प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जुलाई p. ३०-p. ३१ par. २
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाको महिमा उहाँका जनहरूमा चम्कन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यरूशलेम—“महाराजाको शहर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “थोरै चाहिं हजार” भएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जुलाई p. ३०-p. ३१ par. २
मानिसहरू प्रमोदवनमा रमाउँदै छन्‌। प्रतीकात्मक नयाँ यरुसलेम सहरबाट नदी बगिरहेको छ। नदीको दुवै किनारामा हराभरा रूखहरू छन्‌।

पाठकहरूको प्रश्‍न

यसैया ६०:१ मा बताइएकी “स्त्री” को हुन्‌ अनि तिनी ‘उठ्‌छिन्‌’ र ‘ज्योति चम्काउँछिन्‌’ भन्‍नुको अर्थ के हो?

यसैया ६०:१ यसो भन्छ: “ए स्त्री, उठ! ज्योति चम्काऊ, तिम्रो ज्योति आइसकेको छ। यहोवाको महिमा तिमीमाथि चम्केको छ।” प्रसङ्‌गअनुसार ती “स्त्री” सियोन अर्थात्‌ यरुसलेम हुन्‌, जुन त्यतिबेलाको यहुदाको राजधानी थियो।a (यसै. ६०:१४; ६२:१, २) यरुसलेम सहरले पूरै इस्राएल राष्ट्रलाई बुझाउँछ। यसैयाका यी शब्दहरू पढेपछि दुइटा प्रश्‍न खडा हुन्छन्‌। पहिलो, यरुसलेम कहिले र कसरी ‘उठ्यो’ अनि आध्यात्मिक ज्योति चम्कायो? दोस्रो, के यसैयाका यी शब्दहरू अहिले हाम्रो समयमा अझ ठूलो अर्थमा पूरा भइरहेको छ?

यरुसलेम कहिले र कसरी ‘उठ्यो’ अनि आध्यात्मिक ज्योति चम्कायो? यहुदीहरू ७० वर्षसम्म बेबिलोनको निर्वासनमा छँदा यरुसलेम र त्यहाँको मन्दिर भताभुङ्‌ग अवस्थामा थियो। तर मादी र फारसीहरूले बेबिलोनलाई हराएपछि बेबिलोनी साम्राज्यमा भएका इस्राएलीहरू आफ्नो मातृभूमि फर्कन र साँचो उपासना पुनर्स्थापना गर्न स्वतन्त्र भए। (एज्रा १:१-४) ईसापूर्व ५३७ मा इस्राएलको बाह्रै कुलका केही यहुदीहरू आफ्नो मातृभूमि फर्के। (यसै. ६०:४) तिनीहरूले यहोवाको निम्ति बलिदान चढाउन, चाडपर्वहरू मनाउन र मन्दिर पुनर्निर्माण गर्न थाले। (एज्रा ३:१-४, ७-११; ६:१६-२२) यसरी यरुसलेममाथि अर्थात्‌ परमेश्‍वरका जनहरूमाथि उहाँको महिमा फेरि चम्कन थाल्यो। अनि तिनीहरूले आध्यात्मिक अन्धकारमा रहेका मानिसहरूमाथि परमेश्‍वरको ज्योति चम्काउन थाले।

तर यसैयाले त्यतिबेला यरुसलेमबारे गरेका भविष्यवाणीहरू आंशिक रूपमा मात्र पूरा भए। धेरैजसो इस्राएलीले यहोवाको आज्ञा पालन गरिरहेनन्‌। (नहे. १३:२७; मला. १:६-८; २:१३, १४; मत्ति १५:७-९) पछि तिनीहरूले मसीह अर्थात्‌ येसु ख्रिष्टलाई समेत तिरस्कार गरे। (मत्ति २७:१, २) इस्वी संवत्‌ ७० मा यरुसलेम र त्यहाँको मन्दिर दोस्रो चोटि ध्वस्त भयो।

यस्तो विनाश हुनेछ भनेर यहोवाले भविष्यवाणी गरिसक्नुभएको थियो। (दानि. ९:२४-२७) त्यसैले यसैया अध्याय ६० मा पुनर्स्थापनासम्बन्धी गरिएका भविष्यवाणीहरूको एक-एक कुरा यरुसलेम सहरमा नै पूरा गर्नु यहोवाको उद्देश्‍य थिएन भनेर स्पष्ट हुन्छ।

के यसैयाका यी शब्दहरू अहिले हाम्रो समयमा अझ ठूलो अर्थमा पूरा भइरहेको छ? छ तर अर्कै प्रतीकात्मक स्त्रीको सन्दर्भमा, जसलाई “माथिको यरुसलेम” भनिएको छ। उनीबारे प्रेषित पावलले लेखे: “उनी हाम्री आमा हुन्‌।” (गला. ४:२६) माथिको यरुसलेम भनेको यहोवाको सङ्‌गठनको स्वर्गमा रहेको भाग हो, जुन वफादार स्वर्गदूतहरू मिलेर बनेको छ। ती स्त्रीका छोराछोरीमा येसु र १ लाख ४४ हजार अभिषिक्‍त जनहरू पर्छन्‌। उनीहरूलाई “पवित्र जाति” अर्थात्‌ “परमेश्‍वरको इस्राएल” भनिएको छ। यस समूहमा प्रेषित पावल पनि पर्छन्‌, जसले स्वर्गमा जाने आशा राखेका थिए।—१ पत्रु. २:९; गला. ६:१६.

माथिको यरुसलेम कसरी ‘उठिन्‌’ र ‘ज्योति चम्काइन्‌?’ उनले पृथ्वीमा रहेका अभिषिक्‍त छोराछोरीमार्फत यसो गरिन्‌। उनीहरूले भोगेको अवस्था र यसैया अध्याय ६० मा भविष्यवाणी गरिएका कुराहरूबीच कस्ता समानता छन्‌, हेरौँ।

अभिषिक्‍त जनहरू ‘उठ्‌नुपऱ्‍यो’ किनभने प्रेषितहरूको मृत्युपछि धर्मत्याग फैलिँदा तिनीहरू आध्यात्मिक अन्धकारमा थिए। (मत्ति १३:३७-४३) यसरी तिनीहरू झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको दासत्वमा परे। ती अभिषिक्‍त जनहरू “यस युगको आखिरी समय”-सम्म दासत्वमा रहिरहे, जुन समयावधि १९१४ देखि सुरु भयो। (मत्ति १३:३९, ४०) त्यसको लगत्तै १९१९ मा तिनीहरू महान्‌ बेबिलोनबाट स्वतन्त्र भए र तुरुन्तै साक्षीकार्यमा पूरापूर भाग लिएर आध्यात्मिक ज्योति चम्काउन थाले।b त्यस समयदेखि यता हरेक राष्ट्रका मानिसहरू त्यस ज्योतितर्फ आएका छन्‌। यसमा परमेश्‍वरको इस्राएलका बाँकी अभिषिक्‍त जनहरू पनि पर्छन्‌, जसलाई यसैया ६०:३ मा “राजाहरू” भनिएको छ।—प्रका. ५:९, १०.

भविष्यमा अभिषिक्‍त जनहरूले यहोवाको ज्योति अझ धेरै चम्काउनेछन्‌। कसरी? पृथ्वीमा तिनीहरूको जीवन अन्त भएपछि तिनीहरू “नयाँ यरुसलेम”-को भाग बन्‍नेछन्‌। तिनीहरूलाई ख्रिष्टकी दुलही पनि भनिएको छ, जसमा १ लाख ४४ हजार राजा र पुजारी छन्‌।—प्रका. १४:१; २१:१, २, २४; २२:३-५.

नयाँ यरुसलेमले यसैया ६०:१ को पूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। (यसैया ६०:१, ३, ५, ११, १९, २० सित प्रकाश २१:२, ९-११, २२-२६ तुलना गर्नुहोस्‌।) पुरातन इस्राएलको केन्द्र यरुसलेम सहर भएझैँ नयाँ संसारको केन्द्र नयाँ यरुसलेम हुनेछ। नयाँ यरुसलेम र ख्रिष्टले सँगै मिलेर शासन गर्नुहुनेछ। नयाँ यरुसलेम स्वर्गबाट अर्थात्‌ ‘परमेश्‍वरकहाँबाट तल झर्नुले’ केलाई बुझाउँछ? यसले नयाँ यरुसलेमले पृथ्वीतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुलाई बुझाउँछ। “जातिजातिका मानिसहरू त्यसको ज्योतिमा हिँड्‌नेछन्‌।” तिनीहरू पाप र मृत्युबाट समेत मुक्‍त हुनेछन्‌। (प्रका. २१:३, ४, २४) त्यसपछि यसैया र अरू भविष्यवक्‍ताहरूले भविष्यवाणी गरेझैँ ‘सबै कुरा पुनर्स्थापित हुनेछ।’ (प्रेषि. ३:२१) ख्रिष्ट राजा बन्‍नुहुँदा पुनर्स्थापनाको काम सुरु भयो र उहाँको हजार वर्षीय शासनको अन्तमा त्यो काम पूरा हुनेछ।

a नयाँ संसार अनुवाद-ले यसैया ६०:१ मा सियोन वा यरुसलेमको सट्टा “स्त्री” शब्द प्रयोग गरेको छ। किनभने “उठ” र “ज्योति चम्काऊ” भन्‍ने अर्थ बुझाउने हिब्रू क्रियाहरूमा स्त्रीलिङ्‌ग प्रयोग गरिएको छ।

b सन्‌ १९१९ मा भएको साँचो उपासनाको पुनर्स्थापनाबारे इजकिएल ३७:१-१४ र प्रकाश ११:७-१२ मा पनि बताइएको छ। सबै अभिषिक्‍त जनहरू लामो समयसम्म झूटो धर्मको दासत्वमा परेपछि मुक्‍त हुनेछन्‌ र साँचो उपासना पुनर्स्थापित हुनेछ भनेर इजकिएलले भविष्यवाणी गरेका थिए। प्रकाशको किताबमा गरिएको भविष्यवाणीले नेतृत्व लिइरहेका अभिषिक्‍त भाइहरूको सानो समूह परमेश्‍वरको सेवामा फेरि सक्रिय हुने कुरालाई बुझाउँछ। किनकि तिनीहरू झूटो अभियोगमा थुनिएपछि थोरै समयको लागि निष्क्रिय भएका थिए। सन्‌ १९१९ मा तिनीहरूलाई “विश्‍वासी र बुद्धिमान्‌ दास”-को रूपमा नियुक्‍त गरियो।—मत्ति २४:४५; यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!, पृ. ११८ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने