प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ११/०५ p. ३
  • सहयोगी हात कसरी अघि सार्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सहयोगी हात कसरी अघि सार्ने?
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंहरू प्रकोपमा परेकाहरूलाई राहत दिनुहुन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • राहत कार्यले यहोवाको महिमा गर्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ११/०५ p. ३

सहयोगी हात कसरी अघि सार्ने?

१ विश्‍वमा कतै विपत्तिले प्रहार गरेको खबर सुन्‍ने बित्तिकै यहोवाका साक्षीहरूमाझ अक्सर यो प्रश्‍न उठ्‌ने गर्छ, “सहयोगी हात कसरी अघि सार्ने?” प्रथम शताब्दीमा यहूदामा अनिकाल लाग्दा भाइहरूलाई राहत जुटाउन मसीहीहरू कत्तिको दत्तचित्त भई लागे, प्रेरित ११:२७-३० मा यो विवरण पाउँछौं।

२ चाहे प्राकृतिक विपत्तिले प्रहार गरोस्‌ वा मान्छे स्वयम्‌ले निम्त्याएको विपत्तिले, आज पनि परोपकारी कार्य तथा मानवीय सेवामा रकम खर्च गर्ने नीति हाम्रो संगठनको रहेको छ।

३ उदाहरणस्वरूप, पोहोर साल दक्षिण एसियामा सुनामी पीडितहरूलाई मदत गर्न धेरै भाइबहिनीहरूको अनुदान ओइरियो। चोखो मानवीय भावसहित संगठनको राहत कोषमा रकम पठाउने सबैप्रति हामी हार्दिक कृतज्ञ छौं। तर कुनै-कुनै देशमा जुन उद्देश्‍यको लागि दाताले अनुदान पठाउँछ, उक्‍त अनुदान निश्‍चित समयावधिमा सोही कामबाहेक अन्य काममा खर्च गर्न पाइँदैन। चाहे, पीडितहरूको खाँचो स्थानीय रूपमै पूरा भइसकेको किन नहोस्‌।

४ त्यसैले, कृपया मानवीय सेवा अनि विपत्ति पीडितहरूको लागि अनुदान पठाउँदा विश्‍वव्यापी कार्यको कोषमै पठाउनुहुन विशेष अनुरोध गर्दछौं। यसो गर्दा तपाईंहरूले पठाउनुभएको यो अनुदान विपत्ति पीडितहरूलाई राहत दिन खर्च त गरिन्छ नै, साथै भाइहरूको आध्यात्मिक खाँचो पूरा गर्न पनि प्रयोग गरिन्छ। तैपनि कसै-कसैले विपत्ति पीडितहरूको लागि विश्‍वव्यापी कार्यको कोषमा नभई छुट्टै अनुदान पठाउन चाहन्छ भने, त्यो पनि हामी स्वीकार्छौं र राहत कार्यकै लागि मात्र उक्‍त अनुदान खर्च गर्नेछौं। तर कहाँ र कसरी खर्च गरिनुपर्छ भनेर नतोकीकन अनुदान पठाउनुभएमा हामी अझ बढी आभारी हुनेछौं।

५ अनुदानलाई विश्‍वव्यापी कार्यको लागि लक्षित गर्नुको हाम्रो उद्देश्‍य विपत्ति पीडितहरूलाई राहत दिन मात्र होइन तर राज्य गतिविधिको सबै पक्षमा उक्‍त अनुदानको प्रयोग गर्नु हो। अनि यो कार्यमा एफिसी ४:१६ को मर्मअनुसार हामी एकजुट भइ लाग्छौं, जहाँ लेखिएको छ, “सारा शरीर ठीक ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने