प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
अगस्त ११-१७
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | जुलाई

अगस्त ११-१७

हितोपदेश २६

गीत ८८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “मूर्ख” मानिसबाट टाढै रहनुहोस्‌

(१० मि.)

“मूर्ख” मानिस सम्मान पाउन लायकको हुँदैन (हित २६:१; it-2-E पृ. ७२९ अनु. ६)

“मूर्ख” मानिसलाई कडा अनुशासन दिनुपर्ने हुन्छ (हित २६:३; w८७-E १०/१ पृ. १९ अनु. १२)

“मूर्ख” मानिस भरोसायोग्य हुँदैन (हित २६:६; it-2-E पृ. १९१ अनु. ४)


अर्थ: बाइबलमा “मूर्ख” भन्‍ने शब्दले अव्यावहारिक र परमेश्‍वरले तोक्नुभएको सही र गलतको स्तरविपरीत काम गर्ने मानिसलाई बुझाउँछ।

साथीहरू मोबाइलमा केही हेरिरहँदा एक जवान भाइ तिनीहरूसँग नबसि साहसी भई त्यहाँबाट हिँडिरहेका छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २६:४—यस पदको सिद्धान्त हामी प्रचारकार्यमा कसरी लागू गर्न सक्छौँ? (w२३.०९ पृ. १९ अनु. १८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २६:१-२० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। पर्चाबाट कुराकानी सुरु गर्नुहोस्‌। (lmd पाठ १ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा छोडेको पर्चाबाट कुराकानी अघि बढाउनुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

६. चेला बनाउनुहोस्‌

(५ मि.) आफन्तलाई साक्षी दिन विद्यार्थीलाई मदत गर्नुहोस्‌। (lmd पाठ ११ बुँदा ५)

ख्रिष्टियन जीवन

गीत ९४

७. व्यक्‍तिगत अध्ययन गर्नुहोस्‌ र “उद्धार हासिल गर्न बुद्धिमान्‌” बन्‍नुहोस्‌

(१५ मि.) छलफल।

चित्रहरूको सँगालो: १. एक बहिनी आफ्नो घरमा अध्ययन गर्दै छिन्‌। तिनको कम्प्युटरमा jw.org मा भएको साङ्‌केतिक भाषाको भिडियो प्ले भइरहेको छ। २. ब्रेकको समयमा एक भाइ आफ्नो मोबाइल अनि इयरफोन प्रयोग गरेर अध्ययन गर्दै छन्‌। ३. एक वृद्ध दिदी ट्याबलेटमा “JW लाइब्रेरी” एप चलाउँदै छिन्‌। ४. एक आमा र तिनको सानो छोरा सभामा “JW लाइब्रेरी” एप चलाउँदै छन्‌।

प्रेषित पावलले तिमोथिलाई तिनले शैशवकालदेखि नै सिक्दै आएका पवित्र लेखोटहरूको महत्त्व सम्झाए। ती लेखोटहरूले तिमोथिलाई “उद्धार हासिल गर्न बुद्धिमान्‌” बनाउने थियो। (२ति ३:१५) बाइबल सत्यहरू अनमोल भएकोले प्रत्येक ख्रिष्टियनले बाइबल पढ्‌न र अध्ययन गर्न समय निकाल्नुपर्छ। तर अध्ययन गर्न मन पर्दैन भने नि?

पहिलो पत्रुस २:२ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • के बाइबल अध्ययनप्रतिको तिर्सना बढाउन सम्भव छ?

  • परमेश्‍वरको वचनप्रतिको “तिर्सना” बढाउन हामी के गर्न सक्छौँ?—w१८.०३ पृ. २९ अनु. ६

  • सङ्‌गठनले उपलब्ध गराएको JW लाइब्रेरी-जस्ता साधनहरूले हामीलाई अझ प्रभावकारी तरिकामा बाइबल अध्ययन गर्न कसरी मदत गर्छ?

सङ्‌गठनको उपलब्धि—JW लाइब्रेरीका विशेषताहरू प्रयोग गर्ने सुझावहरू भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • JW लाइब्रेरी-बाट तपाईँले कस्तो लाभ उठाउनुभएको छ?

  • तपाईँलाई JW लाइब्रेरी-को कुनचाहिँ विशेषता मन पर्छ?

  • तपाईँ JW लाइब्रेरी-को कुनचाहिँ विशेषता सिक्न र प्रयोग गर्न चाहनुहुन्छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ८-९

समापन टिप्पणी (३ मि.) | गीत ८९ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | मे

अध्ययन लेख २३: अगस्त ११-१७, २०२५

२६ यहोवाको नाम हाम्रो लागि किन महत्त्वपूर्ण छ?

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने