प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 No. १ p. ३
  • घृणामाथि विजय सम्भव छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणामाथि विजय सम्भव छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणाको जरा सदाका लागि उखेलिनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणाको चपेटामा परेकाहरू जताततै छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 No. १ p. ३
चित्रहरूको सँगालो: एक पुरुष विभिन्‍न तरिकामा घृणाको सिकार हुनुपरेको कुरा सम्झेर दुःखी छन्‌। १. हातमा मोबाइल बोकेकी महिला तिनलाई होच्याउँछिन्‌। २. अर्की महिला तिनलाई हेप्छिन्‌। ३. समाचारपत्र पढिरहेका पुरुष तिनलाई हप्काउँछन्‌। ४. रिपोर्टर टिभीमा समाचार पढ्‌छन्‌।

घृणामाथि विजय सम्भव छ!

के तपाईँ घृणाको सिकार हुनुभएको छ?

छैन भने अरू कसैले कुनै तरिकामा घृणा सहनुपरेको चाहिँ देख्नुभएको होला। फरक देश, वर्ण, लिङ्‌ग अनि जातको भएकोले वा समलिङ्‌गी भएकोले मानिसहरू दुर्व्यवहारको सिकार हुनुपरेको समाचार जताततै सुनिन्छ। त्यसैले विभिन्‍न देशका सरकारहरूले यस्तो दुर्व्यवहार गर्नेहरूलाई सजाय दिन विभिन्‍न नियमकानुन बनाइरहेका छन्‌।

घृणाले घृणा जन्माउँछ। जसले घृणा सहनुपरेको हुन्छ, तिनीहरूको मन पनि अक्सर घृणाले नै भरिन्छ र तिनीहरू बदला लिन तम्सिन्छन्‌। यसरी एक समूहले अर्को समूहलाई घृणा गर्ने चक्र चलिरहन्छ।

सायद तपाईँले पूर्वाग्रह, भेदभाव, गिल्ला, अपमान र धम्की खेप्नुपरेको छ। तर घृणाले निम्त्याउने नतिजा अझ भयावह हुन्छ। यसले गर्दा प्रायः हिंसा मच्चिन्छ। मानिसहरू दादागिरी, सार्वजनिक सम्पत्तिको तोडफोड, कुटपिट, बलात्कार अथवा हत्या गर्न पनि पछि पर्दैनन्‌। तिनीहरू जातीय संहार गर्न समेत तम्सिन्छन्‌।

यस पत्रिकाले निम्न प्रश्‍नको जवाफ दिनेछ अनि घृणामाथि कसरी विजयी हुन सकिन्छ भनेर बताउनेछ:

  • संसारमा घृणा किन व्याप्त छ?

  • घृणा फैलिन नदिन के गर्न सक्छौँ?

  • घृणाको नामोनिसानै नरहने समय कहिल्यै आउँला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने