प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

आइतबार, नोभेम्बर ९

नडराऊ।​—दानि. १०:१९.

साहस विकास गर्न हामीले के गर्नुपर्छ? आमाबुबाले हामीलाई साहसी हुन प्रोत्साहन दिन सक्नुहुन्छ तर आफूसित भएको साहस हामीलाई पैतृक सम्पत्तिको रूपमा दिन सक्नुहुन्‍न। साहस विकास गर्नु भनेको नयाँ सीप सिक्नुजस्तै हो। कुनै सीप तिखार्ने एउटा तरिका भनेको प्रशिक्षकले गरेको कामलाई नजिकबाट नियाल्नु र तिनले गरेजस्तै गर्नु हो। त्यसैगरि हामीले पनि अरूले यो गुण कसरी देखाउँछन्‌ भन्‍ने कुरा नजिकबाट नियालेर अनि तिनीहरूको उदाहरण अनुकरण गरेर साहसी हुन सिक्न सक्छौँ। दानिएलजस्तै हामी परमेश्‍वरको वचनसित राम्ररी परिचित हुनुपर्छ। यहोवासित नियमित रूपमा अनि खुलस्त कुराकानी गरेर हामीले उहाँसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। यहोवाले हामीलाई सधैँ मदत गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएर उहाँमाथि भरोसा गर्नुपर्छ। यसो गऱ्‍यौँ भने विश्‍वासको जाँच हुँदा हामी साहसी हुन सक्छौँ। साहसी मानिसहरूले अरूको आदर कमाउँछन्‌। उनीहरूले असल हृदय भएका व्यक्‍तिहरूलाई यहोवाबारे सिक्न मदत गर्न पनि सक्छन्‌। हो, हामीसित साहस विकास गर्नुपर्ने जायज कारणहरू छन्‌। w२३.०८ पृ. २ अनु. २; पृ. ४ अनु. ८-९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

सोमबार, नोभेम्बर १०

सबै कुरा जाँच।​—१ थिस्स. ५:२१.

‘जाँच्नु’ भनेर अनुवाद गरिएको ग्रीक शब्द सुन र चाँदीजस्ता बहुमूल्य धातु सकली हो कि होइन भनेर परीक्षण गर्ने सन्दर्भमा प्रयोग गरिन्थ्यो। त्यसैले हामीले सुन्‍ने वा पढ्‌ने कुराहरू साँचो हो कि होइन भनेर जाँच्नुपर्छ। महासङ्‌कष्ट नजिकिँदै जाँदा हामीले त्यसो गर्नु अझै महत्त्वपूर्ण हुनेछ। कागले कान लग्यो भन्दैमा आफ्नो कानै नछामी कागको पछि दौड्‌नु हुँदैन। हो, हामीले बाइबल र यहोवाको सङ्‌गठनले के भन्छ भनेर जाँचेर हेर्नुपर्छ। यसो गऱ्‍यौँ भने हामी प्रेतहरूले फैलाउने झूटा अफवाहहरू वा भ्रामक कुराहरूको बहकाउमा पर्नेछैनौँ। (हितो. १४:१५; १ तिमो. ४:१) महासङ्‌कष्टमा यहोवाका सेवकहरू समूहको रूपमा बच्नेछन्‌। तर हामी प्रत्येकको जीवनमा भोलि के हुने हो, हामीलाई थाह छैन। (याकु. ४:१४) हामीले जीवितै महासङ्‌कष्ट पार गर्न सक्छौँ वा त्यसअघि नै हाम्रो मृत्यु हुन सक्छ तर वफादार रह्‍यौँ भने इनामस्वरूप अनन्त जीवन पाउनेछौँ। त्यसैले हाम्रो सुन्दर आशामा ध्यान केन्द्रित गरिरहौँ र यहोवाको दिनको लागि अहिल्यैदेखि तयार रहौँ! w२३.०६ पृ. १३ अनु. १५-१६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

मङ्‌गलबार, नोभेम्बर ११

यहोवाले आफ्ना सेवकहरूलाई . . . आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्‍न।​—आमो. ३:७.

कुनै-कुनै भविष्यवाणी कसरी पूरा हुनेछ भनेर हामीलाई थाह छैन। (दानि. १२:८, ९) तर कुनै भविष्यवाणी कसरी पूरा हुनेछ भनेर एक-एक कुरा थाह छैन भन्दैमा त्यो पूरा हुनेछैन भन्‍ने त होइन। यहोवाले विगतमा जस्तै आज पनि ठीक समयमा आवश्‍यक कुरा पक्कै प्रकट गर्नुहुनेछ। अब चाँडै “शान्ति र सुरक्षा”-को घोषणा गरिनेछ। (१ थिस्स. ५:३) त्यसपछि संसारका राजनैतिक शक्‍तिहरूले झूटो धर्ममाथि आक्रमण गर्नेछन्‌ र त्यसलाई नाश गर्नेछन्‌। (प्रका. १७:१६, १७) अनि तिनीहरूले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्नेछन्‌। (इज. ३८:१८, १९) त्यसपछि अन्तिम युद्ध अर्थात्‌ आरमागेडोन सुरु हुनेछ। (प्रका. १६:१४, १६) यी घटनाहरू चाँडै घट्‌नेछन्‌। त्यतिन्जेल बाइबलको भविष्यवाणीमा ध्यान दिएर अनि अरूलाई पनि त्यसै गर्न मदत गरेर हाम्रो मायालु बुबाप्रति कृतज्ञ भएको देखाइरहौँ। w२३.०८ पृ. १३ अनु. १९-२०

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने