प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article ५३
  • मरेपछि हामीलाई के हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरेपछि हामीलाई के हुन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • मानिसहरू मरेपछि स्वर्ग जान्छन्‌?
    मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
  • मान्छे मरेपछि कहाँ जान्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • मानिस मरेपछि कहाँ जान्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • भाग ४
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article ५३

मरेपछि हामीलाई के हुन्छ?

बाइबलको जवाफ

बाइबलमा यस्तो लेखिएको छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन।” (उपदेशक ९:५; भजन १४६:४) त्यसैले मरेपछि हाम्रो अस्तित्व मेटिन्छ। मरेकाहरूले सोच्न, केही गर्न वा महसुस गर्न सक्दैनन्‌।

“माटैमा फर्किजानेछस्‌”

मरेपछि के हुन्छ भन्‍ने कुरा ईश्‍वरले पहिलो मानिस आदमलाई बताउनुभयो। आदम अनाज्ञाकारी भएपछि ईश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) ईश्‍वरले आदमलाई ‘भूमिको माटोबाट बनाउनुअघि” तिनको कुनै अस्तित्व थिएन। (उत्पत्ति २:७) मरेपछि आदम माटैमा फर्के र तिनको अस्तित्व पनि मेटियो।

मरेपछि हाम्रो अवस्था पनि त्यस्तै हुन्छ। मानिस र जनावर दुवैको सन्दर्भमा बाइबल यसो भन्छ: “किनभने सबै माटैले बनिएका हुन्‌, औ सबै माटैमा मिल्नेछन्‌।”—उपदेशक ३:१९, २०.

मृत्यु सबै कुराको अन्त होइन

बाइबलमा मृत्युलाई निद्रासँग पनि तुलना गरिएको छ। (भजन १३:३; यूहन्‍ना ११:११-१४; प्रेषित ७:६०) गहिरो निद्रामा परेको मानिसलाई आफू वरिपरि के भइरहेको छ भनेर थाह हुँदैन। त्यसैगरि मरिसकेकाहरूलाई पनि केही थाह हुँदैन। कोही मानिसलाई निद्राबाट ब्यूँझाएजस्तै ईश्‍वरले मरिसकेकाहरूलाई ब्यूँताउनुहुनेछ; उनीहरूलाई फेरि जीवन दिनुहुनेछ। (अय्यूब १४:१३-१५) ईश्‍वरले पुनर्जीवित बनाउनुभएका मानिसहरूको लागि मृत्यु नै सबै कुराको अन्त होइन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने