प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 जून p. २९
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “साँच्चिनै प्रभुको पुनरुत्थान भएछ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
  • येशू जीवित हुनुहुन्छ!
    सबैभन्दा महान्‌ पुरुष
  • परमेश्‍वर आफ्नो छोरालाई सम्झनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 जून p. २९

के तपाईँलाई थाह थियो?

येसुलाई जस्तै खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिइएकाहरूलाई के रोमीहरूले सर्वसाधारणलाई जस्तै अन्त्येष्टि गर्न दिन्थे?

येसुका चेलाहरू उहाँको शवलाई खम्बाबाट झारेर कपडाले बेर्दै छन्‌।

येसुलाई दुई जना अपराधीको बीचमा खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिइएको विवरण धेरैजसोलाई थाह छ। (मत्ति २७:३५-३८) तर येसुको शवलाई अन्त्येष्टिको लागि तयारी गरेर चिहानमा राखिएको विवरणमाथि भने केही मानिसले प्रश्‍न उठाएका छन्‌।—मर्कु. १५:४२-४६.

सुसमाचारको किताबका केही आलोचकले यसरी मृत्युदण्ड दिइएका अपराधीहरूलाई उचित तरिकामा अन्त्येष्टि गर्न दिइन्थ्यो भन्‍ने कुरामा शङ्‌का गरेका छन्‌। केहीले यस्तो धारणा राख्नुको कारणबारे एरियल सबार भन्‍ने पत्रकारले स्मिथसोनियन पत्रिकामा यस्तो लेखे: “समाजका कुख्यात अपराधीहरूलाई क्रसमा झुन्ड्याएर मारिन्थ्यो। केही विज्ञअनुसार रोमीहरूले त्यस्ता व्यक्‍तिहरूको अन्त्येष्टि सम्मानजनक तरिकामा गर्न अनुमति दिन्थे भन्‍ने कुरा हाँस्यास्पद छ।” रोमीहरू मृत्युदण्डको सजाय पाएका अपराधीहरूले अपमानजनक मृत्यु भोगेको चाहन्थे। त्यसैले तिनीहरूको लास जङ्‌गली जनावरले खाओस्‌ भनेर अक्सर खम्बामै छोडिन्थ्यो। त्यसपछि लासको बाँकी अंशलाई साझा चिहानमा फालिन्थ्यो।

तर पुरातत्त्वविद्‌हरूले मृत्युदण्ड दिइएका केही यहुदीको अवशेषबाट फरक कुरा पत्ता लगाएका छन्‌। सन्‌ १९६८ मा प्रथम शताब्दीमा मृत्युदण्ड दिइएको एक जना मानिसको अस्थिपञ्जर फेला पऱ्‍यो। त्यो अस्थिपञ्जर यरुसलेमनजिकै एउटा यहुदी परिवारको चिहानमा भेटिएको थियो। त्यो अस्थिपञ्जर अस्थिबाकसमा राखिएको थियो र त्यसमा कुर्कुच्चोको हड्डी पनि थियो। त्यो हड्डी ११.५ सेन्टिमिटर लामो किल्लाले काठमा ठोकिएको थियो। सबार भन्छन्‌: “त्यो कुर्कुच्चोको हड्डी यहोखनान नाम गरेका व्यक्‍तिको थियो। त्यस हड्डीले सुसमाचारको किताबमा उल्लिखित येसुको अन्त्येष्टिसित सम्बन्धित विवरण कत्तिको सही छ भनेर लामो समयदेखि चल्दै आएको विवादलाई समाधान गर्न मदत गऱ्‍यो। येसुको समयमा क्रसमा झुन्ड्याएर मारिएका कसै-कसैलाई रोमीहरूले यहुदी परम्पराअनुसार अन्त्येष्टि गर्न दिन्थे भनेर यहोखनानको कुर्कुच्चोको हड्डीबाट प्रमाणित हुन्छ।”

त्यस कुर्कुच्चोको हड्डीको आधारमा येसुलाई खम्बामा कसरी झुन्ड्याइएको थियो भन्‍ने विषयमा मानिसहरूले फरक-फरक धारणा राखेका छन्‌। तर त्यस हड्डीबाट एउटा कुरा भने स्पष्ट हुन्छ, मृत्युदण्ड पाएका केही अपराधीको उचित तरिकामा अन्त्येष्टि गरियो र तिनीहरूको लास बेवारिसे तरिकामा साझा चिहानमा फालिएन। त्यसैले येसुको अन्त्येष्टिसम्बन्धी बाइबल विवरण सही छ भन्‍न सक्छौँ। बाइबलमा बताइएको कुरालाई अहिले फेला परेको यस प्रमाणले समर्थन गर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले येसुको शव धनी मानिसको चिहानमा राखिनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो र उहाँको यो वचन पूरा हुनदेखि कुनै मानिसले रोक्न सक्दैन।—यसै. ५३:९; ५५:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने