परमेश्वरको शासन स्विकारेर त्यसको अधीनमा बस्यौँ भने चिरकालीन आशिष् पाउनेछौँ।
आफैलाई सोध्नुहोस्: ‘यहोवाको शासनको अधीनमा बसेको कुरा के मेरो जीवनशैलीबाट देखिन्छ?’