प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 मार्च p. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१७
  • मलाई मोबाइल फोन चाहिन्छ र?
    ब्यूँझनुहोस्‌!—२००२
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 मार्च p. ३१

पाठकहरूको प्रश्‍न

मेसेज एप्लिकेसनहरू प्रयोग गर्ने सन्दर्भमा ख्रिष्टियनहरू किन होसियार हुनुपर्छ?

केही ख्रिष्टियनहरू परिवारको सदस्य र मण्डलीका दाजुभाइ दिदीबहिनीसित सम्पर्कमा रहन आधुनिक प्रविधिहरू प्रयोग गर्छन्‌। तर परिपक्व ख्रिष्टियनहरूले बाइबलको यो सल्लाह मनमा राख्नुपर्छ: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।”—हितो. २७:१२.

यहोवा हामी सुरक्षित भएको चाहनुहुन्छ। त्यसैले हामीबीच फुट ल्याउने अथवा बहिष्कार भएको वा टेढोमेढो कुरा सिकाउने मानिसहरूसित हामी सरसङ्‌गत गर्दैनौँ। (रोमी १६:१७; १ कोरि. ५:११; २ युह. १०, ११) मण्डलीसित सङ्‌गत गर्ने कोही-कोही बाइबलको शिक्षाअनुसार नचलिरहेका हुन सक्छन्‌। (२ तिमो. २:२०, २१) त्यसैले कसैसित मित्रता गाँस्दा हामीले यो कुरा मनमा राख्नुपर्छ। तर मेसेज एप्लिकेसन चलाएर कुराकानी गर्दा असल साथीसङ्‌गत छान्‍न गाह्रो हुन सक्छ।

हामी एकैचोटि धेरै जनासित मेसेजद्वारा कुराकानी गर्ने गर्छौँ भने सङ्‌गत छान्‍ने सन्दर्भमा झनै होसियार हुनुपर्छ। धेरै जनाको ग्रुपमा सामेल हुँदा केही ख्रिष्टियनहरूले नराम्रो नतिजा भोग्नुपरेको छ। कुनै मेसेज ग्रुपमा सयौँ वा हजारौँ जना छन्‌ भने हामी किन होसियार हुनुपर्छ? ग्रुपमा भएको एक-एक जना कस्ता व्यक्‍ति हुन्‌ र तिनको आध्यात्मिक अवस्था कस्तो छ भनेर थाह पाउन असम्भव छ। भजन २६:४ यसो भन्छ: “म छली मानिसहरूसित सङ्‌गत गर्दिनँ; कपटीहरूदेखि म टाढै रहन्छु।” यस पदले आफूले राम्ररी चिनेका व्यक्‍तिहरूसित सम्पर्कमा रहन मात्र मेसेज एप्लिकेसन चलाउनु बुद्धिमानी हो भनेर देखाउँछ।

मेसेज ग्रुप सानो छ भने पनि मेसेज आदानप्रदान गर्न आफूले कति समय खर्च गरिरहेको छु र कस्तो विषयमा कुराकानी भइरहेको छ भनेर जाँच्नुपर्छ। अरूले जुनसुकै विषयमा मेसेज गरेको भए पनि हामीले त्यसको जवाफ फर्काउनुपर्छ भन्‍ने छैन वा अरूले मेसेज आदानप्रदान गर्न जति समय दिन्छ, आफूले पनि त्यति नै समय दिनुपर्छ भन्‍ने छैन। पावलले तिमोथिलाई “कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने” मानिसहरूदेखि होसियार हुन सल्लाह दिए। (१ तिमो. ५:१३) आज पनि मानिसहरू इलेक्ट्रोनिक माध्यमद्वारा अरूको कुरा काट्‌ने वा अरूको कुरामा हात हाल्ने गर्छन्‌।

कुनै पनि परिपक्व ख्रिष्टियनले सङ्‌गी दाजुभाइ दिदीबहिनीको आलोचना गर्ने वा तिनीहरूको गोप्य कुरा अरूलाई बताउने वा सुन्‍ने गर्दैनन्‌। (भज. १५:३; हितो. २०:१९) अनि तिनी सनसनीपूर्ण वा पुष्टि नभइसकेको कुरामा चासो राख्दैनन्‌। (एफि. ४:२५) हामीले jw.org वेबसाइट वा JW ब्रोडकास्टिङको मासिक कार्यक्रमद्वारा पर्याप्त आध्यात्मिक भोजन र भरपर्दा अपडेटहरू पाइरहेका छौँ।

केही साक्षीहरू कुनै सामान किनबेच गर्न वा विज्ञापन गर्न अथवा अरूलाई जागिर मिलाइदिन मेसेज एप्लिकेसनहरू प्रयोग गर्छन्‌। त्यस्तो कुराकानी आध्यात्मिक नभई व्यापार व्यवसायसित सम्बन्धित कुराकानी हो। “पैसाको प्रेमबाट मुक्‍त” हुन चाहने ख्रिष्टियनहरू दाजुभाइ दिदीबहिनीबाट कहिल्यै पनि गलत फाइदा उठाउन खोज्दैनन्‌।—हिब्रू १३:५.

खाँचोमा परेका वा प्रकोपको मारमा परेका दाजुभाइ दिदीबहिनीको लागि अनुदान सङ्‌कलन गर्न मेसेज एप्लिकेसनहरू प्रयोग गर्नेबारे चाहिँ के भन्‍न सकिन्छ? हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई माया गर्छौँ र तिनीहरूको चासो राख्छौँ। त्यसैले हामी खाँचोमा परेकाहरूलाई मदत गर्छौँ र प्रोत्साहन दिन्छौँ। (याकु. २:१५, १६) तर हामी ठूलो मेसेज ग्रुप बनाएर यसो गर्ने प्रयास गर्छौँ भने शाखा कार्यालय वा मण्डलीले मिलाएको प्रबन्धमा बाधा पुऱ्‍याइरहेका हुन्छौँ। (१ तिमो. ५:३, ४, ९, १०, १६) अनि हामीमध्ये कोही पनि परमेश्‍वरको बगाललाई विशेष तरिकामा सघाइरहेको भान पार्न चाहँदैनौँ।

हामी परमेश्‍वरको महिमा हुने काम गर्न चाहन्छौँ। (१ कोरि. १०:३१) त्यसैले कुनै मेसेज एप्लिकेसन वा अरू कुनै प्रविधि प्रयोग गर्दा हामीले त्यसबाट हुन सक्ने खतराबारे विचार गर्नुपर्छ र होसियार हुनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने