प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. ३
  • प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंहरू प्रकोपमा परेकाहरूलाई राहत दिनुहुन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • राहत कार्यले यहोवाको महिमा गर्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • सन्‌ २०२३ मा राहतकार्य—“हामीले यहोवाको माया अनुभव गऱ्‍यौँ”
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • सहयोगी हात कसरी अघि सार्ने?
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. ३

ख्रिष्टियन जीवन

प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?

अहिले एकपछि अर्को ठाउँमा प्राकृतिक प्रकोपहरू गइरहेका छन्‌। प्राकृतिक प्रकोपपछि सुव्यवस्थित अनि छरितो ढङ्‌गमा राहतकार्य गर्नुपर्ने हुन्छ। त्यसैले परिचालक निकायले प्रत्येक शाखा कार्यालयमा “प्रकोप राहत विभाग”-को प्रबन्ध गरेको छ।

यस विभागका भाइहरूले कुनै ठाउँमा प्रकोप गएको थाह पाउनेबित्तिकै स्थानीय एल्डरहरूलाई सम्पर्क गर्छन्‌ र त्यहाँका भाइबहिनीलाई के-कस्तो मदत चाहिन्छ, पत्ता लगाउँछन्‌। स्थानीय भाइबहिनीले सम्हाल्न सक्नेभन्दा धेरै क्षति भएको छ भने शाखा कार्यालयले योग्य भाइहरूलाई राहतकार्यमा नेतृत्व लिन खटाउँछ। स्वयम्‌सेवकहरूको वा कुनै सामग्रीहरूको खाँचो परेको छ भने ती भाइहरूले त्यसबारे जानकारी गराउन सक्छन्‌ वा स्थानीय तवरमै ती सामग्रीहरू किनेर वितरण गर्न सक्छन्‌।

भाइबहिनीहरू मदत गर्न आफ्नै तरिकाले अघि सर्नुको साटो यसरी कामकुरा सम्हाल्दा विभिन्‍न फाइदा हुन्छन्‌। जस्तै: अनावश्‍यक रूपमा काम दोहोरिँदैन, गोलमाल हुँदैन अनि पैसा र स्रोतसाधन खेर जाँदैन।

राहतकार्यको लागि कति पैसा चाहिन्छ अनि कति जना स्वयम्‌सेवक चाहिन्छ भनेर शाखा कार्यालयले नियुक्‍त गरेका भाइहरूले पक्का गर्छन्‌। राहतकार्य अझै छिटो होस्‌ भनेर तिनीहरूले स्थानीय अख्तियारवालाहरूसित पनि कुराकानी गर्न सक्छन्‌। त्यसैले कोही पनि आफूखुसी पैसा सङ्‌कलन गर्न, राहत सामग्रीहरू पठाउन र ती ठाउँहरूमा जान अग्रसर हुनु हुँदैन।

तैपनि प्राकृतिक प्रकोप जाँदा हामी मदत गर्न चाहन्छौँ। (हिब्रू १३:१६) हामी भाइबहिनीलाई प्रेम गर्छौँ! त्यसोभए हामी कसरी मदत गर्न सक्छौँ? सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रकोपको मारमा परेकाहरू र राहतकार्यमा खटिएकाहरूको निम्ति प्रार्थना गर्नु हो। साथै हामी विश्‍वव्यापी कार्यको लागि अनुदान पनि दिन सक्छौँ। परिचालक निकायको सुपरिवेक्षणमा रहेर शाखा कार्यालयहरूले ती अनुदानहरू कसरी सबैभन्दा राम्रो तरिकामा प्रयोग गर्न सकिन्छ भनेर सही निर्णय गर्न सक्छन्‌। तर हामी व्यक्‍तिगत रूपमै मदत गर्न चाहन्छौँ भने नि? स्थानीय डिजाइन/निर्माण स्वयम्‌सेवक आवेदन फाराम (DC-50) भरेर हामी आफ्नो इच्छुकता देखाउन सक्छौँ।

ब्राजिलमा गएको विनाशकारी बाढी भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

“ब्राजिलमा गएको विनाशकारी बाढी” भिडियोको एक दृश्‍य। माथिबाट खिचिएको बाढीग्रस्त इलाकाको दृश्‍य, जसमा घर र रूखहरू आधाजस्तो डुबेको छ।

ब्राजिलमा २०२० मा गएको बाढीपछि यहोवाका साक्षीहरूले गरेको राहतकार्यको कुन कुरा तपाईँलाई मन पऱ्‍यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने