प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwfq लेख १०
  • तपाईंहरूको संस्थापक को हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंहरूको संस्थापक को हो?
  • यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले आफ्ना जनहरूलाई जम्मा गर्नुहुन्छ र तिनीहरूलाई कामका लागि निपुण बनाउनुहुन्छ
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
  • स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • यहोवाका साक्षीहरू—क्रियाशील विश्‍वास, भाग १: अन्धकारबाट मुक्‍त
    हाम्रो राज्य सेवा—२०१२
  • रसलका लेखहरूको मूल्यांकन गर्ने दुई जना पादरीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
ijwfq लेख १०
येशू आफ्ना चेलाहरूलाई सिकाउँदै

तपाईंहरूको संस्थापक को हो?

यहोवाका साक्षीहरूको सङ्‌गठनको आधुनिक इतिहास १९औं शताब्दीको अन्ततिर सुरु भएको थियो। त्यतिबेला अमेरिकास्थित पेन्सिलभेनियाको पिट्‌सबर्ग भन्‍ने ठाउँमा बस्ने बाइबल विद्यार्थीहरूको एउटा सानो समूहले व्यवस्थित तरिकाले बाइबलको अनुसन्धान गर्न थाल्यो। चर्चले दिने शिक्षा र बाइबलमा लेखिएको कुरा मेल खान्छ कि खाँदैन भनेर तिनीहरूले तुलना गरेर हेरे। तिनीहरूले आफूले सिकेका कुराहरू किताब, अखबार अनि एउटा पत्रिकामा प्रकाशित गर्न थाले। त्यस पत्रिकालाई अहिले हामी प्रहरीधरहरा—यहोवाको राज्यको घोषणा गर्छ भन्‍ने नामले चिन्छौं।

इमानदार बाइबल विद्यार्थीहरूको त्यो समूहमा चार्ल्स टेज रसल नामका विद्यार्थी पनि थिए। हुन त हो, रसलले नै बाइबलको शैक्षिक कार्यको नेतृत्व लिएका थिए अनि तिनी प्रहरीधरहरा-को पहिलो सम्पादक पनि थिए, तर तिनी नयाँ धर्मका संस्थापक भने थिएनन्‌। रसल र अरू बाइबल विद्यार्थीहरूको त्यतिबेला एउटै मात्र लक्ष्य थियो—येशू ख्रीष्टको शिक्षालाई विस्तार गर्नु र प्रथम शताब्दीको ख्रीष्टियन मण्डलीको पाइला पछ्याउनु। ख्रीष्टियन धर्मको संस्थापक येशू ख्रीष्ट हुनुभएकोले हामी आफ्नो सङ्‌गठनको संस्थापक पनि येशू ख्रीष्टलाई नै मान्छौं।—कलस्सी १:१८-२०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने