युद्ध र हिंसा भइरहनुको कारण के हो?
बाइबलले युद्ध र हिंसा हुनुको कारण के हो र किन यस्ता दुःखद घटनाहरूको अन्त भएको छैन भनेर बताउँछ।
पाप
ईश्वरले हाम्रो पहिलो आमाबुबा आदम र हव्वालाई आफ्नै स्वरूपमा बनाउनुभयो। (उत्पत्ति १:२७) त्यसकारण तिनीहरूले शान्ति र प्रेमजस्ता ईश्वरिय गुणहरू झल्काउन सक्थे। (१ कोरिन्थी १४:३३; १ युहन्ना ४:८) तर आदम र हव्वाले ईश्वरको आज्ञा उल्लङ्घन गरे र पापी भए। तिनीहरूको सन्तान भएकोले हामी पनि पापी भयौँ र तिनीहरूजस्तै हामी पनि एक दिन मर्छौँ। (रोमी ५:१२) पापी झुकाव भएकोले हामीमा हानिकारक विचारहरू आउँछन् र हामी त्यस्तै कामहरू गर्न पुग्छौँ।—उत्पत्ति ६:५; मर्कुस ७:२१, २२.
मानव सरकार
ईश्वरले मानिसलाई एकअर्कामाथि शासन गर्न सक्नेगरि बनाउनुभएको होइन। बाइबल भन्छ: “आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।” (यर्मिया १०:२३) त्यसैले मानव सरकारले कहिल्यै युद्ध र हिंसालाई पूर्णतया हटाउन सक्दैनन्।
सैतान र त्यसका प्रेतहरू
बाइबलले बताएअनुसार “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ युहन्ना ५:१९) “त्यस दुष्ट”-लाई सैतान अर्थात् दियाबल भनिन्छ र त्यो क्रूर हत्यारा हो। (युहन्ना ८:४४) संसारमा भइरहेको युद्ध अनि हिंसाको पछाडि सैतान र त्यसका प्रेतहरूको हात छ। त्यसले मानिसहरूलाई खराब काम गर्न उक्साउँछ।—प्रकाश १२:९, १२.
हामीले युद्ध र हिंसालाई जरैदेखि हटाउन सक्दैनौँ तर ईश्वरले भने सक्नुहुन्छ।