प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख १०३
  • के म एकैचोटि धेरै काम गर्न खोज्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के म एकैचोटि धेरै काम गर्न खोज्छु?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ एकैचोटि धेरै काम गर्न सक्नुहुन्छ?
  • एकैचोटि धेरै काम गर्न सकिन्छ भन्‍ने गलत धारणा
  • सही तरिका
  • तपाईँको सोचाइलाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • प्रविधिको उचित प्रयोग कसरी गर्ने?
    परिवारका लागि
  • म कसरी ध्यान दिन सक्छु?
    युवाहरू सोध्छन्‌
  • असल साथी कसरी बनाउने?
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख १०३
एक किशोरले एकैचोटि धेरै काम गरिरहेको छ। ऊ आफ्नो साथीसित भिडियो च्याट गरिरहेको छ, किताब पढिरहेको छ र इन्टरनेटमा केही सर्च गरिरहेको छ।

युवाहरू सोध्छन्‌

के म एकैचोटि धेरै काम गर्न खोज्छु?

  • के तपाईँ एकैचोटि धेरै काम गर्न सक्नुहुन्छ?

  • एकैचोटि धेरै काम गर्न सकिन्छ भन्‍ने गलत धारणा

  • सही तरिका

  • तपाईँका साथीहरू के भन्छन्‌?

के तपाईँ एकैचोटि धेरै काम गर्न सक्नुहुन्छ?

के तपाईँ एकैचोटि धेरै काम गर्न खोज्नुहुन्छ? धेरै मानिसको विचारमा वयस्क भइसकेपछि मात्र प्रविधि चलाउन सिकेकाहरूले भन्दा सानैदेखि प्रविधि चलाउन सिकेकाहरूले अझ राम्ररी एकैचोटि धेरै काम सक्छन्‌। तर के यो कुरा साँच्चै सही हो?

सही वा गलत?

  • एकैचोटि धेरै काम गर्दा समयको बचत हुन्छ

  • अभ्यास गर्दै जाँदा तपाईँले एकैचोटि अझ धेरै काम गर्न सक्नुहुनेछ

  • जवानहरूले वृद्धहरूले भन्दा अझ राम्ररी एकैचोटि धेरै काम गर्न सक्छन्‌

यदि तपाईँ माथिका भनाइहरूमा “सही” भनेर जवाफ दिनुहुन्छ भने सायद तपाईँलाई पनि एकैचोटि धेरै काम गर्न सकिन्छ भन्‍ने गलत धारणाले असर गरिरहेको हुन सक्छ।

एकैचोटि धेरै काम गर्न सकिन्छ भन्‍ने गलत धारणा

के तपाईँलाई दुइटा काम एकैचोटि गर्न सक्छु जस्तो लाग्छ? यदि तीमध्ये एउटा काम त्यति ध्यान नदिए पनि गर्न सकिने किसिमको हो भने सायद गर्न सक्नुहुन्छ होला। उदाहरणको लागि, तपाईँ गीत सुन्दै कोठा सफा गर्नुहुन्छ भने पनि सायद तपाईँ राम्रोसँग सफा गर्न सक्नुहुन्छ।

तर तपाईँले उत्तिकै ध्यान दिनुपर्ने दुइटा काम एकैचोटि गर्न खोज्नुभयो भने दुइटै काम बिग्रन सक्छ। सायद त्यसैले होला, क्याथरिन नाम गरेकी एक युवतीले एकैचोटि धेरै काम गर्नुलाई “एकैचोटि धेरै काम बिगार्न सक्ने क्षमता” भनिन्‌।

“म कसैसित कुरा गर्दै थिएँ। त्यति नै बेला फोनमा तुरुन्तै रिप्लाइ गर्नुपर्ने मेसेज आयो। दुइटै काम एकैचोटि गर्न खोज्दा मैले कुरा गरिरहेको व्यक्‍तिले के भनिरहेको छ भनेर पूरै बुझ्न सकिनँ अनि मेसेजमा लेखेको लगभग सबै शब्दको हिज्जे पनि गलत भयो।”—केलब।

प्रविधि विशेषज्ञ सेरी टर्केल यस्तो लेख्छिन्‌: “हामीलाई एकैचोटि धेरै काम गरिरहेको जस्तो लागे तापनि . . . काममाथि काम थप्दै जाँदा हाम्रो कार्य क्षमता घट्‌दै जान्छ। एकैचोटि धेरै काम गर्दा हाम्रो मस्तिष्कले छिटोछिटो काम गर्छ र हामीलाई आफू सक्रिय भएको महसुस हुन्छ। हामीलाई आफूले गरिरहेको काम राम्रो हुँदै गइरहेको जस्तो लाग्छ तर वास्तवमा हाम्रो काम झन्‌ बिग्रिरहेको हुन्छ।” a

“एक जना व्यक्‍तिलाई मेसेज गर्दै अर्को व्यक्‍तिसित कुराकानी गर्नु मेरो लागि मामुली कुरा हो जस्तो लाग्थ्यो तर वास्तवमा मैले मेसेजमा लेख्न खोजेको कुरा मुखबाट निस्कन्थ्यो अनि अगाडिको व्यक्‍तिलाई भन्‍न खोजेको कुराचाहिँ मेसेजमा लेखिरहेकी हुन्थेँ।”—तामारा।

एकैचोटि धेरै काम गर्न खोज्नेहरूले आफ्नो जीवन आफैले गाह्रो बनाइरहेका हुन्छन्‌। उदाहरणको लागि, तिनीहरूलाई होमवर्क सिध्याउन लामो समय लाग्न सक्छ अथवा कुनै काम सकिएको जस्तो लागे पनि त्यो काम फेरि दोहोऱ्‍याएर गर्नुपर्ने हुन सक्छ। जेहोस्‌, यसरी एकैचोटि धेरै काम गर्न खोज्ने मानिसहरूसित आफूले चाहेको काम गर्ने फुर्सदै हुँदैन।

मनोचिकित्सक र स्कुल सल्लाहकार थोमस कर्स्टिङ यसो भन्छन्‌: “हाम्रो मस्तिष्क अत्यावश्‍यक फाइलहरू राम्रोसँग मिलाएर राखिएको क्याबिनेटजस्तै हो। तर एकैचोटि धेरै काम गर्न खोज्ने मानिसहरूको मस्तिष्क भने फाइलहरू लथालिङ्‌ग पारेर राखिएको क्याबिनेटजस्तै हुन्छ।” b

“एकैचोटि धेरै काम गर्न खोज्नुभयो भने महत्त्वपूर्ण कुराहरू छुट्‌न सक्छ। तपाईँको काम झनै बढिरहेको हुन्छ र समय बचेको जस्तो लागे पनि वास्तवमा तपाईँको समय खेर गइरहेको हुन्छ।”—टेरेसा।

दोबाटोमा एक युवक आफ्नो कारभित्र। कार दुई फ्याक भएको छ र फरक-फरक बाटोतर्फ जान खोज्दै छ।

एकैचोटि धेरै काम गर्न खोज्नु भनेको एकैचोटि दुइटा सडकमा गाडी चलाउन खोज्नुजस्तै हो

सही तरिका

  • एकचोटिमा एउटा मात्र काममा ध्यान दिन आफैलाई तालिम दिनुहोस्‌। उदाहरणको लागि, तपाईँ पढ्‌दै साथीलाई मेसेज पनि गर्नुहुन्छ भने एउटै कुरामा ध्यान दिन गाह्रो हुन सक्छ। बाइबलले हामीलाई ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्न’ प्रोत्साहन दिन्छ। (फिलिप्पी १:१०) सबै काम उत्तिकै महत्त्वपूर्ण हुँदैन। त्यसैले पहिला गर्नुपर्ने काम छुट्ट्याउनुहोस्‌ अनि त्यो काम नसकुन्जेल त्यसमै ध्यान दिनुहोस्‌।

    “एकचोटिमा एउटा कुरामा मात्र ध्यान दिन नसक्ने दिमाग सानो बच्चाजस्तै हो। यसले जे चाहन्छ, त्यो गर्न दिनु नै सजिलो जस्तो लागे पनि कतिपय अवस्थामा भने कडासित ‘हुँदैन’ नै भन्‍नुपर्ने हुन्छ।”—मारिया।

  • अलमल्याउने कुराहरूलाई पन्छाउनुहोस्‌। के तपाईँलाई पढ्‌ने बेला घरीघरी फोन चेक गर्न मन लाग्छ? त्यसो हो भने फोनलाई अर्को कोठामा राख्नुहोस्‌। टिभी बन्द गर्नुहोस्‌ अनि सामाजिक सञ्जालबारे त सोच्दै नसोच्नुहोस्‌। बाइबल भन्छ: ‘समयको पूर्ण सदुपयोग गर।’—कलस्सी ४:५.

    “एकचोटिमा एउटा काममा मात्र ध्यान दिनु बेस हो भनेर मैले बुझेकी छु। गर्नुपर्ने कामहरूको सूचीबाट आफूले गरिसकेको कामलाई हटाएर अर्को काम सुरु गर्न पाउँदा मलाई धेरै खुसी लाग्छ र सन्तुष्ट महसुस गर्छु।”—आन्या।

  • कसैसित कुरा गर्दा तिनको कुरामा ध्यान दिनुहोस्‌। कसैसित कुरा गर्दा घरीघरी फोन चलाउनु राम्रो बानी होइन र यसो गर्दा कुराकानीमा बाधा पुग्न सक्छ। बाइबलले अरूले हामीलाई जस्तो व्यवहार गरेको चाहन्छौँ, तिनीहरूलाई पनि त्यसै गर्न सल्लाह दिन्छ।—मत्ति ७:१२.

    “कहिलेकाहीँ बहिनीसित कुरा गर्दा ऊ कसैलाई मेसेज गरिरहेकी हुन्छे वा फोनमा अरू नै केही हेरिरहेकी हुन्छे। यो देख्दा मेरो त पारो तात्तेर आउँछ! तर इमानदार भएर भन्‍नुपर्दा म आफै पनि कहिलेकाहीँ त्यसो गर्छु।”—डेभिड।

तपाईँका साथीहरू के भन्छन्‌?

जेभन।

“कुनै काम एकदमै ध्यान दिएर गर्नुपर्ने किसिमको छ भने म फोन साइलेन्ट मोडमा राख्छु र त्यस काममा मात्र ध्यान दिन्छु। यसो गर्दा मैले काम छिट्टै र अझ राम्रोसँग पूरा गर्न सकेको छु।”—जेभन।

कियारा।

“हुनत एकचोटिमा एउटा मात्र काम गर्न गाह्रो हुन सक्छ। तर आफूले गरिरहेको काममै ध्यान दिनुभयो भने काम राम्रोसँग पूरा गर्न सक्नुहुन्छ। एकैचोटि धेरै काम गरेर काम बिगार्नुभन्दा एकचोटिमा एउटा काम राम्रोसँग पूरा गर्नु नै बेस हो।”—कियारा।

पुनरावृत्ति: के म एकैचोटि धेरै काम गर्न खोज्छु?

  • तपाईँले उत्तिकै ध्यान दिनुपर्ने दुइटा काम एकैचोटि गर्न खोज्नुभयो भने दुइटै काम बिग्रन सक्छ।

  • एकैचोटि धेरै काम गर्न खोज्नेहरूले आफ्नो जीवन आफैले गाह्रो बनाइरहेका हुन्छन्‌।

  • राम्रो नतिजाको लागि एकचोटिमा एउटा मात्र काममा ध्यान दिने प्रयास गर्नुहोस्‌।

  • कसैसित कुरा गर्दा अरू पनि काम गर्न खोज्नु राम्रो बानी होइन र यसो गर्दा कुराकानीमा बाधा पुग्न सक्छ।

  • एकचोटिमा एउटा मात्र काम गर्नुहोस्‌; अलमल्याउने कुराहरूलाई पन्छाउनुहोस्‌।

a रिक्लेमिङ कन्भर्सेसन भन्‍ने किताबबाट लिइएको।

b डिस्कनेक्टेड भन्‍ने किताबबाट लिइएको।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने