प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 No. ३ pp. १४-१५
  • स्वर्गदूत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्गदूत
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरू को हुन्‌?
  • प्राचीन समयमा स्वर्गदूतहरू के गर्थे?
  • अहिले स्वर्गदूतहरू के गर्दै छन्‌?
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरूबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 No. ३ pp. १४-१५
एक स्वर्गदूत जलिरहेको पोथ्रामा मोशासामु देखा पर्छन्‌

बाइबलको दृष्टिकोण | स्वर्गदूत

स्वर्गदूत

थुप्रै किताब, चित्र र फिल्ममा स्वर्गदूतहरूबारे चर्चा गरिएको पाइन्छ। तर स्वर्गदूतहरू को हुन्‌ र तिनीहरूको काम के हो?

स्वर्गदूतहरू को हुन्‌?

बाइबल के भन्छ?

ब्रह्‍माण्ड अनि मानिसहरू सृष्टि गर्नुअघि नै परमेश्‍वरले मानिसभन्दा धेरै बौद्धिक क्षमता भएका प्राणीहरू बनाउनुभयो। तिनीहरू मानिसभन्दा धेरै शक्‍तिशाली छन्‌ अनि परमेश्‍वरसँगै बस्छन्‌। कुनै पनि मानिस स्वर्गदूतहरू बस्ने ठाउँलाई देख्न अनि त्यहाँ पुग्न सक्दैन। (अय्यूब ३८:४, ७) बाइबलले ती शक्‍तिशाली प्राणीहरूलाई “दूत” वा “स्वर्गदूत” भनेको छ।—भजन १०४:४.a

स्वर्गदूतहरूको सङ्‌ख्या कति छ? एकदम धेरै! परमेश्‍वरको सिंहासनको वरिपरि भएका स्वर्गदूतहरूको सङ्‌ख्या “लाखौं-लाख, करोडौं-करोड” छ। (प्रकाश ५:११) साँच्चै, तिनीहरू अरबौंको सङ्‌ख्यामा छन्‌।

“सिंहासन . . . वरिपरि मैले धेरै स्वर्गदूत देखें . . . ती स्वर्गदूतहरूको सङ्‌ख्या लाखौं-लाख, करोडौं-करोड थियो।”—प्रकाश ५:११.

प्राचीन समयमा स्वर्गदूतहरू के गर्थे?

बाइबल के भन्छ?

स्वर्गदूतहरू प्रायजसो परमेश्‍वरको प्रवक्‍ता वा सन्देशवाहकको रूपमा काम गर्थे।b परमेश्‍वरले तिनीहरूमार्फत चमत्कार गर्नुहुन्थ्यो भनेर पनि बाइबलमा बताइएको छ। परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिन र तिनको छोरा इसहाकलाई बलि चढाउनदेखि रोक्न स्वर्गदूत पठाउनुभयो। (उत्पत्ति २२:११-१८) एउटा स्वर्गदूत मोशासामु जलिरहेको पोथ्राको ज्वालामा देखा परे र तिनलाई एउटा यस्तो सन्देश सुनाए जुन सन्देशले तिनको जीवन नै परिवर्तन गऱ्‍यो। (प्रस्थान ३:१, २) भविष्यवक्‍ता दानियललाई सिंहको खोरमा फ्याँकिदा “सिंहहरूका मुख थुनिदिनलाई . . . परमेश्‍वरले आफ्ना दूत पठाउनुभयो।”—दानियल ६:२२.

“औ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट हुनुभयो।”—प्रस्थान ३:२.

अहिले स्वर्गदूतहरू के गर्दै छन्‌?

बाइबल के भन्छ?

तिनीहरूले अहिले गरिरहेका सबै कामबारे हामी थाह पाउन सक्दैनौं। तर बाइबलले बताएअनुसार तिनीहरूले असल मन भएकाहरूलाई परमेश्‍वरको विषयमा बुझ्न मदत गरिरहेका छन्‌।—प्रेषित ८:२६-३५; १०:१-२२; प्रकाश १४:६, ७.

यहोवाले कुलपिता याकूबलाई सपनामार्फत एउटा दर्शन देखाउनुभयो। सपनामा तिनले स्वर्गदूतहरू स्वर्ग र पृथ्वीमा एउटा “भऱ्‍याङ”-बाट उक्लने र ओर्लने गरिरहेका देखे। (उत्पत्ति २८:१०-१२) यसबाट यहोवा परमेश्‍वर स्वर्गदूतहरूलाई पृथ्वीमा खास कामको लागि पठाउनुहुन्छ भनेर याकूबले बुझेको हुनुपर्छ। हामी पनि तिनीजस्तै यो निष्कर्षमा पुग्न सक्छौं: स्वर्गदूतहरू खाँचोमा परेका यहोवाका वफादार जनहरूलाई मदत गर्छन्‌।—उत्पत्ति २४:४०; प्रस्थान १४:१९; भजन ३४:७.

“जमीनमा खडा गरिएको एउटा भऱ्‍याङ रहेछ, र त्यसको टुप्पा चाहिं आकाशसम्मै पुगेको रहेछ। औ परमेश्‍वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दारहेछन्‌।”—उत्पत्ति २८:१२.

a केही दूतहरूले परमेश्‍वरको अख्तियारको विरोध गरे भनी बाइबल बताउँछ। ती दूतहरूलाई “दुष्ट स्वर्गदूतहरू” भनिन्छ।—लूका १०:१७-२०.

b बाइबलमा “स्वर्गदूत” भनी चलाइएको शब्दले मौलिक हिब्रू र ग्रीक भाषामा “सन्देशवाहक” भन्‍ने अर्थ दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने