के तपाईँले कहिल्यै सोच्नुभएको छ?
सबै जना शान्ति चाहन्छन् भने युद्ध किन गर्छन्?
हिंसाले भरिएको संसारमा के साँचो शान्ति पाउन सम्भव छ?
के हामीले कहिल्यै युद्ध नहुने समय देख्न पाउनेछौँ?
यसबारे बाइबलले दिने जवाफहरूले तपाईँलाई अचम्ममा पार्नुका साथै सान्त्वना पनि दिनेछ।
यस महत्त्वपूर्ण विषयबारे बाइबलमा के बताइएको छ, तपाईँ आफैले जाँचेर हेर्नुभए कसो होला? प्रहरीधरहरा-को यस अङ्कमा त्यसबारे थप कुरा बुझ्नुहोस्।