प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 अगस्त p. ७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्नुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • के तपाईँको सल्लाहले “हृदयलाई प्रसन्‍न बनाउँछ”?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • “जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ . . . तिनीहरूको आदर गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 अगस्त p. ७

पाठकहरूको प्रश्‍न

दोस्रो थिस्सलोनिकी ३:१४ मा “त्यस्तालाई चिनिराख” भनिएको छ। यो कसले गर्ने काम हो? एल्डरहरूको निकायले कि प्रत्येक ख्रिष्टियन आफैले?

प्रेषित पावलले थिस्सलोनिका मण्डलीका भाइबहिनीलाई यस्तो लेखे: “यदि कसैले यस पत्रमा भएको हाम्रो वचन पालन गर्दैन भने त्यस्तालाई चिनिराख।” (२ थिस्स. ३:१४) पहिला-पहिला हामीले यो निर्देशन एल्डरहरूलाई दिइएको हो भनेर बुझेका थियौँ। यदि कसैले बारम्बार सल्लाह दिँदा पनि बाइबलका सिद्धान्तहरू बेवास्ता गरिरहन्छन्‌ भने एल्डरहरूले भाइबहिनीलाई सचेत गराउन एउटा चेतावनीमूलक भाषण दिने निर्णय गर्न सक्थे। त्यसपछि प्रकाशकहरूले तिनीसित सङ्‌गत गर्न छोड्‌थे।

तर हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखिएको छ। पावलले “त्यस्तालाई चिनिराख” भनेर सल्लाह दिँदा प्रत्येक ख्रिष्टियन आफैले गर्नुपर्ने कामबारे बताइरहेका थिए। त्यसैले एल्डरहरूले मण्डलीमा चेतावनीमूलक भाषण दिनु आवश्‍यक छैन। यस्तो छाँटकाँट गर्नु किन आवश्‍यक भयो? आउनुहोस्‌, पावलले दिएको सल्लाहको प्रसङ्‌ग विचार गरौँ।

पावलले थिस्सलोनिका मण्डलीका कोही-कोही “बेकाइदासित चलिरहेको” कुरा बताए। तिनीहरूले परमेश्‍वरले दिनुभएको सल्लाह बेवास्ता गरिरहेका थिए। पावलले थिस्सलोनिकाका भाइबहिनीलाई अघिल्लो पटक भेट्‌दा यस्तो आदेश दिएका थिए: “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्‌।” तर कोही-कोही काम गर्न सक्ने अवस्थामा हुँदा पनि काम नगरीकन बसिरहेका थिए। साथै तिनीहरू आफूसित सरोकार नभएका कुराहरूमा हात हाल्दै हिँडिरहेका थिए। यसरी ‘बेकाइदासित चलिरहेकाहरूसित’ भाइबहिनीले कस्तो व्यवहार गर्नुपर्थ्यो?​—२ थिस्स. ३:६, १०-१२.

पावलले “त्यस्तालाई चिनिराख” भने। यहाँ प्रयोग गरिएको ग्रीक शब्दले त्यस्तो व्यक्‍तिदेखि सतर्क रहनु भन्‍ने अर्थ दिन्छ। पावलले यो निर्देशन एल्डरहरूलाई मात्र होइन, पूरै मण्डलीलाई दिइरहेका थिए। (२ थिस्स. १:१; ३:६) त्यसैले मण्डलीमा कोही “बेकाइदासित चलिरहेको” याद गरेका ख्रिष्टियनले उक्‍त व्यक्‍तिसित सङ्‌गत गर्न छोड्‌ने निर्णय गर्न सक्थे।

के यसको मतलब त्यस्ता व्यक्‍तिसित मण्डलीबाट हटाइएका व्यक्‍तिसित जस्तै व्यवहार गर्नुपर्थ्यो भन्‍ने हो? अहँ, होइन। किनभने पावलले अझै यसो भने: “उसलाई . . . आफ्नो भाइ ठानेर निरन्तर सम्झाइबुझाइ गरिरहो।” त्यसैले भाइबहिनीहरूले त्यस्तो व्यक्‍तिसित सभामा र साक्षीकार्यमा सँगै भाग लिन सक्थे तर तिनीसित सामाजिक जमघट वा मनोरञ्जनमा भने भाग नलिने छनौट गर्न सक्थे। यसो गर्दा “बेकाइदासित चलिरहेको” त्यो व्यक्‍ति आफ्नो काम सम्झेर लज्जित हुन सक्थे र सही बाटोमा फर्कन सक्थे।​—२ थिस्स. ३:१४, १५.

आज हामी पावलको यो सल्लाह कसरी लागू गर्न सक्छौँ? सबैभन्दा पहिला, हामीले ‘बेकाइदासित चल्नु’ भनेको के हो, त्यो राम्ररी बुझ्नुपर्छ। पावलले आफ्नो अन्तस्करणको आधारमा वा व्यक्‍तिगत रुचिको कारण हाम्रो भन्दा फरक निर्णय गर्ने व्यक्‍तिहरूबारे बताइरहेका थिएनन्‌। अनि तिनले हाम्रो चित्त दुखाउने व्यक्‍तिहरूबारे पनि भनिरहेका थिएनन्‌। बरु तिनले परमेश्‍वरको वचनबाट सल्लाह दिइँदा पनि त्यसअनुसार नचल्नेहरूबारे बताइरहेका थिए।

कसैले त्यस्तो अनाज्ञाकारी मनोभावa देखाएको याद गऱ्‍यौँ भने हामी तिनीसित सामाजिक जमघटमा वा मनोरञ्जनमा भाग नलिने निर्णय गर्न सक्छौँ। यो नितान्त व्यक्‍तिगत निर्णय हो। त्यसैले हामी यसबारे आफ्नो घरपरिवारबाहेक अरूसित कुरा गर्नेछैनौँ। हामी तिनीसित सभामा वा साक्षीकार्यमा सँगै भाग लिइरहनेछौँ। तिनले आफ्नो मार्ग सच्याएपछि भने हामी तिनीसँग पहिलाजस्तै सङ्‌गत गर्न थाल्नेछौँ।

a उदाहरणको लागि: काम गर्न सक्ने अवस्थामा भए पनि काम नगरीकन बस्ने, गैर-साक्षीसित डेटिङ गर्ने, मण्डलीमा फुट गराउने वा अरूको कुरा ओसार्ने। (१ कोरि. ७:३९; २ कोरि. ६:१४; २ थिस्स. ३:११, १२; १ तिमो. ५:१३) यस्ता काम गर्न नछोड्‌नेहरू ‘बेकाइदासित चल्नेहरू’ हुन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने