प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article ५२
  • जीवनको उद्देश्‍य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको उद्देश्‍य के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • कुन कुराले जीवनको साँचो अर्थ दिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • जीवनमा अर्थपूर्ण उद्देश्‍यको पछि लाग्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article ५२

जीवनको उद्देश्‍य के हो?

बाइबलको जवाफ

जीवनको उद्देश्‍य के हो भन्‍ने प्रश्‍नलाई यसरी पनि सोध्न सकिन्छ, हामी किन यहाँ छौं? वा के जीवनको कुनै अर्थ छ? हाम्रो जीवनको उद्देश्‍य ईश्‍वरसँग मित्रता गाँस्नु हो भनी बाइबल बताउँछ। यस विषयसँग सम्बन्धित बाइबलका केही आधारभूत शिक्षाहरू विचार गर्नुहोस्‌।

  • ईश्‍वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। बाइबल भन्छ: “उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं।”—भजन १००:३; प्रकाश ४:११.

  • ईश्‍वरले मानिस लगायत सबै थोक उद्देश्‍यसहित सृष्टि गर्नुभएको छ।—यशैया ४५:१८.

  • ईश्‍वरले हामीलाई उहाँको “मार्गनिर्देशनको खाँचो महसुस” हुने गरी सृष्टि गर्नुभयो। जसमा जीवनको उद्देश्‍य थाह पाउने इच्छा समावेश छ। (मत्ती ५:३) जीवनको उद्देश्‍य थाह पाउने हाम्रो इच्छा पूरा भएको उहाँ चाहनुहुन्छ।—भजन १४५:१६.

  • त्यो खाँचो पूरा गर्नको लागि ईश्‍वरको मित्र बन्‍नु आवश्‍यक छ। कसै-कसैलाई ईश्‍वरको मित्र बन्‍ने कुरा कल्पना गर्न समेत गाह्रो लाग्न सक्छ। तर बाइबल हामीलाई यसरी बताउँछ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकूब ४:८; २:२३.

  • ईश्‍वरको मित्र बन्‍नको लागि हामीले उहाँको इच्छाबमोजिम जीवन बिताउनुपर्छ। बाइबलको उपदेशक १२:१३ मा ईश्‍वरले हामीबाट चाहनुभएको कुरा यसरी बताइएको छ: “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”

  • ईश्‍वरले सुरुमा हाम्रो लागि राख्नुभएको उद्देश्‍यअनुसारै भविष्यमा हामीले जीवन बिताउन पाउनेछौं। त्यतिखेर ईश्‍वरले हाम्रो दुःखकष्ट नामेट पारिदिनुहुनेछ। अनि उहाँको मित्र बनेकाहरू र उहाँलाई उपासना गर्नेहरू सधैंभरि बाँच्न पाउनेछन्‌।—भजन ३७:१०, ११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने