प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 No. १ pp. ४-५
  • संसारमा घृणा किन व्याप्त छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारमा घृणा किन व्याप्त छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घृणा भनेको के हो?
  • घृणाको बिउ कसरी रोपिन्छ?
  • घृणा कसरी फैलिँदै जान्छ?
  • बाइबलमा घृणाको जडबारे बताइएको छ
  • घृणामाथि विजय सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणाको जरा सदाका लागि उखेलिनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • किन यति धेरै घृणा?
    ब्यूँझनुहोस्‌!—१९९७
  • यत्ति धेरै घृणा किन?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 No. १ pp. ४-५

संसारमा घृणा किन व्याप्त छ?

संसारमा एक समूहले अर्को समूहलाई घृणा गर्ने प्रवृत्ति किन व्याप्त छ? त्यसको कारण थाह पाउन हामीले घृणा भनेको के हो, घृणाको बिउ कसरी रोपिन्छ अनि त्यो कसरी फैलिँदै जान्छ, त्यसबारे बुझ्नुपर्छ।

घृणा भनेको के हो?

घृणा भनेको कसैले कुनै व्यक्‍ति वा समूहलाई फिटिक्कै मन नपराउने भावना हो र त्यस्तो भावना उक्‍त व्यक्‍तिको मनमा जरा गडेर बसेको हुन्छ।

घृणाको बिउ कसरी रोपिन्छ?

मानिसहरूको मनमा घृणा पलाउनुको विभिन्‍न कारण हुन्छ। तिनीहरू अक्सर कसैले गरेको कामको आधारमा नभई त्यो व्यक्‍ति कुन समूह वा जातिको हो, त्यसको आधारमा घृणा गर्ने गर्छन्‌। तिनीहरू आफूले घृणा गर्ने व्यक्‍ति वा समूहलाई दुष्ट ठान्‍न सक्छन्‌, उनीहरूको नियत खराब छ भनेर सोच्न सक्छन्‌ अनि उनीहरू कहिल्यै परिवर्तन हुन सक्दैनन्‌ भन्ठान्छन्‌। तिनीहरू त्यस्ता मानिसहरूलाई तुच्छ ठान्छन्‌ अनि समाजको लागि खतराको रूपमा हेर्छन्‌ वा उनीहरूले गर्दा समस्या निम्तिन्छ भन्ठान्छन्‌। विगतमा हिंसा, अन्याय वा अन्य दुःखद परिस्थिति झेल्नुपरेकोले तिनीहरूको मनमा घृणाले जरा गाडेको हुन सक्छ।

घृणा कसरी फैलिँदै जान्छ?

मानिसहरू आफूले कहिल्यै नभेटेका मानिसहरूलाई समेत घृणा गर्न पुग्छन्‌। जस्तै: कुनै व्यक्‍तिले परिवार, साथीभाइ अनि आफूले आदर गर्ने व्यक्‍तिको पक्षपातपूर्ण दृष्टिकोण अनजानमै अपनाउन सक्छन्‌। यसरी तिनको मनमा पनि उक्‍त समूहप्रति घृणाको बिउ रोपिन्छ। बिस्तारै तिनको समूहका सबैले उक्‍त समूहका मानिसहरूप्रति त्यस्तै दृष्टिकोण राख्न थाल्छन्‌। यसरी घृणा फैलिँदै जान्छ।

हो, घृणा फैलिन कत्ति बेर पनि लाग्दैन। त्यसैले त घृणाले यत्ति धेरै मानिसमा पकड जमाएको छ। तर संसारमा व्याप्त घृणालाई जरैदेखि उखेल्न हामीले यसको सुरुवातबारे बुझ्नुपर्छ। त्यसबारे बाइबलमा बताइएको छ।

बाइबलमा घृणाको जडबारे बताइएको छ

दुइटा वाण चिन्हले बनेको चक्रले घृणालाई मलजल गर्ने तत्त्वहरूलाई सङ्‌केत गरिरहेको छ। १. ठूलाबडाको विचार, सामाजिक सञ्जाल र समाचारबाट आउने गलत जानकारी। २. अरूको संस्कृति, जात र धर्मको अज्ञानता। ३. परिवर्तन, नोक्सानी र परिणामको डर। ४. पूर्वाग्रह, पक्षपात र हिंसाको कारण हुने घृणा।

घृणाको सुरुवात मानिसजातिबाट भएको थिएन। बरु घृणाको सुरुवात एक जना स्वर्गदूतबाट भएको थियो। बाइबलमा त्यसलाई सैतान अनि दियाबल भन्‍ने नाम दिइएको छ। त्यसले ईश्‍वरको विद्रोह गऱ्‍यो। त्यो “सुरुदेखि नै हत्यारा थियो” भनी बाइबल बताउँछ। साथै बाइबल यसो पनि भन्छ: “त्यो झूटा हो र झूटको बुबा हो।” (युहन्‍ना ८:४४; १ युहन्‍ना ३:११, १२) सैतानले गर्दा नै आज संसारमा घृणा र हिंसा मच्चिरहेको छ। त्यो दुष्ट, रिसाहा अनि हिंस्रक छ भनी बाइबल बताउँछ।—अय्युब २:७; प्रकाश १२:९, १२, १७.

जन्मजातै पापी भएकोले मानिसहरूमा घृणा गर्ने झुकाव हुन्छ। प्रथम पुरुष आदमले सैतानकै गलत मार्ग पछ्याए। नतिजास्वरूप सबै मानिस पापी भए। (रोमी ५:१२) आदमको जेठो छोरा कयिनले हाबिललाई घृणा गरे र तिनको हत्या गरे। (१ युहन्‍ना ३:१२) हुनत हो, मानिसहरू माया र कृपा देखाउने गर्छन्‌। तर जन्मजातै पापी भएकोले धेरैमा भने स्वार्थी, डाही र घमन्डी झुकाव हुन्छ। यस्ता दुर्गुणहरूले नै घृणालाई मलजल गर्छ।—२ तिमोथि ३:१-५.

मानिसहरू सहनशील हुन नसक्दा घृणा मौलाउँछ। अहिलेको संसारले क्रूरता र हानिकारक मनोभाव अनि आनीबानीलाई निकै बढवा दिन्छ। यसले गर्दा घृणा मौलाइरहेको छ। “सारा संसार त्यस दुष्टको [अर्थात्‌ सैतानको] हातमा परेको छ।” (१ युहन्‍ना ५:१९) त्यसैले अहिले भेदभाव, पूर्वाग्रह, सार्वजनिक सम्पत्तिको तोडफोड, अपमान अनि दादागिरी निकै बढ्‌दै छ।

तर बाइबलले घृणाको सुरुवातबारे मात्र होइन, त्यसको समाधानबारे पनि बताउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने