अध्ययनका लागि सुझाव
ऐनालाई सही तरिकामा प्रयोग गर्नुहोस्
चेला याकुबले बाइबललाई ऐनासित तुलना गरे। यसले हामीलाई आफ्नो भित्री व्यक्तित्व हेर्न मदत गर्छ। (याकु. १:२२-२५) हामी कसरी यो ऐनालाई सही तरिकामा प्रयोग गर्न सक्छौँ?
ध्यान दिएर पढ्नुहोस्। ऐना झुलुक्क मात्र हेऱ्यौँ भने अरूले सजिलै याद गर्ने खोट आफूले चाहिँ नदेख्न सक्छौँ। त्यसैगरि परमेश्वरको वचन सरसरती मात्र पढ्यौँ भने आफ्नो भित्री व्यक्तित्वको सच्याउनुपर्ने कुरा नदेख्न सक्छौँ। त्यसैले बाइबल ध्यान दिएर पढ्नुपर्छ।
अरूले होइन, आफूले सच्याउनुपर्ने कुरामा ध्यान दिनुहोस्। ऐना हेर्दा कहिलेकाहीँ हामी आफूलाई मात्र होइन, अरूलाई पनि देख्न सक्छौँ। त्यसैले हाम्रो ध्यान अरूले सच्याउनुपर्ने कुरातर्फ जान सक्छ। त्यसैगरि बाइबल पढ्दा कहिलेकाहीँ हामी अर्को व्यक्तिले सच्याउनुपर्ने कुरामा बढी ध्यान दिन सक्छौँ। तर त्यसो गर्दा आफूले सच्याउनुपर्ने कुरा भने यादै नहुन सक्छ।
व्यावहारिक हुनुहोस्। ऐना हेर्दा आफ्नो खोटमा मात्र ध्यान दियौँ भने हामी निराश हुन सक्छौँ। त्यसैगरि परमेश्वरको वचन पढ्दा आफूले सच्याउनुपर्ने कुरा देखिन सक्छ। तर आफूबाट यहोवाले भन्दा बढ्ता माग गर्न थाल्यौँ भने हामी निराश हुनेछौँ।—याकु. ३:१७.