प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwex लेख ४
  • जोसेफलाई प्रहरीको मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जोसेफलाई प्रहरीको मदत
  • यहोवाका साक्षीहरूको अनुभव
  • मिल्दोजुल्दो सामग्री
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • ‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “के म परमेश्‍वरको स्थानमा छु र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यूसुफलाई दाइहरूले घृणा गर्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
यहोवाका साक्षीहरूको अनुभव
ijwex लेख ४
पुलिसको गाडी

जोसेफलाई प्रहरीको मदत

यदि तपाईँ यहोवाको साक्षी हुनुहुन्छ भने घरघरको प्रचारमा जाँदा आफूसँगै प्रहरी पनि गएको के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? माइक्रोनेसियामा बस्ने जोसेफले सन्‌ २०१७ मा यस्तै अनुभव गरे। उनी र अरू तीन जना साक्षी विशेष अभियानको दौडान दुर्गम टापुमा प्रचार गर्न गएका थिए।

मध्यान्हतिर तिनीहरू एउटा सानो टापुमा पुगे। त्यहाँको जनसङ्‌ख्या जम्मा ६०० थियो। साक्षीहरूलाई स्वागत गर्न त्यस टापुका मेयर किनारामा उभिरहेका थिए। त्यसपछि के भयो जोसेफ भन्छन्‌: “घरघरमा जान हामीलाई पुलिसको गाडीले मदत गर्छ भनेर ती मेयरले बताए। हामी तीनछक पऱ्‍यौँ। अनि आदरपूर्वक ‘पर्दैन’ भन्यौँ। हामी अरू बेला जस्तै सामान्य रूपमा घरघरको प्रचारमा जान चाहन्थ्यौँ।”

त्यसपछि ती प्रकाशकहरू धेरैभन्दा धेरै मानिसलाई भेट्‌ने उद्देश्‍य राख्दै आफ्नो बाटो लागे। “त्यहाँका मानिसहरू साह्रै मिजासिलो अनि हाम्रो सन्देशप्रति पनि चासो देखाउने खालका थिए। त्यसैले हामीले हरेक घरमा सोचेभन्दा धेरै समय बितायौँ” भनी ती साक्षीहरूले बताए।

त्यो दिन पुलिसको गाडी दुई पटक जोसेफ भएको ठाउँ हुँदै ओहोरदोहोर गऱ्‍यो। तेस्रो पल्ट तिनीहरूले गाडी रोके अनि जोसेफलाई बाँकी घरहरूमा पुऱ्‍याइदिन्छु भने। जोसेफले “पर्दैन” भने। जोसेफ भन्छन्‌: “तर यो पल्ट तिनीहरूले कर गरे। तिनीहरूले यसो भने: ‘तपाईँहरूसँग धेरै समय बाँकी छैन। त्यसैले बाँकी घरहरूमा हामी लगिदिन्छौँ।’ त्यसपछि मैले नाइँ भन्‍न सकिनँ किनभने अझ धेरै घरमा पुग्न बाँकी थियो। हरेक घरमा पुग्दा ती अफिसरहरूले हामीलाई परिवारका सदस्यहरूको नाम बताउँथे अनि ढोका ढकढक्याउँदा सुनेनन्‌ भने हर्न बजाएर घरधनीलाई बोलाइदिन्थे।

“उनीहरूको मदतले गर्दा हामीले त्यहाँको सबै घर भ्याउन सक्यौँ। हामीले थुप्रै पत्रपत्रिकाहरू दियौँ अनि चासो देखाउने मानिसहरूलाई फेरि भेट्‌ने प्रबन्ध पनि मिलाउन सक्यौँ।”

ती पुलिसहरूले जोसेफलाई यसो भने: “तपाईँहरूसँगै मिलेर राम्रो सन्देश सुनाउन पाउँदा रमाइलो भयो।” घाम डुबेपछि ती साक्षीहरूलाई बिदाबारी गर्न अफिसरहरू अनुहारमा मीठो मुस्कान अनि हातमा बाइबलआधारित साहित्यहरू लिएर किनाराबाट हात हल्लाउँदै थिए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने