प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article ८३
  • के ईश्‍वरलाई कसैले देखेको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ईश्‍वरलाई कसैले देखेको छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • अहिले कसरी ईश्‍वरलाई “देख्न” सक्छौं
  • के मोशा, अब्राहाम अनि अरू थुप्रैले ईश्‍वरलाई साँच्चै देखेका थिए?
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “हामी दृष्टिले होइन तर विश्‍वासले हिंड़छौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूत
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article ८३
स्वर्गतर्फ हेरिरहेका मानिस

के ईश्‍वरलाई कसैले देखेको छ?

बाइबलको जवाफ

ईश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन। (प्रस्थान ३३:२०; यूहन्‍ना १:१८; १ यूहन्‍ना ४:१२) ईश्‍वर मानिसले देख्न नसक्ने “अदृश्‍य व्यक्‍ति” वा आत्मिक व्यक्‍ति हुनुहुन्छ भनेर बाइबलमा बताइएको छ।—यूहन्‍ना ४:२४; १ तिमोथी १:१७.

स्वर्गदूतहरू पनि आत्मिक प्राणी भएकोले तिनीहरूले ईश्‍वरलाई देख्न सक्छन्‌। (मत्ती १८:१०) साथै कुनै-कुनै मानिसले मृत्युपछि स्वर्गमा आत्मिक शरीर धारण गर्नेछन्‌ त्यसपछि तिनीहरूले पनि ईश्‍वरलाई देख्न सक्नेछन्‌।—फिलिप्पी ३:२०, २१; १ यूहन्‍ना ३:२.

अहिले कसरी ईश्‍वरलाई “देख्न” सक्छौं

कुनै विषयको समझ वा ज्ञान प्राप्त गर्ने कुरालाई बुझाउन बाइबलमा अक्सर देख्नु भन्‍ने शब्द चलाइएको छ। (यशैया ६:१०; यर्मिया ५:२१; यूहन्‍ना ९:३९-४१) यस अर्थमा मानिसले ईश्‍वरलाई चिनेर र उहाँको गुणहरूबारे थाह पाएर उहाँमाथिको विश्‍वास बढाउन सक्छ र आफ्नो “मनको आँखा”-ले ईश्‍वरलाई देख्न सक्छ। (एफिसी १:१८) बाइबलमा यस्तो विश्‍वास बढाउने तरिकाबारे बताइएको छ।

  • ईश्‍वरले सृष्टि गर्नुभएका कुराहरूबाट प्रेम, उदारता, बुद्धि र शक्‍ति जस्ता उहाँका गुणहरूबारे सिक्नुहोस्‌। (रोमी १:२०) सृष्टिका कामहरूबारे ईश्‍वरले अय्यूबलाई बताइसक्नुभएपछि तिनले ईश्‍वरलाई आफ्नै आँखाले देखेझैं महसुस गरे।—अय्यूब ४२:५.

  • बाइबल पढेर ईश्‍वरलाई चिन्‍ने प्रयास गर्नुहोस्‌। “उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ,” भनी बाइबल बताउँछ।—१ इतिहास २८:९; भजन ११९:२; यूहन्‍ना १७:३.

  • येशूको जीवनी पढेर ईश्‍वरबारे सिक्नुहोस्‌। येशूले सधैं आफ्नो बुबा यहोवाको अनुकरण गर्नुभयो। त्यसैले येशूले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।”—यूहन्‍ना १४:९.

  • ईश्‍वरलाई खुसी बनाउने तरिकामा जीवन बिताउनुहोस्‌। यसो गर्दा उहाँले तपाईंलाई कस्ता आशिष्‌ दिनुहुनेछ भनी थाह पाउन सक्नुहुनेछ। येशूले यसो भन्‍नुभयो, “आनन्दित हुन्‌ ती मानिसहरू, जसको मन चोखो छ, किनकि तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌।” अघि चर्चा गरिएझैं ईश्‍वरलाई खुसी बनाउने कुनै-कुनै मानिस स्वर्गमा पुनर्जीवित हुनेछन्‌ र तिनीहरूले त्यहाँ “परमेश्‍वरलाई देख्नेछन्‌।”—मत्ती ५:८; भजन ११:७.

के मोशा, अब्राहाम अनि अरू थुप्रैले ईश्‍वरलाई साँच्चै देखेका थिए?

बाइबलको कुनै-कुनै विवरण पढ्‌दा मानिसहरूले ईश्‍वरलाई साँच्चै देखेका थिए जस्तो लाग्न सक्छ। तर ती विवरणहरूको सन्दर्भ हर्ने हो भने वास्तवमा ईश्‍वर स्वर्गदूत वा दर्शनको माध्यमबाट मानिसहरू समक्ष प्रकट हुनुभएको कुरा थाह पाउन सक्छौं।

स्वर्गदूत।

पुरातन समयमा ईश्‍वरले स्वर्गदूतहरूलाई प्रतिनिधिको रूपमा पठाएर मानिसहरूसामु देखा पर्ने अनि उहाँको तर्फबाट बोल्न लगाउने गर्नुहुन्थ्यो। (भजन १०३:२०) उदाहरणको लागि, ईश्‍वरले एक पटक बलिरहेको पोथ्राबाट मोशासँग कुरा गर्नुभयो। बाइबल भन्छ: “मोशाले आफ्नो मुख ढाके, किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।” (प्रस्थान ३:४, ६) तर मोशाले ईश्‍वरलाई साँच्चै देखेका थिएनन्‌। यस विवरणको सन्दर्भलाई केलाउने हो भने मोशाले वास्तवमा “परमप्रभुका दूत”-लाई देखेका थिए।—प्रस्थान ३:२.

त्यसैगरि, बाइबलमा ईश्‍वरले मोशासँग “आमने सामने बात गर्नुहुन्थ्यो” भनी बताइएको छ। यो कुराले ईश्‍वरले मोशासँग घनिष्ठ साथीसँग कुरा गरे जस्तै खुलेर कुरा गर्नुहुन्थ्यो भनी बुझाउँछ। (प्रस्थान ४:१०, ११; ३३:११) मोशाले ईश्‍वरलाई साँच्चै देखेका थिएनन्‌। बरु उनले ईश्‍वरले दिन खोज्नुभएको जानकारी “स्वर्गदूतहरूमार्फत्‌” पाएका थिए। (गलाती ३:१९; प्रेषित ७:५३) तैपनि ईश्‍वरप्रतिको मोशाको विश्‍वास यति बलियो थियो कि, बाइबलमा उनले ‘अदृश्‍य परमेश्‍वरलाई देखे’ भनी बताइएको छ।—हिब्रू ११:२७.

मोशासँग कुरा गरे जस्तै गरी ईश्‍वरले अब्राहामसँग पनि स्वर्गदूतहरूमार्फत कुरा गर्नुभयो। हुन त बाइबल सरसर्ती पढ्‌दा अब्राहामले ईश्‍वरलाई साँच्चै देखे जस्तो लाग्न सक्छ। (उत्पत्ति १८:१, ३३) तर अब्राहामलाई भेट्‌न आएका “तीन जना मानिसहरू” वास्तवमा ईश्‍वरले नै पठाउनुभएका स्वर्गदूतहरू थिए। अब्राहामलाई उनीहरू ईश्‍वरका प्रतिनिधि हुन्‌ भनेर थाह थियो। त्यसैले ती स्वर्गदूतहरूसँग कुरा गर्दा यहोवासँग जस्तै गरी कुरा गरे।—उत्पत्ति १८:२, ३, २२, ३२; १९:१.

दर्शनहरू।

ईश्‍वरले मानिसहरूलाई दर्शन वा कुनै दृश्‍य देखाएर पनि उनीहरूसामु देखा पर्नुभयो। उदाहरणको लागि, बाइबलमा मोशा र अन्य इस्राएलीहरूले ‘ईश्‍वरलाई देखे’ भनी बताइएको छ। तर वास्तवमा उनीहरूले परमेश्‍वरलाई दर्शनमा देखेका थिए। (प्रस्थान २४:९-११) त्यसैगरि, बाइबलमा कहिलेकाहीं भविष्यवक्‍ताहरूले ‘परमप्रभुलाई देखे’ भनी बताइएको छ। (यशैया ६:१; दानियल ७:९; आमोस ९:१) ती सबै घटनाहरूको सन्दर्भ विचार गर्ने हो भने ईश्‍वर उनीहरूसामु प्रत्यक्ष देखा पर्नुभएको थिएन। बरु उहाँले ती भविष्यवक्‍ताहरूलाई दर्शन देखाउनुभयो भन्‍ने कुरा थाह पाउन सक्छौं।—यशैया १:१; दानियल ७:२; आमोस १:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने