प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 No. १ pp. ६-७
  • १ | सबैसित समान व्यवहार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ | सबैसित समान व्यवहार गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको शिक्षा:
  • यसको अर्थ के हो?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • तीतस—“तिमीहरूतर्फका सह-कर्मी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • ३ | घृणालाई जरैदेखि उखेल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • यहोवा “पक्षपाती हुनुहुन्‍न”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 No. १ pp. ६-७
एक जना कालो जातिका पुरुषले मुस्कुराइरहेका गोरा जातिका पुरुषको फोटो समाइरहेका छन्‌। एक जना गोरा जातिका पुरुषले मुस्कुराइरहेका कालो जातिका पुरुषको फोटो समाइरहेका छन्‌। पछाडि रिसाएका मानिसहरूको फोटोहरू छन्‌।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

१ | सबैसित समान व्यवहार गर्नुहोस्‌

बाइबलको शिक्षा:

“परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.

यसको अर्थ के हो?

यहोवाa हाम्रो राष्ट्र, जात, वर्ण वा संस्कृति हेरेर हामी कस्तो व्यक्‍ति हौँ भन्‍ने निष्कर्ष निकाल्नुहुन्‍न। बरु उहाँ हाम्रो भित्री व्यक्‍तित्व हेर्नुहुन्छ। वास्तवमा “मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।”—१ समुएल १६:७.

तपाईँ के गर्न सक्नुहुन्छ?

हुनत हामी यहोवाले जस्तै मानिसहरूको हृदय पढ्‌न सक्दैनौँ तर उहाँको अनुकरण गर्न र सबैसित समान व्यवहार गर्न भने सक्छौँ। त्यसैले हामीले मानिसहरूलाई समूहको रूपमा होइन बरु व्यक्‍तिविशेषको रूपमा हेर्नुपर्छ। कहिलेकाहीँ कुनै राष्ट्र वा जातको व्यक्‍तिप्रति हाम्रो मनमा नकारात्मक भावना भएको याद गऱ्‍यौँ भने त्यस्तो भावना हटाउन यहोवालाई प्रार्थना गर्न सक्छौँ अनि उहाँले त्यस्तो भावना जरैदेखि उखेल्न मदत गर्नुहुन्छ। (भजन १३९:२३, २४) सबैसित समान व्यवहार गर्न सकूँ भनेर यहोवासित बल माग्दा उहाँले अवश्‍य हाम्रो प्रार्थना सुन्‍नुहुनेछ अनि हामीलाई मदत गर्नुहुनेछ।—१ पत्रुस ३:१२.

a यहोवा साँचो ईश्‍वरको नाम हो।—भजन ८३:१८.

“मैले कहिल्यै गोरा जातिको मानिससित शान्तपूर्वक कुरा समेत गरेको थिइनँ . . .। तर अहिले भने म यहोवाका साक्षीहरूको विश्‍वव्यापी परिवारको भाग बनेको थिएँ।”—टाइटस

अनुभव—टाइटस

तिनले घृणामाथि विजय हासिल गरे

टाइटस।

टाइटस एक हिंस्रक ग्याङको सदस्य थिए। त्यो ग्याङ सरकारले काला जातिलाई दमन गर्ने नियम बनाएकोले रुष्ट थियो। तिनी भन्छन्‌: “हामी काला जातिलाई निषेध गरिएका ठाउँहरूमा, जस्तै: होटेल र बारमा जन्थ्यौँ अनि भाँडभैलो मच्चाउँथ्यौँ।” तिनी आफ्नो मन घृणाले भरिएको कुरा स्विकार्छन्‌। तिनी अझै यसो भन्छन्‌: “कसैसित झगडा पर्दा कुटपिट गर्न सुरिने मै हुन्थेँ। पुरुष होस्‌ वा स्त्री, म कसैलाई छोड्‌दिनथेँ।”

यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै जाँदा टाइटसको सोचाइ परिवर्तन हुन थाल्यो। बाइबलले तिनमा गहिरो प्रभाव पाऱ्‍यो। विशेषगरि बाइबलले भविष्यबारे गरेको यस प्रतिज्ञाले तिनको मन छोयो: “मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:३, ४.

सुरुमा तिनलाई मनबाट घृणा जरैदेखि उखेलेर फाल्न निकै गाह्रो भयो। तिनी भन्छन्‌: “आफ्नो सोचाइ र व्यवहार परिवर्तन गर्न मैले निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो।” प्रेषित १०:३४, ३५ मा यहोवा पक्षपाती हुनुहुन्‍न भनेर बताइएको कुराले तिनलाई सबैसित समान व्यवहार गर्न निकै मदत गऱ्‍यो।

टाइटस भन्छन्‌: “जुनसुकै जात वा वर्णको भए पनि यहोवाका साक्षीहरूले एकअर्कालाई प्रेम गरेको मैले याद गरेँ। त्यसैले यो नै साँचो धर्म हो भन्‍ने कुरामा म विश्‍वस्त भएँ। मैले बप्तिस्मा नगर्दैको कुरा हो, एक जना गोरो जातिका भाइले मलाई उहाँको घरमा खाना खान बोलाउनुभयो। त्यस्तो त मैले सपनामा पनि चिताएको थिइनँ। यसअघि मैले कहिल्यै गोरा जातिको मानिससित शान्तपूर्वक कुरा समेत गरेको थिइनँ, खाना खाने त परै जाओस्‌। तर अहिले भने म यहोवाका साक्षीहरूको विश्‍वव्यापी परिवारको भाग बनेको थिएँ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने