प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
सेप्टेम्बर १५-२१
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | सेप्टेम्बर

सेप्टेम्बर १५-२१

हितोपदेश ३१

गीत १३५ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

एक आमा छोरीसित सोफामा बसेर कुराकानी गर्दै छिन्‌।

१. एक मायालु आमाले दिएको सल्लाहबाट सिक्न सकिने पाठहरू

(१० मि.)

छोराछोरीलाई यौन र विवाहप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न सिकाउनुहोस्‌ (हित ३१:३, १०; w११ ७/१ पृ. २६ अनु. ७-८)

छोराछोरीलाई रक्सीप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न सिकाउनुहोस्‌ (हित ३१:४-६; ijwhf लेख ४ अनु. ११-१३)

छोराछोरीलाई यहोवाले जस्तै अरूलाई मदत गर्न सिकाउनुहोस्‌ (हित ३१:८, ९; g१७.६ पृ. ९ अनु. ५)

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ३१:२८—पतिले किन आफ्नी पत्नीको प्रशंसा गर्नुपर्छ? (w२५.०१ पृ. १३ अनु. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित ३१:१०-३१ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। कसैले मीठो बोली बोल्दा वा व्यावहारिक मदत दिँदा कुराकानी सुरु गर्नुहोस्‌। (lmd पाठ ५ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस्‌ पुस्तिकाको “हामीले सिकाउने बाइबल सत्यहरू” भन्‍ने अतिरिक्‍त लेख क-मा भएको कुनै एउटा विषयबाट कुरा गर्नुहोस्‌। (lmd पाठ १ बुँदा ४)

६. फेरि भेट्‌नुहोस्‌

(५ मि.) घरघरको साक्षीकार्य। प्रहरीधरहरा सङ्‌ख्या १ २०२५ स्विकारेका व्यक्‍तिलाई आउँदै गरेको विशेष भाषणको निम्तो दिनुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १२१

७. छोराछोरीलाई इलेक्ट्रोनिक डिभाइस बुद्धिमानीपूर्वक प्रयोग गर्न मदत दिनुहोस्‌

(८ मि.) छलफल।

के तपाईँले साना केटाकेटीले स्मार्टफोन वा ट्याबलेटमा विभिन्‍न एपहरू चलाइरहेको देख्नुभएको छ? तिनीहरूले इलेक्ट्रोनिक डिभाइसहरू मजाले चलाइरहेका हुन्छन्‌। तिनीहरूलाई डिभाइसहरू चलाउन खासै अरूको मदत चाहिँदैन। तर त्यसको बुद्धिमानीपूर्वक प्रयोग गर्न भने मदत चाहिन्छ। यदि तपाईँ बुबाआमा हुनुहुन्छ भने छोराछोरीलाई इलेक्ट्रोनिक डिभाइस बुद्धिमानीपूर्वक प्रयोग गर्न कसरी मदत दिन सक्नुहुन्छ?

“समय राम्ररी प्रयोग गर” भिडियोको दृश्‍य। मनीषा समुद्री किनारमा बसेर ट्याबलेट चलाउँदै गरेकीले त्यहाँ डल्फिन पौडेको हेर्न पाउँदिनन्‌।

समय राम्ररी प्रयोग गर भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • कति समय इलेक्ट्रोनिक डिभाइस चलाउने भनेर समय तोक्नु किन राम्रो हो?

  • हामीले अरू के-कस्ता कुराको लागि समय निकाल्नुपर्छ?

आफ्नो परिवारको लागि नियमहरू बनाउँदा अरू परिवारको सिको नगर्नुहोस्‌। बरु बाइबल सिद्धान्तहरूमा आधारित भएर नियमहरू बनाउनुहोस्‌। (गला ६:५) उदाहरणको लागि, आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

  • के मेरो छोराछोरीले ठीकसित निर्णय गर्न सक्छन्‌? के तिनीहरूले मेरो वा तिनीहरूको आफ्नै इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्ने सन्दर्भमा आत्मसंयम देखाएका छन्‌?—१को ९:२५

  • छोराछोरी एक्लै हुँदा के तिनीहरूलाई इलेक्ट्रोनिक डिभाइस चलाउन दिन सकिन्छ?—हित १८:१

  • म छोराछोरीलाई कुन-कुन एप र वेबसाइट चलाउन दिऊँ र कुन-कुन चाहिँ नदिऊँ?—एफि ५:३-५; फिलि ४:८, ९

  • छोराछोरीले अरू रमाइला अनि महत्त्वपूर्ण गतिविधिमा भाग लिन सकोस्‌ भनेर तिनीहरूलाई कति समय इलेक्ट्रोनिक डिभाइस चलाउन दिने?—उप ३:१

८. स्थानीय आवश्‍यकता

(७ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ १८-१९

समापन टिप्पणी (३ मि.) | गीत २ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | जुलाई

अध्ययन लेख २८: सेप्टेम्बर १५-२१, २०२५

२ हामीले किन सल्लाह लिनुपर्छ?

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने