panitan/stock.adobe.com
येसुले गरिबी नामेट पार्नुहुनेछ
पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरूलाई अपार प्रेम देखाउनुभयो। विशेषगरि उहाँले गरिब र दुःखमा परेकाहरूलाई प्रेम गर्नुहुन्थ्यो। (मत्ति ९:३६) उहाँले मानिसहरूको खातिर आफ्नो ज्यान समेत अर्पण गर्नुभयो। (मत्ति २०:२८; युहन्ना १५:१३) चाँडै उहाँले परमेश्वरको राज्यको राजाको रूपमा आफ्नो अख्तियार र शक्ति प्रयोग गर्दै पृथ्वीभरिको गरिबी हटाउनुहुनेछ।
बाइबलमा येसुले भविष्यमा गर्नुहुने कुराबारे बताइएको छ:
“तिनले दीनदुःखीको रक्षा गरून्, गरिबका सन्तानलाई बचाऊन् अनि धोकेबाजहरूलाई चकनाचुर पारून्।”—भजन ७२:४.
येसुले हाम्रो लागि गर्नुभएको त्याग र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ? एउटा तरिका भनेको येसुले प्रचार गर्नुभएको “परमेश्वरको राज्यको सुसमाचार”-बारे अझ धेरै सिकेर हो। (लुका ४:४३) त्यसबारे बुझ्न “परमेश्वरको राज्य के हो?” भन्ने लेख हेर्नुहोस्।