प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर p. ३
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • वेबसाइटका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर p. ३

ख्रिष्टियन जीवन

दैनिक जीवनको लागि आवश्‍यक बुद्धि Jw.org मा खोज्नुहोस्‌

परमेश्‍वरको वचनले हामीलाई यस अन्तको कठिन समयमा आइपर्ने समस्याहरूसित जुझ्न पूर्ण रूपमा तयार बनाउँछ। (२ति ३:१, १६, १७) तैपनि बेलाबेलामा कुनै खास परिस्थितिसित जुझ्न कस्ता बाइबल सिद्धान्तहरू लागू हुन्छन्‌ भनेर पत्ता लगाउन हामीलाई मदत चाहिन्छ। उदाहरणको लागि, के तपाईँ छोराछोरी हुर्काउँदै गरेको आमाबुबा हुनुहुन्छ? के तपाईँ विश्‍वासको पक्षमा खडा हुन सङ्‌घर्ष गरिरहनुभएको किशोरकिशोरी हुनुहुन्छ? अथवा के तपाईँले आफ्नो जीवनसाथी गुमाउनुभएको छ? यस्ता र यस्तै अन्य गाह्रा परिस्थितिहरूको सामना गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू भएको विषयवस्तु तपाईँ jw.org/ne मा पाउन सक्नुहुन्छ।—हित २:३-६.

ट्याबलेटमा jw.org वेबसाइट खोलिएको छ। छेउको गोलो घेरामा बाइबलको शिक्षा ट्याब देखाइएको छ।

हाम्रो वेबसाइट jw.org/ne को गृहपृष्ठमा बाइबलको शिक्षा ट्याब रोज्नुहोस्‌। (चित्र १ हेर्नुहोस्‌।) त्यहाँ थुप्रै विषय देख्न सक्नुहुन्छ। तीमध्ये आफूलाई बुझ्न मन लागेको विषय रोज्नुहोस्‌। अथवा लाइब्रेरी > श्रृङ्‌खलाबद्ध लेखहरू-मा थिच्नुहोस्‌ र आफूलाई बुझ्न मन लागेको विषय रोज्नुहोस्‌। (चित्र २ हेर्नुहोस्‌।) यस्तै तरिकामा लेखहरू JW लाइब्रेरी-मा पनि भेट्टाउन सकिन्छ।a JW लाइब्रेरी अथवा jw.org/ne मा यसरी लेखहरू सरसरती हेर्न सक्नुहुन्छ। अर्को तरिका, कुनै खास विषय jw.org/ne को ‘खोज्ने’ ठाउँमा टाइप गरेर भेट्टाउन सक्नुहुन्छ।

ट्याबलेटमा jw.org वेबसाइट खोलिएको छ। छेउको गोलो घेराहरूमा लाइब्रेरी र श्रृङ्‌खलाबद्ध लेखहरू ट्याब देखाइएको छ।

तल दिइएका विषयहरू ‘खोज्ने’ ठाउँमा टाइप गर्नुहोस्‌ अनि आफूलाई पढ्‌न मन लागेका लेखहरू टिप्नुहोस्‌।

  • छोराछोरीलाई हुर्काउने

  • किशोरकिशोरीलाई हुने डिप्रेसन

  • जीवनसाथीको मृत्यु

a कुनै-कुनै श्रृङ्‌खलाबद्ध लेखहरूमा भएका सबै लेख हाल jw.org मा मात्र उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने