प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 मार्च pp. २६-३०
  • यहोवाले तपाईँलाई जोगाउनुहुनेछ—कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले तपाईँलाई जोगाउनुहुनेछ—कसरी?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले हामीलाई हातहतियार दिनुभएको छ
  • यस लडाइँमा हामी एक्लो छैनौँ
  • यहोवाले हामीलाई जोगाइरहनुहुनेछ
  • “परमेश्‍वरको सारा हात-हतियार धारण गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • युवाहरू हो, सैतानविरुद्ध दृढ भई खडा हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • प्रेतहरू—हामी कसरी तिनीहरूको प्रतिरोध गर्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ५. हामी कसरी संसारबाट अलग रहन सक्छौँ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 मार्च pp. २६-३०

अध्ययन लेख १३

यहोवाले तपाईँलाई जोगाउनुहुनेछ—कसरी?

“प्रभु विश्‍वासयोग्य हुनुहुन्छ अनि उहाँले तिमीहरूलाई बलियो बनाउनुहुनेछ र त्यस दुष्टबाट जोगाउनुहुनेछ।”—२ थिस्स. ३:३.

गीत १२४ सधैँ वफादार रहौँ!

परिचयa

१. आफ्ना चेलाहरूको हेरचाह गरिदिन येसुले किन यहोवालाई बिन्ती गर्नुभयो?

पृथ्वीमा आफ्नो जीवनको अन्तिम रातमा येसु आफ्ना चेलाहरूले सामना गर्नुपर्ने चुनौतीहरूबारे सोच्दै हुनुहुन्थ्यो। चेलाहरूप्रतिको प्रेमले उत्प्रेरित भएर येसुले आफ्ना बुबालाई “त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्‌” भनेर बिन्ती गर्नुभयो। (युह. १७:१४, १५) आफू स्वर्ग फर्केपछि सैतानले यहोवाको सेवा गर्न चाहने जोसुकैसित लडाइँ लडिरहनेछ भनेर येसुलाई थाह थियो। त्यसैले यहोवाका जनहरूलाई सुरक्षा चाहिन्छ।

२. यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ भन्‍ने कुरामा हामी किन पक्का हुन सक्छौँ?

२ यहोवाले येसुको प्रार्थनाको जवाफ दिनुभयो। किनभने उहाँ आफ्ना छोरालाई प्रेम गर्नुहुन्थ्यो। हामीले यहोवालाई खुसी पार्न सक्दो प्रयास गऱ्‍यौँ भने उहाँले हामीलाई पनि प्रेम गर्नुहुनेछ अनि मदत र सुरक्षाको लागि प्रार्थना गर्दा हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ। यहोवा आफ्नो परिवारको मायालु शिर हुनुभएकोले उहाँले आफ्ना छोराछोरीको राम्ररी हेरचाह गरिरहनुहुनेछ। उहाँ आफ्नो परिवारको हेरचाह गर्न चुक्नुभयो भने उहाँको नाम र प्रतिष्ठामा आँच आउन सक्छ।

३. आज हामीलाई यहोवाको सुरक्षा किन चाहिन्छ?

३ अहिले हामीलाई पहिलाभन्दा झन्‌ धेरै यहोवाको सुरक्षा चाहिन्छ। सैतानलाई स्वर्गबाट फ्याँकिएको छ र त्यो “असाध्यै रिसाएको छ।” (प्रका. १२:१२) हाम्रो खेदो गर्नेहरूलाई आफूले “परमेश्‍वरलाई पवित्र सेवा चढाइरहेको छु” भनेर सोच्न लगाउन सैतान सफल भएको छ। (युह. १६:२) परमेश्‍वरमाथि विश्‍वास नगर्ने अरू मानिसहरूले भने हामी संसारका मानिसहरूभन्दा फरक भएकोले हाम्रो खेदो गर्छन्‌। तर मानिसहरूले हामीलाई जुनसुकै कारणले खेदो गर्ने भए पनि हामी डराउनु पर्दैन। किन? किनभने परमेश्‍वरको वचन यसो भन्छ: “प्रभु विश्‍वासयोग्य हुनुहुन्छ अनि उहाँले तिमीहरूलाई बलियो बनाउनुहुनेछ र त्यस दुष्टबाट जोगाउनुहुनेछ।” (२ थिस्स. ३:३) यहोवा हामीलाई कसरी जोगाउनुहुन्छ? दुइटा तरिकाबारे विचार गरौँ।

यहोवाले हामीलाई हातहतियार दिनुभएको छ

४. एफिसी ६:१३-१७ अनुसार यहोवाले हामीलाई जोगाउन के उपलब्ध गराउनुभएको छ?

४ यहोवाले हामीलाई सैतानको आक्रमणबाट जोगिन मदत गर्ने हातहतियार उपलब्ध गराउनुभएको छ। (एफिसी ६:१३-१७ पढ्‌नुहोस्‌।) यो आध्यात्मिक हातहतियार बलियो र प्रभावकारी छ। तर हामीले ती प्रत्येक हातहतियार प्रयोग गरिरह्‍यौँ भने मात्र त्यसले हामीलाई जोगाउनेछ। ती प्रत्येक हातहतियारले केलाई सङ्‌केत गर्छ? अब हामी एक-एक गरी विचार गरौँ।

हातहतियार र त्यसको अर्थ

चित्रहरूको सँगालो: आध्यात्मिक हातहतियार र ती हातहतियार धारण गरेका एक रोमी सिपाही। ती प्रत्येक हातहतियारबारे अनुच्छेद ५-११ मा छलफल गरिएको छ।

अनुच्छेद ५-११ हेर्नुहोस्‌

५. सत्यको पेटी के हो र हामीले यो किन लगाउनुपर्छ?

५ सत्यको पेटीले परमेश्‍वरको वचन बाइबलमा पाइने सत्यलाई सङ्‌केत गर्छ। हामीले यो पेटी किन लगाउनुपर्छ? किनभने सैतान “झूटको बुबा हो।” (युह. ८:४४) त्यसले हजारौँ वर्षदेखि झूट बोल्दै आएको छ र “सारा संसारलाई” ठगेको छ। (प्रका. १२:९) तर बाइबलमा पाइने सत्यले हामीलाई त्यसको बहकाउमा नपर्न मदत गर्छ। हामी यो प्रतीकात्मक पेटी कसरी लगाउन सक्छौँ? यहोवाबारे सत्य कुरा सिकेर, “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम” उहाँको उपासना गरेर र सबै कुरामा इमानदार भई चलेर हामी त्यसो गर्न सक्छौँ।—युह. ४:२४; एफि. ४:२५; हिब्रू १३:१८.

पेटी: परमेश्‍वरको वचनमा पाइने सत्यहरू

६. धार्मिकताको कवच के हो र हामीले यो किन लगाउनुपर्छ?

६ धार्मिकताको कवचले यहोवाका धार्मिक स्तरहरूलाई सङ्‌केत गर्छ। हामीले यो कवच किन लगाउनुपर्छ? कवचले सिपाहीको मुटु जोगाएझैँ धार्मिकताको कवचले हाम्रो प्रतीकात्मक मुटु अर्थात्‌ हाम्रो भित्री व्यक्‍तित्वलाई संसारको भ्रष्ट प्रभावहरूबाट जोगाउँछ। (हितो. ४:२३) हामीले उहाँलाई सारा हृदयले प्रेम गरेको र उहाँको सेवा गरेको यहोवा चाहनुहुन्छ। (मत्ति २२:३६, ३७) यहोवाले घृणा गर्नुहुने कुराहरूलाई प्रेम गर्न सिकाएर सैतानले हाम्रो हृदयलाई विभाजित पार्न खोज्छ। (याकु. ४:४; १ युह. २:१५, १६) अनि त्यसमा त्यो सफल भएन भने त्यसले हाम्रो खेदो गरेर हामीलाई यहोवाको स्तरविपरीत चल्न लगाउन कोसिस गर्छ।

कवच: यहोवाका धार्मिक स्तरहरू

७. हामी धार्मिकताको कवच कसरी लगाउन सक्छौँ?

७ सही र गलतसम्बन्धी यहोवाका स्तरहरू स्विकारेर र ती स्तरबमोजिम जीवन बिताएर हामी धार्मिकताको कवच लगाउन सक्छौँ। (भज. ९७:१०) कसै-कसैलाई यहोवाका स्तरहरू बोझिला छन्‌ जस्तो लाग्न सक्छ। तर हामीले बाइबल सिद्धान्तहरू लागू गर्न छोड्यौँ भने हामी त्यो सिपाहीजस्तै हुनेछौँ, जसले गह्रुङ्‌गो भयो भनेर युद्धको बीचमै आफ्नो कवच फुकालेर फ्याँक्छ। कत्ति मूर्ख निर्णय! यहोवालाई प्रेम गर्नेहरूका लागि उहाँका आज्ञाहरू “बोझिला छैनन्‌” बरु जीवनदायी छन्‌।—१ युह. ५:३.

८. खुट्टामा सुसमाचारको जुत्ता लगाएर तयार हुनुको अर्थ के हो?

८ पावलले हामीलाई खुट्टामा शान्तिको सुसमाचारको जुत्ता लगाएर तयार हुन पनि आग्रह गरेका छन्‌। अर्को शब्दमा भन्‍नुपर्दा, हामी अरूलाई राज्यको सुसमाचार सुनाउन तयार हुनुपर्छ। अरूलाई बाइबलको सन्देश सुनाउँदा हाम्रो आफ्नै विश्‍वास पनि बलियो हुन्छ। संसारभरका यहोवाका सेवकहरूले अरूलाई सुसमाचार सुनाउन हरेक मौकाको सदुपयोग गरेको देख्दा हामी प्रोत्साहन पाउँछौँ। उदाहरणको लागि, तिनीहरू घरघरमा र व्यापारिक इलाकामा साक्षी दिन्छन्‌। साथै काममा, स्कुलमा, किनमेल गर्न जाँदा, विश्‍वासमा नभएका आफन्तहरू वा चिनेजानेका मानिसहरूलाई भेट्‌दा र केही समयको लागि आफ्नै घरमा खुम्चिएर बस्नुपर्दा समेत तिनीहरू साक्षी दिन्छन्‌। डराएर प्रचार गर्न छोड्यौँ भने हामी युद्धको बीचमै आफ्नो जुत्ता फुकालेर फ्याँक्ने सिपाहीजस्तै हुनेछौँ। त्यसो गर्दा तिनको खुट्टामा चोटपटक लाग्न सक्छ। परिणामस्वरूप शत्रुले तिनलाई सजिलै आक्रमण गर्न सक्छ र तिनी आफ्नो सेनापतिको आदेश पछ्याउन असमर्थ हुन्छन्‌।

जुत्ता: सुसमाचार प्रचार गर्न तयार

९. हामीले विश्‍वासको ठूलो ढाल किन बोक्नुपर्छ?

९ विश्‍वासको ठूलो ढालले यहोवामाथिको हाम्रो विश्‍वासलाई सङ्‌केत गर्छ। यहोवाले आफ्ना सबै प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर हामी विश्‍वास गर्छौँ। यस्तो विश्‍वासले हामीलाई “त्यस दुष्टका सबै अग्निबाण निभाउन” मदत गर्नेछ। हामीले यो ठूलो ढाल किन बोक्नुपर्छ? किनभने यसले हामीलाई धर्मत्यागीहरूको शिक्षाको बहकाउमा नपर्न र मानिसहरूले हाम्रो खिल्ली उडाउँदा निराश नहुन मदत गर्छ। हामीमा विश्‍वास छैन भने मानिसहरूले परमेश्‍वरको स्तरको बेवास्ता गर्न दबाब दिँदा त्यसको प्रतिकार गर्न सक्दैनौँ। अर्कोतर्फ, काममा वा स्कुलमा हरेक पटक आफ्नो विश्‍वासको पक्षमा उभिँदा हामीले विश्‍वासको ढाल बोकिरहेका हुन्छौँ। (१ पत्रु. ३:१५) हरेक पटक हाम्रो आध्यात्मिक तालिकामा बाधा पुऱ्‍याउने राम्रो जागिरको प्रस्ताव अस्वीकार गर्दा पनि हामीले त्यो ढाल बोकिरहेका हुन्छौँ। (हिब्रू १३:५, ६) अनि हरेक पटक विरोधको बाबजुद यहोवाको सेवा गर्दा पनि त्यो ढालले हामीलाई जोगाइरहेको हुन्छ।—१ थिस्स. २:२.

ढाल: यहोवा र उहाँका प्रतिज्ञाहरूमाथिको हाम्रो विश्‍वास

१०. उद्धारको टोप के हो र हामीले यो किन लगाउनुपर्छ?

१० उद्धारको टोप भनेको यहोवाले हामीलाई दिनुभएको आशा हो। यहोवाले आफ्नो इच्छाअनुसार चल्नेहरूलाई इनाम दिनुहुनेछ र हामी मऱ्‍यौँ भने पनि उहाँले हामीलाई जीवित पार्नुहुनेछ भन्‍ने आशा हामीले पाएका छौँ। (१ थिस्स. ५:८; १ तिमो. ४:१०; ति. १:१, २) साँच्चैको टोपले सिपाहीको टाउकोलाई जोगाएझैँ उद्धारको आशाले हाम्रो सोच्ने क्षमतालाई जोगाउँछ। कसरी? त्यस्तो आशाले हामीलाई परमेश्‍वरका प्रतिज्ञाहरूमा ध्यान केन्द्रित गर्न र समस्याहरूप्रति सही दृष्टिकोण राख्न मदत गर्छ। हामी यो टोप कसरी लगाउन सक्छौँ? आफ्नो सोचाइलाई परमेश्‍वरको सोचाइअनुरूप ढालेर हामी त्यसो गर्न सक्छौँ। उदाहरणको लागि, हामी अस्थिर धनसम्पत्तिमा होइन तर परमेश्‍वरमा आशा राख्छौँ।—भज. २६:२; १०४:३४; १ तिमो. ६:१७.

टोप: अनन्त जीवनको आशा

११. पवित्र शक्‍तिको तरबार के हो र हामीले यो किन चलाउनुपर्छ?

११ पवित्र शक्‍तिको तरबार भनेको परमेश्‍वरको वचन बाइबल हो। त्यो तरबारमा सबै किसिमका झूटको पर्दाफास गर्ने र मानिसहरूलाई झूटा शिक्षाहरू अनि खराब आनीबानीबाट मुक्‍त गर्ने शक्‍ति छ। (२ कोरि. १०:४, ५; २ तिमो. ३:१६, १७; हिब्रू ४:१२) व्यक्‍तिगत अध्ययन गरेर र सङ्‌गठनबाट पाएको तालिम स्विकारेर हामी त्यो तरबार राम्ररी चलाउन सिक्छौँ। (२ तिमो. २:१५) शत्रुबाट जोगिन यहोवाले हामीलाई यी हातहतियारको साथै अर्को कुरा पनि दिनुभएको छ। त्यो के हो?

तरबार: परमेश्‍वरको वचन बाइबल

यस लडाइँमा हामी एक्लो छैनौँ

१२. हामीलाई कसको साथ चाहिन्छ र किन?

१२ आफू एक्लैले विशाल सेनासित लडाइँ गर्न सकिँदैन भन्‍ने कुरा एक जना अनुभवी सिपाहीलाई थाह हुन्छ। तिनलाई अरू सिपाहीहरूको मदत चाहिन्छ। त्यसैगरि हामी एक्लैले सैतान र त्यसका समर्थकहरूको प्रतिरोध गर्न सक्दैनौँ। हामीलाई हाम्रा दाजुभाइ दिदीबहिनीको साथ चाहिन्छ। यहोवाले विश्‍वभरिका “सबै भाइहरूलाई” चलाएर हामीलाई मदत दिनुहुन्छ।—१ पत्रु. २:१७.

१३. हिब्रू १०:२४, २५ अनुसार सभामा उपस्थित हुँदा कस्ता फाइदाहरू हुन्छन्‌?

१३ दाजुभाइ दिदीबहिनीबाट मदत पाउने एउटा तरिका भनेको सभाहरूमा उपस्थित भएर हो। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।) बेलाबेलामा हामी निरुत्साहित हुन्छौँ तर सभाहरूले हामीलाई प्रोत्साहन दिन्छ। हाम्रा दाजुभाइ दिदीबहिनीले मनैदेखि दिएको टिप्पणीहरूबाट हामी प्रोत्साहन पाउँछौँ। बाइबलआधारित भाषणहरू र प्रदर्शनहरूले यहोवाको सेवा गर्ने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउँछ। अनि सभाअघि र पछि गरिने उत्थानदायी कुराकानीले हामीलाई प्रोत्साहन दिन्छ। (१ थिस्स. ५:१४) त्यसका साथै सभाहरूमा अरूलाई मदत गर्दा पाइने आनन्द अनुभव गर्ने मौका पनि पाउँछौँ। (प्रेषि. २०:३५; रोमी १:११, १२) हाम्रा सभाहरूले हामीलाई अरू तरिकामा पनि मदत गर्छ। सभाहरूले हामीलाई प्रभावकारी प्रचारक र शिक्षक हुन तालिम दिन्छ। उदाहरणको लागि, हामी शिक्षण सामग्रीमा भएका प्रकाशनहरू प्रभावकारी तरिकामा चलाउन सिक्छौँ। त्यसैले मण्डलीका सभाहरूको लागि राम्ररी तयारी गर्नुहोस्‌। सभामा ध्यान दिएर सुन्‍नुहोस्‌। सभामा सिकेका कुराहरू तुरुन्तै लागू गर्नुहोस्‌। यी कुराहरू गरेर तपाईँ “ख्रिष्ट येसुको सुयोग्य सिपाही” बन्‍न सक्नुहुन्छ।—२ तिमो. २:३.

१४. हाम्रो लागि अर्को कस्तो मदत उपलब्ध छ?

१४ हामीसँग लाखौँलाख शक्‍तिशाली स्वर्गदूतहरूको साथ पनि छ। एउटा घटनामा एक जना स्वर्गदूतले कति जनालाई मारेको थियो, तपाईँलाई याद छ? (यसै. ३७:३६) त्यसोभए स्वर्गदूतहरूको विशाल सेना कत्ति शक्‍तिशाली होला, सोच्नुहोस्‌ त! कुनै पनि व्यक्‍ति वा प्रेत यहोवाको शक्‍तिशाली सेनासामु टिक्न सक्दैन। एक जना वफादार साक्षीको साथमा यहोवा हुनुहुन्छ भने तिनका विरोधीहरू जति धेरै भए पनि तिनी नै बलियो साबित हुनेछन्‌। (न्याय. ६:१६) यस कुरामा कसैको दुई मत छैन। सहकर्मी, सहपाठी वा विश्‍वासमा नभएका आफन्तले भनेको वा गरेको कुराले निरुत्साहित हुँदा यो कुरा सधैँ मनमा राख्नुहोस्‌। यस लडाइँमा तपाईँ एक्लो हुनुहुन्‍न भनेर कहिल्यै नबिर्सनुहोस्‌। यहोवाले तपाईँलाई डोऱ्‍याउँदै हुनुहुन्छ।

यहोवाले हामीलाई जोगाइरहनुहुनेछ

१५. यसैया ५४:१५, १७ अनुसार यहोवाका जनहरूलाई प्रचार गर्नदेखि किन कसैले पनि रोक्न सक्दैन?

१५ सैतानको अधीनमा भएको संसारले हामीलाई घृणा गर्ने थुप्रै कारण छन्‌। हामी राजनैतिक मामिलामा तटस्थ रहन्छौँ र हातहतियार उठाउँदैनौँ। हामी परमेश्‍वरको नामको घोषणा गर्छौँ, उहाँको राज्यले मात्र शान्ति ल्याउनेछ भनेर प्रचार गर्छौँ र उहाँको धार्मिक स्तरबमोजिम चल्छौँ। संसारको शासक झूटा र हत्यारा हो भनेर हामी पर्दाफास गर्छौँ। (युह. ८:४४) अनि सैतानको यो संसार चाँडै विनाश हुनेछ भनेर हामी घोषणा गर्छौँ। तर सैतान र त्यसका समर्थकहरूले हामीलाई प्रचार गर्नदेखि कहिल्यै पनि रोक्न सक्नेछैन। हामी हरेक मौकाको सदुपयोग गर्दै यहोवाको प्रशंसा गरिरहनेछौँ। सैतान जतिसुकै शक्‍तिशाली भए पनि त्यसले राज्यको सन्देश संसारभरिका मानिसहरूकहाँ पुग्नदेखि रोक्न सकेको छैन। यहोवाले दिनुभएको सुरक्षाले गर्दा नै यो सम्भव भएको हो।—यसैया ५४:१५, १७ पढ्‌नुहोस्‌।

१६. महासङ्‌कष्टको दौडान यहोवाले आफ्ना जनहरूलाई कसरी जोगाउनुहुनेछ?

१६ अब चाँडै के हुनेछ? महासङ्‌कष्टको दौडान यहोवाले हामीलाई दुइटा अचम्मलाग्दो तरिकामा जोगाउनुहुनेछ। पहिलो, यहोवाले पृथ्वीका राजाहरूलाई चलाएर झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको विनाश गर्नुहुँदा उहाँले आफ्ना वफादार सेवकहरूलाई जोगाउनुहुनेछ। (प्रका. १७:१६-१८; १८:२, ४) दोस्रो, आरमागेडोनमा सैतानको संसारको बाँकी भागलाई नाश गर्नुहुँदा उहाँले आफ्ना जनहरूलाई जोगाउनुहुनेछ।—प्रका. ७:९, १०; १६:१४, १६.

१७. यहोवासित घनिष्ठ भइरह्‍यौँ भने कस्तो फाइदा हुन्छ?

१७ हामी यहोवासित घनिष्ठ भइरह्‍यौँ भने सैतानले हामीलाई सदाको लागि हानि पुऱ्‍याउन सक्दैन। बरु त्यो आफैचाहिँ सदाको लागि नाश हुनेछ। (रोमी १६:२०) त्यसैले सम्पूर्ण हातहतियार धारण गर्नुहोस्‌ र त्यसलाई प्रयोग गरिरहनुहोस्‌! सैतान र त्यसको संसारविरुद्ध आफू एक्लै लड्‌ने कोसिस नगर्नुहोस्‌। मण्डलीका दाजुभाइ दिदीबहिनीलाई साथ दिनुहोस्‌ र यहोवाको निर्देशन पछ्याउनुहोस्‌। त्यसो गर्नुभयो भने स्वर्गमा बस्नुहुने तपाईँको मायालु बुबाले तपाईँलाई बलियो बनाउनुहुनेछ र जोगाउनुहुनेछ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुन सक्नुहुनेछ।—यसै. ४१:१०.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हरेक हातहतियारले केलाई सङ्‌केत गर्छ? (“हातहतियार र त्यसको अर्थ” भन्‍ने पेटी हेर्नुहोस्‌।)

  • हामीले हरेक हातहतियार धारण गरेका छौँ भनेर कसरी देखाउन सक्छौँ?

  • हामीलाई जोगाउन यहोवाले अरू के-कस्तो प्रबन्ध गर्नुभएको छ?

गीत १४९ विजयगान

a यहोवाले हामीलाई बलियो बनाउनुहुनेछ र आध्यात्मिक हानिबाट मात्र नभई हामीलाई सदाको लागि हानि पुऱ्‍याउने अरू जुनसुकै कुराबाट पनि जोगाउनुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। यस लेखमा हामी निम्न प्रश्‍नहरूको जवाफ पाउनेछौँ: हामीलाई किन सुरक्षा चाहिन्छ? यहोवा हामीलाई कसरी जोगाउनुहुन्छ? अनि यहोवाले दिनुहुने मदतबाट फाइदा उठाउन हामीले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने