प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 डिसेम्बर pp. २८-३०
  • के तपाईँ असल सहकर्मी हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ असल सहकर्मी हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सिद्धान्त १: ‘एकअर्काको आदर गर्नुहोस्‌’
  • सिद्धान्त २: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्‌”
  • सिद्धान्त ३: “बाँडचुँड गर्न तत्पर” हुनुहोस्‌
  • तपाईँ असल सहकर्मी हुन सक्नुहुन्छ
  • अरूको भावनाप्रति चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • प्रचारकार्यमा अरूको भावनाप्रति चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • व्यावहारिकता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 डिसेम्बर pp. २८-३०

के तपाईँ असल सहकर्मी हुनुहुन्छ?

“म मुख्य कारिगरको रूपमा उहाँको छेवैमा काम गर्थेँ। . . . उहाँसामु रहन पाएकोले म सधैँ खुसीले गद्‌गद हुन्थेँ।” (हितो. ८:३०) पृथ्वीमा आउनुअघि येसुले युगौँयुग आफ्नो बुबासँगै काम गरेर बिताउनुभएको थियो। यस पदमा बुबाको सहकर्मी भएर काम गर्न पाउँदा उहाँले कस्तो महसुस गर्नुभयो भन्‍ने कुरा पनि बताइएको छ। उहाँ बुबासँगै काम गर्न पाउँदा “खुसीले गद्‌गद” हुनुहुन्थ्यो।

स्वर्ग र पृथ्वी सृष्टि गरिँदा येसु आफ्नो बुबा यहोवासँगै हुनुहुन्थ्यो।

स्वर्गमा हुनुहुँदा येसुले असल सहकर्मीमा हुनुपर्ने थुप्रै राम्रा गुणहरू विकास गर्नुभयो। त्यसैले पृथ्वीमा आउनुभएपछि उहाँ आफ्ना सहकर्मीहरूको लागि असल उदाहरण बन्‍न सक्नुभयो। त्यसोभए हामी येसुको उदाहरणबाट के सिक्न सक्छौँ? उहाँको उदाहरणलाई नजिकबाट नियाल्दा असल सहकर्मी हुन मदत दिने तीन वटा सिद्धान्त बुझ्न सक्छौँ। ती सिद्धान्तहरू लागू गर्दा हामी अरूसँग एकतामा रहन र सँगै मिलेर काम गर्न सक्छौँ।

येसु दुई जना चेलालाई साक्षीकार्यमा पठाउँदै हुनुहुन्छ।

यहोवा र येसुको अनुकरण गर्दै आफूसित भएको ज्ञान र अनुभव अरूसित बाँड्‌नुहोस्‌

सिद्धान्त १: ‘एकअर्काको आदर गर्नुहोस्‌’

एक जना असल सहकर्मीले अर्को व्यक्‍तिको कदर गर्छ र आफूलाई सबै कुरा थाह छ जस्तो देखाउँदैन। येसुले पनि नम्र मनोभाव देखाउने विषयमा यहोवाबाट सिक्नुभयो। सृष्टिकर्ता भनिन योग्यको यहोवा मात्र हुनुहुन्छ। तर येसुले सहकर्मीको रूपमा पूरा गर्नुभएको भूमिकाको यहोवाले कदर गर्नुभयो। उहाँले येसुलाई यसो भन्‍नुभयो: “आऊ, मानिसलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ।” (उत्प. १:२६) यसबाट येसुले आफ्नो बुबा कत्ति नम्र हुनुहुन्छ भन्‍ने कुरा बुझ्नुभयो।—भज. १८:३५.

एक एल्डर जवान भाइलाई मण्डलीको जिम्मेवारी सम्हाल्न तालिम दिँदै छन्‌।

येसु यस पृथ्वीमा हुनुहुँदा आफ्नो बुबाले जस्तै नम्रता देखाउनुभयो। चेलाहरूले उहाँले गर्नुभएको कामको प्रशंसा गर्दा येसुले त्यसको श्रेय यहोवालाई नै दिनुभयो। (मर्कु. १०:१७, १८; युह. ७:१५, १६) उहाँले चेलाहरूसँग मित्रैलो वातावरण कायम राख्न निकै प्रयास गर्नुभयो र तिनीहरूलाई आफ्नो दासको रूपमा नभई साथीको रूपमा हेर्नुभयो। (युह. १५:१५) एकचोटि येसुले चेलाहरूलाई नम्रताको पाठ सिकाउन तिनीहरूको खुट्टासमेत धोइदिनुभयो। (युह. १३:५, १२-१४) त्यसकारण हामीले पनि आफ्ना सहकर्मीहरूको कदर गर्नुपर्छ र आफ्नै कुरा मात्र अघि सार्न खोज्नु हुँदैन। यसरी हामीले “एकअर्काको आदर” गऱ्‍यौँ र कुनै कामको श्रेय कसले पाउने हो भन्‍ने कुरामै बढी ध्यान दिएनौँ भने अरूसँगै मिलेर थुप्रै काम पूरा गर्न सक्नेछौँ।—रोमी १२:१०.

नम्र व्यक्‍तिले “धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ” भन्‍ने कुरा बुझेको हुन्छ। (हितो. १५:२२) त्यसैले हामीसँग जति नै अनुभव र क्षमता भए पनि सबै कुरा थाह भएको मानिस कोही पनि छैन भन्‍ने कुरा बिर्सनु हुँदैन। येसुले पनि आफूलाई सबै कुरा थाह छैन भन्‍ने कुरा मानिलिनुभयो। (मत्ति २४:३६) साथै उहाँ आफ्ना चेलाहरूलाई कति कुरा थाह छ वा तिनीहरूको विचार कस्तो छ भनेर सोध्नुहुन्थ्यो। (मत्ति १६:१३-१६) येसुको यस्तो नम्र मनोभावले गर्दा चेलाहरूलाई उहाँसँग नजिक हुन सजिलो लाग्थ्यो। हामीले पनि आफ्ना सीमितताहरू स्विकाऱ्‍यौँ र अरूको राय लिने कोसिस गऱ्‍यौँ भने अरूसँग मिलेर बस्न सक्नेछौँ र “सफलता” हासिल गर्न सक्नेछौँ।

एल्डरहरूले सँगै काम गर्दा येसुको नम्रता अनुकरण गर्न सक्छन्‌। पवित्र शक्‍तिले एल्डरहरूको निकायको जो-कोहीमाथि पनि काम गर्न सक्छ भन्‍ने कुरा तिनीहरूले मनमा राख्नुपर्छ। त्यसकारण एल्डरहरूको सभा हुँदा एकअर्कालाई सजिलो हुने वातावरण बनाउन सक्छन्‌, जसले गर्दा तिनीहरू सबैले आ-आफ्नो राय खुलेर बताउन सक्छन्‌ र मण्डलीको हित हुने निर्णयहरू गर्न सक्छन्‌।

सिद्धान्त २: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्‌”

एक जना असल सहकर्मी व्यावहारिक हुन्छन्‌। तिनी आफ्नो सहकर्मीसित व्यवहार गर्दा लचकदार हुन्छन्‌ र आफ्नै कुरामा जिद्दी गर्दैनन्‌। येसु ख्रिष्टले पनि यहोवा व्यावहारिक हुनुहुन्छ भन्‍ने कुरा थुप्रै चोटि देख्नुभएको थियो। जस्तै, यहोवा व्यावहारिक हुनुभएकोले नै उहाँले मानिसजातिलाई पाप र मृत्युबाट छुटाउन येसुलाई पृथ्वीमा पठाउनुभयो।—युह. ३:१६.

आवश्‍यक पर्दा वा उपयुक्‍त हुँदा येसु लचकदार हुनुभयो। जस्तै, उहाँ इस्राएलको घरानाको लागि पठाइएको भए पनि उहाँले एक जना फोनिसियाली स्त्रीलाई मदत गर्नुभयो। (मत्ति १५:२२-२८) साथै उहाँले चेलाहरूबाट अव्यावहारिक माग गर्नुभएन। एकचोटि पत्रुसले उहाँलाई चिन्‍न इन्कार गरे। तर येसुले तिनलाई क्षमा दिनुभयो र पछि गहन जिम्मेवारीहरू पनि सुम्पनुभयो। (लुका २२:३२; युह. २१:१७; प्रेषि. २:१४; ८:१४-१७; १०:४४, ४५) येसुको उदाहरणबाट हामी लचकदार हुनुपर्छ र हाम्रो ‘व्यावहारिकता सबै मानिससामु देखिनुपर्छ’ भन्‍ने कुरा स्पष्टसित बुझ्न सक्छौँ।—फिलि. ४:५.

एक बहिनी अर्की बहिनीलाई इन्सुलेसनको काम सिकाउँदै छिन्‌।

हामी व्यावहारिक छौँ भने विभिन्‍न पृष्ठभूमिका मानिसहरूसित मिलेर काम गर्न सक्छौँ। येसु पनि आफूले सङ्‌गत गर्ने मानिसहरूसित राम्रो व्यवहार गर्नुहुन्थ्यो। त्यसैले उहाँका शत्रुहरूले समेत उहाँको डाह गरेर उहाँलाई “कर उठाउने र पापीहरूको साथी” भने। (मत्ति ११:१९) त्यसोभए के हामी पनि येसुजस्तै हुन सक्छौँ? यस विषयमा हामी भाइ लुइसको अनुभव विचार गर्न सक्छौँ। तिनले परिभ्रमण कार्यमा र बेथेलमा विभिन्‍न पृष्ठभूमिका भाइबहिनीसित काम गरे। तिनी भन्छन्‌: “विभिन्‍न पृष्ठभूमिका भाइबहिनीसित काम गर्नु भनेको विभिन्‍न आकारका ढुङ्‌गाहरू मिलाएर एउटा पर्खाल निर्माण गर्नुजस्तै हो। फरक-फरक आकारको ढुङ्‌गाले पर्खाल बनाउन सजिलो त हुँदैन। तैपनि ती ढुङ्‌गाहरूलाई त्यसको आकारअनुसार यताउता मिलाएर राख्दा एउटा सीधा पर्खाल निर्माण गर्न सकिन्छ। त्यसैले विभिन्‍न भाइबहिनीसित मिलेर काम गर्न र म आफैले पनि कुनै छाँटकाँट गर्नुपर्ने छ भने त्यसो गर्न तयार हुन्छु।” कत्ति राम्रो मनोभाव!

असल सहकर्मीले सबै कुरा आफ्नो नियन्त्रणमा लिन खोज्दैनन्‌, बरु आवश्‍यक जानकारीहरू अरूलाई दिन्छन्‌

मण्डलीका भाइबहिनीप्रति व्यावहारिक भएको देखाउने कस्ता मौकाहरू छन्‌? एउटा भनेको हामी क्षेत्र सेवा समूहको भाइबहिनीसित साक्षीकार्यमा भाग लिँदा व्यावहारिकता देखाउन सक्छौँ। जस्तै, हामीसँगै सेवा गर्ने साथीको पारिवारिक जिम्मेवारी वा उमेर हाम्रोभन्दा फरक हुन सक्छ। त्यसैले उनीहरूको अवस्थाअनुसार हामी व्यावहारिक भएर केही छाँटकाँट गर्न सक्छौँ कि? यसो गऱ्‍यौँ भने उनीहरूले साक्षीकार्यबाट भरपुर आनन्द उठाउन सक्नेछन्‌।

सिद्धान्त ३: “बाँडचुँड गर्न तत्पर” हुनुहोस्‌

एक जना असल सहकर्मी आफूसित भएको ज्ञान र अनुभव अरूसित “बाँडचुँड गर्न तत्पर” हुन्छन्‌। (१ तिमो. ६:१८) यहोवा आफूसित भएको ज्ञान आफूमा मात्र सीमित राख्नुहुन्‍न भन्‍ने कुरा येसुले देख्नुभएको थियो। जस्तै, यहोवाले ‘आकाश बनाउनुहुँदा’ येसु पनि “त्यहीँ” हुनुहुन्थ्यो र उहाँले आफ्नो बुबाबाट थुप्रै कुरा सिक्नुभयो। (हितो. ८:२७) पृथ्वीमा आउनुभएपछि येसु आफैले पनि आफ्नो बुबाबाट “सुनेको” कुरा चेलाहरूसित बाँड्‌नुभयो। (युह. १५:१५) त्यसैले एक जना असल सहकर्मीले यहोवा र येसुको अनुकरण गर्दै आफूसित भएको ज्ञान र अनुभव अरूसित बाँड्‌छन्‌। तिनी सबै कुरा आफ्नो नियन्त्रणमा लिन खोज्दैनन्‌, बरु आवश्‍यक र मदतकारी जानकारीहरू अरूलाई दिन्छन्‌।

एक एल्डर एक भाइले भाषणको अभ्यास गरिरहेको सुन्दै छन्‌। ती एल्डरको हातमा “पढ्‌ने र सिकाउने” पुस्तिका छ।

हामी आफ्ना सहकर्मीहरूको प्रयासको प्रशंसा गर्न सक्छौँ। हामीलाई पनि कसैले हाम्रो प्रयास याद गरेर त्यसको लागि मनैदेखि कृतज्ञता व्यक्‍त गर्दा खुसी लाग्छ। येसु आफ्ना चेलाहरूको असल कामको प्रशंसा गर्नुहुन्थ्यो। (मत्ति २५:१९-२३ र लुका १०:१७-२० तुलना गर्नुहोस्‌।) उहाँले तिनीहरूले अझ “ठूला कामहरू” गर्नेछन्‌ समेत भन्‍नुभयो। (युह. १४:१२) आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले चेलाहरूको प्रशंसा गर्दै यसो भन्‍नुभयो: “मेरा परीक्षाहरूमा मसितै रहने तिमीहरू नै हौ।” (लुका २२:२८) यो कुरा सुन्दा पक्कै पनि चेलाहरूको मन छोयो र तिनीहरू जोसिलो भई अघि बढे। त्यसैले हामी पनि येसुको अनुकरण गर्दै आफ्ना सहकर्मीहरूको प्रयासको प्रशंसा गर्न सक्छौँ। यसो गर्दा तिनीहरू खुसी हुनेछन्‌ र आफूले पाएको जिम्मेवारी राम्ररी पूरा गर्नेछन्‌।

तपाईँ असल सहकर्मी हुन सक्नुहुन्छ

कायोडेले यसो भने: “असल सहकर्मी भनेको कहिल्यै गल्ती नगर्ने मानिस त होइन, बरु तिनी आफूसँगै काम गर्नेहरूलाई सकेसम्म खुसी राख्न खोज्छन्‌ र तिनीहरूको बोझ कम गरिदिने प्रयास गर्छन्‌।” त्यसोभए तपाईँ कस्तो किसिमको सहकर्मी हुनुहुन्छ? यो कुरा बुझ्न हामी आफूसँगै काम गर्ने भाइबहिनीलाई ‘म कस्तो सहकर्मी हुँ?’ भनेर सोध्न सक्छौँ। येसुका चेलाहरूले उहाँसँग काम गर्न रमाइलो मानेको जस्तै हाम्रा सहकर्मीहरू पनि हामीसँग काम गर्न रमाइलो मान्छन्‌ भने प्रेषित पावलले जस्तै यसो भन्‍न सक्छौँ: “हामी . . . तिमीहरूको आनन्दको निम्ति सहकर्मीहरू हौँ।”—२ कोरि. १:२४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने